ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

रोकिएन माछा तस्करी

९ आश्विन २०८१, बुधबार
९ आश्विन २०८१, बुधबार

नवलपरासी, ०९ असोज ।
सिमाक्षेत्रबाट हुने भारतिय माछा तस्करीबाट भित्रिने माछा बासी भएको पुष्टि भएको छ । प्रयोगशाला परिक्षण तथा पोष्टमार्टम रिपोर्टले माछा बासी भएको पुष्टि भएको उत्पादक किसानले बताएका छन् । रसायनयुक्त माछा सस्तोमा नेपाल भित्रयाउँदा नेपाली किसानलाई मर्कामा मात्रै पारेको छैन्, अहिलेको पोष्टमार्फत रिपोर्टले नेपाली उपभोक्तालाई समेत रसायनयुक्त गुणस्तरहिन माछाले जनस्वास्थ्यमा असर पुग्ने गरेको छ ।

काठमाडौंको कालीमाटी बजारलाई नै कब्जामा भारतिय माछा बिक्री वितरण हुँदै आएको प्रतापपुरका माछापालक किसान भवानी शंकर यादवले बताए । नेपाली किसानको माछा त्यहाँ छिर्न नपाउने, बाजरमा तीन महिनासम्मको पुरानो रसायनयुक्त माछाले बजारले नेपाली किसानलाई प्रभावित बनाएको छ । भारतिय माछा तस्करी र आयातमा रोक लगाउनु पर्ने माग गर्दै बढेको गुनासो स्थानीय किसानले गर्न थालेको भएपनि सरोकारवालाले त्यसप्रति चाँसो नलिएको उनको आरोप थियो । भारतिय माछा खुलेयाम नेपाल भित्रिने क्रम बढदा नेपाली माछापालक किसानमा मर्कामा परेका हुन् ।
प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको मिलोमतोमा माछा तस्करी बढेको माछा उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष यादवले बताए । सो सढेका खानयोग्न नभएका माछा पनि आईसमा राखेर खुलेयाम बिक्री वितरण हुँदा बजार अनुगमन गर्ने निकाय पनि मौन देखिन्छ, उनले भने, भारतिय माछाले किसानलाई घाटा त पारेकै छ, उपभोक्ताको जनस्वास्थ्यमा पनि असर परेको देखिन्छ, यसले विभिन्न रोगको संक्रमणले स्वास्थ्य वर्धक भन्दा स्वास्थ्यलाई हानी पु¥याउने अवस्था देखाएको छ । यसबारे आफूहरूले कृषि मन्त्रालयमा पनि जानकारी गराएका छौं, उनले थपे, काठमाडौ महानगरले नेपाली माछाका लागि छुट्टै स्थान दिन खोज्दा पनि सरकारी संयन्त्र मार्फत माछा तस्करहरूले प्रभावित बनाउने गरेको उनको भनाई थियो ।

सिमा क्षेत्रमा माछा तस्करी रोकिएन्,उनले गुनासो गरे, यसमा सिमावर्ति प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको समेत सह र सहयोग रहेको हुँदा तस्करी नरोकिएको उनको आरोप थियो । माछा स्वथ्य छन्, भन्ने आधार प्रमाण केही हुँदैन्, उनले भने, क्वारेन्टाईनका कर्मचारीलाई मिलाएर माछा तस्करहरू पैठारी रसिद तथा जाँचपासको रसिद नै लिएर घुम्ने गरेका छन् । माछा किसानको समस्या दिन प्रतिदिन थपिदै गएको उनले दुखेसो पोखे । माछा तस्करी नरोकिएसम्म नेपाली किसानको लगानी नै डुब्ने अवस्था आएको उनले सुनाए ।

प्रतापपुर गाउपालिकाको सेमरीमा माछा फर्म समेत सञ्चालन गर्दै आएका अध्यक्ष यादवले आफ्नो पोखरीमा बैखी लगायतका विभिन्न माछाहरू हुर्किसकेका छन् । तस्करीका कारण भारतिय माछाको बजार मुल्य सस्तो छ, उनले भने,हाम्रो लगानी अनुसारको मूल्य प्रतिस्पर्धा गर्न समस्या देखिएको छ । महिनौ देखीका मरेका माछालाई पनि आईस (बरफ) र विभिन्न रसायन राखेर भारतिय माछा नेपालमा आउँदा सस्तो पर्ने स्वभाविक हो, तर यसले मानव स्वास्थ्यमा समेत असर पार्छ, यो कुरा आमउ पभोक्तालाई थाहा नहुन सक्छ,उपभोक्ता सस्तो मात्र देखेका छन् । त्यसमा पनि क्वारेन्टाईन मिलेर झन प्रमाणित गरिदिए पछि आम उपभोक्ताको के दोष ? उनले भने, उपभोक्ताई पनि भ्रममा पार्ने र किसानलाई पनि डुबाउने गरि भई रहेको तस्करीबारे आफूले कृषि तथा पशुपंक्षी मन्त्रालयसम्म आवाज उठाएको तर कुनै सुनवाई भएको छैन ।

