ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

सरुवा रोग अस्पतालको निर्माण कार्य तीव्र

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

चन्द्रौटा, १० असोज ।
सरकारले स्वास्थ्य क्षेत्रमा विभिन्न प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । कोभिड महामारीपछि स्वास्थ्य संरचनालाई मजबुत बनाउने उद्देश्यले संघीय सरकारले प्रत्येक प्रदेशमा सरुवा रोग अस्पताल स्थापना गर्ने नीति अवलम्बन गरेको छ । सोही अनुसार कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटास्थित लुम्बिनी प्रदेशस्तरीय ५० शैयाको निर्माणाधीन सरुवा रोग अस्पतालको निर्माण कार्यले तीव्र गति लिएको छ । प्रदेशकै गौरवको योजना स्थानीयस्तरमा सरुवा रोग अस्पताल निर्माणको कार्यले तीव्रता पाएपछि हर्षित भएको स्थानीय सुरेश थारुले बताए ।

जग्गा प्राप्ति र वातावरणीय मूल्याङ्कन (आईईई) जस्ता कानुनी प्रक्रियामा भएको ढिलाइका कारण निर्माणको काम सुस्त भएपनि हाल निर्माण तीव्र गतिमा बढेको छ । निर्माण कम्पनीका इन्जिनियर निशान्त मण्डलले निर्माणाधीन अस्पतालको काम अहिले २० प्रतिशत सकिएको भएको बताए । उनका अनुसार अबको दुई वर्षभित्र सम्पूर्ण काम सम्पन्न हुनेछ । करिब २० करोड रूपैयाँको लागतमा निर्माण भइरहेको यो अस्पतालको काम सुरु हुन १३ महिना ढिलाइ भएको थियो ।

ठेक्का लागेको करिब १३ महिनापछि अस्पताल भवनको निर्माण कार्य सुरु भए पनि यति बेला निर्माण कम्पनीले अस्पतालको संरचनाहरू तीब्ररूपमा सञ्चालनमा छ । यस्तै लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसीले लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल यस क्षेत्रको चिरप्रतिक्षित स्वास्थ्य संस्था भएको उल्लेख गरेका छन् । चन्द्रौटामा निर्माण भइरहेको ५० शैय्याको यस अस्पतालले आगामी दिनमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिने उनले बताए ।

संघीय सरकारले कोभिड महामारीपछि सबै प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल निर्माण गर्ने नीति अनुरूप यो अस्पतालको निर्माण भइरहेको सांसद केसीले जनाए । करिब ६० हजार स्क्वायर फुट सेवा क्षेत्रमा फैलिएको यो अस्पतालको निर्माणमा प्रारम्भिक ढिलाइ भए पनि अहिले निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । “जग्गा प्राप्तिमा ढिलाइ र वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) जस्ता प्रक्रिया पूरा गर्न समय लागेको हो ।” सांसद केसीले भने: उनले अबको दुई वर्षमा अस्पताल सञ्चालनमा आउने र यसले क्षेत्रीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।

केसीका अनुसार अस्पताल सञ्चालनमा आएसँगै दक्ष जनशक्ति प्राप्त हुनेछ । यस क्षेत्रका नागरिकलाई बुटवल, भैरहवा वा भारतसम्म पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । २० करोड ९६ लाख ३ हजार ३ सय २६ रूपैयाँको अस्पताल निर्माणको लागत छ । सरकारले सरुवा रोग अस्पतालको लागि ९ बिगहा जग्गा प्रदान गरेको छ । स्काई सगुन जेभी बुटवलले अस्पताल निर्माणको ठेक्का पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?