ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

जलवायु परिवर्तनः दलित र सिमान्तकृत समुदाय बढी प्रभावित

९ आश्विन २०८१, बुधबार
९ आश्विन २०८१, बुधबार

रोल्पा,०९ असोज ।
जलबायु परिवर्तनले रोल्पाका दलित र सिमान्तकृत समुदाय प्रभावित भएको एक कार्यक्रममा औंल्याइएको छ । जलवायु परिवर्तनले दलित र सिमान्तकृत समुदायमा पारेको प्रभाव विषयक छलफल कार्यक्रमका सरोकारवाला र दलित एवं सिमान्तकृत समुदायले सो कुरा बताएका हुन ।

जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले जलवायु परिवर्तनवाट दलित र सिमान्तकृत समुदाय अन्य समुदायको तुलनामा बढी मात्रामा प्रभावित हुने गरेको औल्याए । हिजोका शासकहरूले दलित माथि गरेको विभेदका कारण उनीहरूमा यस्ता प्रकोपबाट जुध्ने सामाथ्र्य नभएको वताए । गाउँको शिर वा खोलाको किनारामा वस्न लगाई दलित समुदाय माथि विभेद भएको वताउदै गाउँको शिरमा खानेपानीको हाहाकार हुने तथा उत्पादन समेत नहुने एबम् खोला किनारामा वाढीको जोखिम मोल्दै आएको उपप्रमुख परियारको भनाइ थियो ।

डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत प्रेमशंकर चौधरीले जलवायु परिवर्तनको प्रभावसंग लड्ने मात्र हैन प्रभाव न्यूनीकरणका उपायमा समेत लाग्नु पर्ने वताए । अहिले जलवायु परिवर्तनको अनुकुलका काम मात्र भएको वताउदै अनुकुलका साथसाथै न्यूनीकरणको काम समेत हुनु पर्ने वताए । डिभिजन वन कार्यालयले वन क्षेत्रको संरक्षण र विकासका साथै वृक्षरोपण लगायतका हरियाली प्रवद्र्धन गरेर जलवायु परिवर्तनको न्यूनीकरणका काम गरिरहेको वताए । उपभोक्ताहरूलाई जडीबुटी खेती लगायत अन्य आयआर्जनका कृयाकलाप मार्फत अनुकुलन क्षमता वृद्धी गर्ने कुरामा समेत काम भइरहेको चौधरीको भनाई थियो । रोल्पामा हाल ६१६ वटा सामुदायिक वनहरूले जलवायु परिवर्तन सचेतिकरण लगायत सो संग संवन्धित अनुकुलन योजना वनाइ काम गरिरहेको वताए । सामुदायिक वन समूहहरूले बढाएको हरियाली र वृक्षारोपणले समेत जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न भूमिका खेलिरहेको चौधरीको भनाई थियो ।

देश संघीयतामा गएसंगै स्थानीय सरकारहरूले वातारण प्रभाव मूल्यांकन नगरी जथाभावी बाटो खन्ने होडवाजीले वन तथा वातावरण क्षेत्रको विनास भईरहेको कृषि ज्ञान केन्द्र रोल्पाका प्रतिनिधि प्रेम वलीको भनाई थियो । कृषि क्षेत्र जलवायु परिवर्तनवाट प्रभावित भएको वताउँदै यसको प्रभावसंग जुध्ने ज्ञान सीप र प्रविधिको अनुसरण गर्नु पर्ने वताए ।
दलितहरूको जग्गा जमिन निकै कम भएको र भएको जग्गा पनि उत्पादनशिल नहुँदा आफ्नै उत्पादनले तीन महिना पनि खान नपुग्ने अवस्था रहेको रोल्पा नगरपालिका वडा नं. १ की कृषक दीपा विकले वताईन । जग्गा निकै कम छन, भएको जग्गा पनि उत्पादनशील छैनन उनले भनिन । जग्गा भाडामा ल्याएर तरकारी खेती गरी जीविकोपार्जन गर्न चाहेको वताउदै यसका लागी सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?