ट्रेंडिंग:

>> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट

नर्सही चोर्नियाको पुलले स्थानीयलाई राहत

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

नवलपरासी,१० असोज ।
विगत बर्षदेखि सानो पुल भत्किएर सास्तै झेल्दै आएका स्थानीयबासीलाई जिल्लाको प्रतापपुर गाउँपालिका ८ स्थित चोरनिया खोला पुल निर्माणपछि स्थानीयबासीलाई राहत भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको सडक पूर्वाधार विकास कार्यालयले सो पुलको निर्माण गराई दिएपछि स्थानीयलाई राहत पुगेको हो ।

विगत चार बर्षदेखि सानो पुल रहेको उतm खोलाले बाढीमा बगाए पछि अहिले सडक पूर्वाधार विकास कार्यालयले पुल निर्माण गराउने कार्य थालेको सम्बन्धित वडाका पूर्व वडा अध्यक्ष कादिर अलिले बताएका थिए । पुल बगाउँदा स्थानीयलाई बर्षायाममा सास्ती झेल्न परेको थियो, उनले भने, विद्यालय जाने बालबालिकालाई पनि समस्या भइ रहेको थियो । उता पुल निर्माणले नर्सहीबासीलाई ठूलो राहत भएको स्थायिन लख्खु यादवले बताए । केरा उत्पादक कृषक समितिका अध्यक्ष समेत रहेका यादवले भने, यो पुल भत्किदा ढुवानी देखि सर्वसाधारणलाई आवत जातवमा समस्या भइरहेको थियो । अहिले पुल बनेपछि सबैलाई राहत पुगेको छ, उनले थपे, पुलसँगै सो सडकलाई स्तरोन्नती गरि पिच गर्नु पर्ने आवश्यकता रहेको छ । यहाँका जनप्रतिनिधिले त्यसका लागि पनि पहल गरिदिनु प¥यो ।

प्रतापपुर—सुस्ता गाउँपालिका जोड्ने रेता सडकको मुख्य पुल भासिएर बर्षायाममा सो सडकमा आवत जावत नै अवरुद्ध हुने गरेको थियो । प्रतापपुर गाउपालिका ८ पिपरपाती देखि सुस्ता गाउपालिका ४ नर्सही गोकुल नगर भएर गण्डक बाँधको वि ग्यापमा पुग्ने सडकको मुख्य बाधक पुल बनेको थियो । प्रदेश सरकारसँग निरन्तर पहल गर्दै आएका थियौं, उनले थपे, अहिले प्रदेश सरकारले पुल निर्माण कार्य गराउन थालेको छ । यसले जनतालाई राहत पुग्ने उनको भनाई थियो ।

सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीले चोरनिया खोला मल्टिसेल वक्स पुलको निर्माण गर्नका लागि पारामाउण्ट कन्ट्रक्सन प्रा.लि. ललितपुरलाई ठेक्का दिइएको थियो । पुलको लागत कुल ३ करोड ७१ लाख १२ हजार ५ सय ३० रुपिया भएको सो निर्माण कम्पनीले ठेक्का सकार गरी काम गरिरहेको छ । २०७९ कातिक ३० गते पुल निर्माणको सम्झौता भएको र पुलको निर्माण कार्य सम्पन्न २०८० साल कातिक २९ गते भित्र गर्नु पर्ने सम्झौता थियो । केही समय ढिलो भए पनि अहिले पुलको निर्माण कार्य सम्पन्न भएको छ । जनतालाई राहत पुगेको छ । यसले यहाँका जनजिवनमा सहजता ल्याएको स्थानियले महशुस पनि गर्न थालेका छन् ।

पुलको निर्माण कार्य बेलामै सम्पन्न हुने आशा गरिएको थियो, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने, केही समय ढिलो भए पनि यसलाई बेलामै सम्पन्न भएको मान्नु पर्छ । बेलामै पुल सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण गर्न गाउपालिका तयार रहेको र ठेकेदारले बेलामै सम्पन्न गर्नु पर्ने गाउपाँलिकाले सम्बन्धित निर्माण कम्पनीलाई सहजी करण समेत गर्दै आएको उनले बताएका थिए । पुल भौगोलिक रूपमा प्रतापपुर गाउँपालिकामा परे पनि त्यस पुलबाट बढी राहत सुस्ता गाउपालिकाका बासिन्दालाई हुने हुदा बेला बेलामा सुस्ताका बासिन्दाले गाउपालिकामा पुलबारे कुरा उठाउदै आएका थिए ।
त्यसका लागि सुस्ता गाउँपालिकाले समेत लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद र अधिकारीहरूसँग ताकेता गर्दै आएको थिए । प्रदेश सरकारले चाँडै सो पुलको निर्माण गराउने आश्वासन दिदै आएको थियो । अहिले सो पुलको ठेक्का भई काम समेत प्रारम्भ भएकोले एक बर्ष भित्रै सुस्ताका बासिन्दालाई राहत पुगेको छ । वि ग्याप बाँध देखि, पिपरपाती, अठिलहिया हुदै सरावलको ललितपुरसम्म जोड्ने सडकको पुल रहेको छ । पुल नहुँदा हुलाकी मार्ग भएर सबै जानु पर्ने र अहिले हुलाकी सडक निर्माणमा हुने ढिलाईले सो क्षेत्रका हजारौ जनता दोहरो मर्कामा परेका थिए । पुलले स्थानियमा आश जगाएको छ,अधिकृत पौडेलले भने, निकट भविष्यमा बर्षायाममा पनि सो सडक भएर आउ जाउ गर्न सहजता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?