ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

नेपालमा प्राविधिक शिक्षामा अध्यापनको अनुभवः पेशागत चुनौति र अवसरको सम्मिश्रण

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार
मैले आफ्नो स्नातकको अध्ययन पूरा गरे पछि २०७२ सालबाट अध्यापनको यात्रा सुरु गरे । डिप्लोमा र प्रि–डिप्लोमा स्तरमा सिभिल इन्जिनियरिङ पढाउनु एउटा जटिल तर रोमाञ्चक यात्रा रह्यो । अध्यापनको समयमा अवसर र चुनौती दुवैको सामना गर्न परेका अनुभव रह्यो । करिव एक दशकको प्रशिक्षण कार्यमा बुटवल क्षेत्रका धेरै शिक्षालयहरूमा अध्यापन गर्ने र केहीमा लामो समय व्यवस्थापकीय जिम्मेवारी सहित नेतृत्व तहमा रहेर समेत प्राविधिक शिक्षा क्षेत्रलाई हेर्न र बुझ्न पाए“ । निजी क्षेत्रका प्राविधिक शिक्षालयका समस्या हुन् वा सामुदायिक विद्यालयमा चलेका प्राविधिक धारका राजनीति सवै देख्ने र सिक्ने अवसर मिल्यो । तर आज म यहां प्राविधिक शिक्षा अन्तर्गत शिक्षण पेशामा मैले करिव एक दशक विताउदा देखेका चुनौती र अवसरको वारेमा चर्चा गर्ने छु ।
म जस्तै धेरै सिभिल इन्जिनियरहरूले अध्यापनलाई अस्थायी कामका रूपमा लिएका हुन्छन् फिल्डको ठूला परियोजनामा काम गर्न चाहने आकांक्षा सहित । तर, कक्षाकोठाको शिक्षणले यति धेरै चुनौती र अवसरहरू प्रदान ग¥यो कि यो अनुभव धेरैका लागि खासै अस्थायी रहँदैन ।
द्विविधाःइन्जिनियर कि शिक्षक ?
धेरै इन्जिनियरहरूले अध्यापनमा आउनुको कारण सिधै शिक्षाको लागि गहिरो लगाव हुँदैन । बरु, यो प्रायः अस्थायी कामका रूपमा सुरु हुन्छ, इन्जिनियरिङ फिल्डको ठूला काम नपाएको समयमा ‘अवस्थागत’ विकल्पको रूपमा नेपालमा सिभिल इन्जिनियरिङका शिक्षकहरूले अक्सर अध्यापनलाई “अस्थायी समाधान’ का रूपमा लिने प्रचलन रह्यो । वास्तविक परियोजनामा संलग्न हुने मौका कुरिरहेका बेला काम नगरी बस्नुको सट्टा, शिक्षा दिने काम रोज्नुपर्ने हुन्छ । यसले कतिपय शिक्षकहरूलाई पेशागत द्विविधामा राख्छः के म इन्जिनियरको रूपमा पर्याप्त योगदान गरिरहेको छु, कि केवल कक्षामा समय बिताइरहेको छु ?
तर, यो कामले अप्रत्याशित रूपले गहिरो सन्तुष्टि दिन्छ । कक्षामा विद्यार्थीहरूलाई इन्जिनियरिङको आधारभूत ज्ञान दिने र तिनले वास्तविक परियोजनामा सफलतापूर्वक योगदान गर्न सक्ने अवस्थासम्म पुग्न देख्नु अत्यन्त गर्वको कुरा बन्छ । अध्यापन पेशा अस्थायी रूपमा सुरु भएपनि धेरै शिक्षक माझ यो कामको महत्व विस्तार हु“दै जान्छ ।
शिक्षकको भूमिकाः गर्व र व्यवहारिकताबिचको सन्तुलन
अध्यापनलाई ‘अस्थायी काम’ ठान्नेहरूका लागि पनि शिक्षकको भूमिका एक गर्वको कुरा बन्छ । धेरै शिक्षकहरूले यस भूमिकालाई समाजमा प्रभाव पार्ने अवसरका रूपमा लिन थालेका छन् । खास गरी ग्रामीण क्षेत्रमा, जहा“ आधारभूत पूर्वाधारहरू न्यून छन्, शिक्षकहरू केवल सैद्धान्तिक ज्ञान दिनेमात्र होइन, भविष्यका इन्जिनियरहरू निर्माण गरिरहेका हुन्छन् । ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई स्थानीय आवश्यकतामा आधारित संरचनात्मक समाधान दिन सक्षम बनाउनु भनेको उनीहरूको समुदायको विकासमा प्रत्यक्ष योगदान दिनु हो ।
तर, यो गर्वको अनुभूति र व्यावहारिकता स“गै चल्नुपर्छ । सिभिल इन्जिनियरिङको पेसामा ठूला निर्माणहरूमा प्रत्यक्ष संलग्न हुने चाहना कहिल्यै हराउ“दैन । शिक्षकहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै विद्यार्थीहरूलाई मार्गदर्शन गर्दा सधैं यो द्विविधा भोग्नुपर्छ कि उनीहरूले बाहिर फिल्डमा आफूले चाहेको काम गर्न सकिरहेका छैनन् ।