नेपाल सरकारले नेपाली किसानलाई प्रोत्साहित गर्न भारत जस्तो अनुदान प्राविधिक सहयोग छ गर्न सकेको छैन उनले दुखेसो पोखे जनस्वास्थ्यमा असर पर्ने भारतिय माछा नरोकिदिएर आम उपभोक्तालाई पनि चुनौती दिएका छन् । आफ्नो पोखरीमा १० मे.ट.माछा विक्रि योग्य छन्, उनले भने, तर लागत मात्र निस्कने गरि बजारको प्रतिक्षा गर्दा दाना लागत बढेर घाटा ब्यहोर्नु पर्ने अवस्था आएको छ । पोखरीको माछा बचाउँदै हालसम्म ६० लाख बराबरको दाना खुवाई सकियो, उनले थपे, तर भारतिय माछा नेपाली बजारमा नरोकिदा लागत उठाउने अवस्थाको प्रतिक्षामा छौ ।

माछाको प्रति केजी मूल्य ढाई सय हुँदा पनि लागत निकाल्न गाह्रो छ, त्यसमा भारतिय माछाको मूल्य त्यो भन्दा सस्तो हुन थालेको छ । यसले नेपाली माछा किसान निरुत्साहित हुने अवस्था देखिएको छ । आफ्नो मात्रै करिब डेढ करोडका माछा पोखरीमा रहेका छन्, अन्य किसानका करोडौं माछा पोखरीमा रहेका छन्,तर भारतिय माछाले माछा बजार सस्तो हुँदा घाटा हुने अवस्था देखिएको सुनाउदै उनले भने, भारतबाट अर्बाैको माछा भित्रिने अवस्था छ । यसले नेपाली माछापालनलाई चुनौती थपेको छ । नेपाली माछा र भारतिय माछामा ठूलो मुल्य अन्तर छ,यसले गर्दा नाफाको केही अंश तस्करहरूले खर्चेर नियमनकारी निकायलाई प्रभावमा पारेका छन् ।

जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासी नवलपरासीमा समेत किसानले पटक पटक गुनासो गर्दा केन्द्र प्रमुख भदौ २८ गते सर्वपक्षिय बैठक बोलाएका थिए । अहिले असोज ७ गते कृषि मन्त्रालयमा पनि बैठक बस्ने जानकारी आएको उनले सुनाए । सरकारमा गुनासो गर्दा केही गरेको जस्तो देखाउँछ, उनले भने, तर तस्करी रोक्न खासै पहल हुन सकेको छैन् । केन्द्र प्रमुख समेत रहेका मत्स्य विकास निर्देशक श्रवण कुमार चौधरीको अध्यक्षतामा विभिन्न समिति, सञ्जाल, सरोकारवालाहरूको उपस्थितीमा सर्वपक्षिय समितिमा माछा तथा पशुपालनका समस्या, बजार तथा चोरी तस्करीबारे समेत छलफल भएको थियो । बैठकमा त छलफल भयो, उनले भने, तर सिमाक्षेत्रको माछा तथा पशुजन्य समाग्रिको चोरी तस्करी तथा पैठारी जस्ता चुनौतीबारे निकासका लागि प्रहरी र क्वारेन्टाईनको इमानदारिता नभएसम्म समस्या हल होला भन्ने लाग्दैन् ।

बैठकमा माछा, मासु, अण्डा,दुध आदीको अवस्थाको बारेमा छलफल भएको निर्णय उल्लेख गरिएको छ । त्यसैगरि स्वास्थ्य उत्पादन र उपभोगका लागि आवश्यक जनचेतनामुलक कार्यक्रमहरू आ–आफ्नो स्थानबाट सञ्चालन गरि सर्वसाधारणलाई सुसुचित गर्ने गराउने, पशुपंंक्षी मत्स्य तथा डेरीको उत्पादन प्रवद्र्धन तथा बजारीकरण सम्बन्धमा वृहद छलफल गरि पशुपंक्षीजन्य उत्पादन प्रवद्र्धन कार्यक्रममा जोड दिइनुका साथै अबैधानिक रूपमा आयात भई रहेको पशु जन्य बस्तुहरू (माछा, मासु, कुखुरा, दुध) लाई निरुत्साहित गर्न नियमनकारी निकायहरूलाई समेत सहभागि गराउने वातावरण मिलाई छलफल गराउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?