प्राविधिक विकास र यसको शिक्षामा प्रभाव
मैले अध्यापन गरिरहेको दशकमा प्रविधिको तीव्र विकासले शिक्षणमा ठूलो रूपान्तरण ल्यायो । अनलाइन स्रोतहरू, युट्युब ट्युटोरियलहरू संगै सर्भे डिजाइनको क्षेत्रमा आएका नया“ नया“ डिजाईन सफ्टवेयरको प्रयोगमा विद्यार्थीलाई पोख्त वनाउन आफुलाई समेत निरन्तर तालिम र क्षमता अभिवृद्धि गर्न कक्षा कोठा वाहिरको आफुलाई नियमित अभ्यस्त बनाउनु अत्यन्त चुनौति पुर्ण रह्यो ।
शिक्षकहरूले आफ्ना पाठ्यक्रममा यी नविन प्रविधिहरू समावेश गर्न थाले, जसले विद्यार्थीहरूलाई सिभिल इन्जिनियरिङमा आवश्यक सफ्टवेयरहरूको व्यावहारिक ज्ञान प्राप्त गर्न सक्षम बनायो । तर, चुनौती भनेको यी प्रविधिहरूको समान पहु“च सुनिश्चित गर्नु थियो । धेरै ग्रामीण र आर्थिक रूपमा कमजोर क्षेत्रमा रहेका विद्यार्थीहरूमा भरपर्दो इन्टरनेट र उपकरणहरूको अभावले प्रविधिको पहु“चलाई सीमित बनायो ।
कोभिड–१९ महामारीले प्रविधिको महत्वलाई अझ प्रस्ट बनायो । लकडाउनको समयमा नेपालभरका शिक्षकहरू पहिलो पटक अनलाइन प्लेटफर्महरूमा आधारित शिक्षणमा गएका थिए । तर, यसले डिजिटल विभाजनलाई उजागर ग¥यो—कतिपय विद्यार्थीहरूले यस नया“ विधास“ग अनुकूलन गर्न सके भने धेरैले संघर्ष गरे । प्राविधिक विषयहरू, जस्तै सिभिल इन्जिनियरिङ, जहा“ भौतिक प्रदर्शन र व्यवहारिक तालिम आवश्यक हुन्छ, अनलाइन शिक्षामा थप चुनौतीपूर्ण बन्न पुग्यो ।
सीमित स्रोत साधनहरूस“गको चुनौती
नेपालका धेरै प्राविधिक संस्थाहरूमा अध्यापन गर्दा सीमित स्रोत–साधनले शिक्षकहरूलाई ठूलो चुनौती दिन्छ । पर्याप्त प्रयोगशाला उपकरण, सफ्टवेयर र सामग्रीको अभावमा धेरै शिक्षण संस्थानहरूमा विद्यार्थीहरूले व्यावहारिक सीपहरू सिक्न सक्दैनन् । शिक्षकहरूले सैद्धान्तिक शिक्षा प्रदान गरे पनि, विद्यार्थीहरूलाई वास्तविक जीवनको परियोजनामा उतार्न सकेका छैनन् भन्नेमा निराश महसुस गर्छन् । सिभिल इन्जिनियरहरूका रूपमा व्यावहारिक अनुभव महŒवपूर्ण भएकाले, सीमित स्रोतहरूले यो भूमिका निकै चुनौतीपूर्ण बन्छ ।
अस्थायी काम, स्थायी सन्तुष्टि
अध्यापन धेरैका लागि अस्थायी कामका रूपमा सुरु भएपनि समयस“गै यसले लामो यात्रा तय गर्छ । शिक्षकहरूले आफ्नो विद्यार्थीहरूलाई व्यावसायिक रूपमा सफल भएको देख्न पाउ“दा ठूलो सन्तुष्टि महसुस गर्छन् ।
विशेष गरी ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई शिक्षण गर्दा, उनीहरूले आफैंले निर्माण गरेका संरचनामा योगदान गर्दै गरेको देख्दा गर्व लाग्छ । शिक्षणले सिभिल इन्जिनियरहरूलाई केवल संरचना निर्माणमा मात्र नभई समाजको आधारभूत विकासमा भूमिका खेल्ने अवसर दिन्छ ।
निश्कर्षः व्यक्तिगत वृद्धि र प्रतिबिम्ब
२०७२ देखि २०८१ सम्म नेपालमा सिभिल इन्जिनियरिङ पढाउनु चुनौतीपूर्ण भएपनि धेरै सन्तोषजनक अनुभव रह्यो । शिक्षणले इन्जिनियरहरूको सोच परिवर्तन गरिदियो, र अस्थायी रूपमा सुरु भएको यात्रा जीवनभरको प्रतिबद्धतामा परिणत हुन पुग्यो । सीमित स्रोत साधन र शिक्षा प्रणालीको अवरोध हु“दाहु“दै पनि शिक्षकहरूले आफूले सिकाएका विद्यार्थीहरूलाई समाजका सफल प्राविधिक बनेको देख्न पाउ“दा गर्व महसुस गर्छन् ।
अध्यापनले इन्जिनियरहरूको जीवनलाई नया“ अर्थ दिएको छ । निर्माण स्थलमा ठूला संरचना निर्माण गर्नु मात्रै महत्वपूर्ण होइन, ज्ञानको बीजारोपण गरेर भावी प्राविधिक तथा इन्जिनियरहरू तयार पार्नुले दीर्घकालीन प्रभाव तथा आत्मसन्तुष्टि दिने रहेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?