ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

फुटबलको मैदानमा ४० वर्ष

फुटबल खेलमा लागेका पौडेल खेललाई मुख्य पेशा बनाएका छन । ४० वर्षको लामो यात्रामा उनी राष्ट्रिय फुटबल रेफ्रीसँगै भेट्रान्स खेलाडीका रूपमा रमाएका छन् ।
९ आश्विन २०८१, बुधबार
९ आश्विन २०८१, बुधबार

बुटवल, ०९ असोज । भदौमा जन्मदिन मनाएका विष्णु प्रसाद पौडेल ५४ वर्ष पुगे । मोफसल फुटबलका उनी पर्यायवाची हुन । १४ वर्षको उमेरमा फुटबल शुरु गरेका उनी ४० वर्षसम्मदेखि निरन्तर सक्रिय छन । मोफसलका सबै जसो फुटबल प्रतियोगितामा उनी पुग्छन । कुनै बेला आफ्नो टिमको पोष्टमा खम्बा रहेका उनी अहिले भने फुटबल मैदानमा निर्णायकको भूमिका र रेफ्रीको भुमिकामा हुन्छन । हेर्दा खेलाडी झै फिट र अग्लो कदका उनी कुनै बेलाका राम्रो गोलकिपर थिए । उनको फुटबल मैदानमा दौडाईकै कारण शारीरिक रूपमा स्वस्थ्य छन । उनी बिसं २०२७ साल भदौ १४ गते चिडियाखोलामा जन्मिएका हुन । सानैदेखी उनलाई फुटबलमा रुचि थियो । तत्कालिन समयमा बुटवल बहुमुखी क्याम्पसको खेलमैदानमा बिहान साँझ खेल खेल्ने गरिथ्यो । उनी पनि त्यहीँ फुटबल खेल्थे ।

अग्लो खाईलाग्दो ज्यान र फुटबलप्रतिको मोहमा उनी परे । १४ वर्ष उमेर समूहमा उनी छनौट भएर अन्तर माबि फुटबल प्रतियोगिता काठमाडौंमा खेल्ने अवसर पाए । उनलाई खेल खेलेको हिजो झै लाग्छ । उनि बि.सं.२०४२ सालमा स्थापना भएको मोफसलकै चर्चित गोर्खा ब्यायज स्र्पोटस क्लब बुटवलको संस्थापक सदस्य तथा खेलाडी (गोलकिपर) समेत हुन । गोर्खा ब्यायज हुँदै रूपन्देही—११, तेस्रो राष्ट्रिय खेलकुदमा साबिकको लुम्बिनी अंचलबाट गोलकिपरको रूपमा खेल खेले । यसैगरि काठमाडौं ब्यायज स्र्पोटस क्लब (ए डिभिजन) तथा नेपालको पहिलो ब्यवसायिक क्लब म्याजिक मार्बल क्लबको गोलरक्षक समेत रहे । उनि लुम्बिनी—११ को गोलकिपर समेत रहे । अहिले उनि भेट्रान्स गोलकिपर भएका छन् ।
‘फुटबलको क्रेज अचम्मको थियो,’ उनी सम्झन्छन । आफ्नो समयमा नेपालभित्र मात्र होईन छिमेकी भारतमा समेत खेल खेल्न जान्थे । नेपाली टिमको खेल भारतमा निक्कै मन पराउने उनी सुनाउँछन । ‘अहिलेजस्तो मोबाईल र फोनको जमाना थिएन,’— उनले भने । साथीहरू भेट हुने र हप्ता दिनसम्म भारत खेल्न जाने गरेको उनले बताए । केही समय भारतको ब्ल्याक डायमण्ड स्र्पोटस हस्टन उडिसामा अनुबन्धित भएर ईण्डियन आर्मी दिहित फुड कर्पोरेसनबाट समेत गोलकिपरको रूपमा खेल खेलेको उनी बताउँछन । फुटबलमा उनको रुचिकै कारण बुबाआमा र परिवारका हरेक सदस्य उनलाई सधै साथ दिन्थे ।

खेल जीवनमा उनको सबैभन्दा अविस्मणीय क्षणका रूपमा भारतमा २०६४ सालमा रेल्वे टिमबाट खेल्दा ११ पेनाल्टीमा ८ वटा रोकेका थिए । नेपालमा भने नवलपरासीको ऐतिहासिक त्रिवेणी कपमा उनले पाच वटा पेनाल्टीमा पाच वटै रोके । अहिले पनि उनलाई ‘पाचमा पाच’ भनेर चिन्ने गरेको उनी स्मरण गर्छन । खेल जिवनमै उनले दुखद घटना पनि सुनाए । ऐतिहासिक नवौ संस्करणको लिस्नु कप खेलाउने क्रममा उनि घाटबाट खाली खुट्टा नै मैदानमा फुटबल खेलाएका छन । भेट्रान्स खेलाडीकै रूपमा बि.सं.२०७८ मा सिमरामा भएको खेलमा उत्कृष्ट गोलकिपर तथा बिसं. २०७९ सालमा चितवनमा भएको प्रतियोगितामा ३ खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । उनका समकालिन खेलाडीहरू मकर थापा, श्रीमान गुरुङ, हेम बुढाथोकी, राजकुमार थापा (बसन्त), मधु कार्की, हिमाल थापा, बाबुराम (कालापहाड), यमप्रताप (डासु), टोप थापा, ओम थापा, बिजन गुरुङ, धिरु गुरुङ, उपेन्द्रमान सिह, हरि खड्कासंग खेल खेलेको उनी बताउँछन ।

फुटबलमात्र होईन उनि क्रिकेट र हक्की खेलमा समेत राम्रो दख्खल राख्थे । जनकपुरमा सम्पन्न भएको तेस्रो राष्ट्रिय खेलकुदमा क्रिकेटरका रूपमा उनी साबिकको लुम्बिनी अञ्चलबाट फास्ट बलरको रूपमा खेल प्रदर्शन गरे । यसैगरि जलेश्वरमा भएको राष्ट्रिय हकीमा पनि उनि लुम्बिनी अंचलबाट हक्कीको गोलकिपरको रूपमा खेले । १४ वर्ष हुदा फुटबल शुरु गरेका पौडेल ५४ वर्ष पुग्दा फेरिएको भूमिकामा छन । पौडेल बेलाबेला भेट्रान्स खेलाडीका रूपमा मैदानमा पोष्टमा पुग्छन त अधिकांश समय रेफ्री पेशालाई अंगालेका छन । उमेर बढ्दै जादा उनको शारीरिक परिवर्तन आए तर फुटबलप्रतिको मायाले भूमिका फेर्दै यसैमा रमाएका छन । घरका भित्ता मायाका चिनोले ढाकिएका छन । ‘मेरो चार दशकको कमाई यही हो ।’—उनी गर्वका साथ भन्छन । ‘फुटबलमा लागेर मैले पाएको माया मेरो लागि करौडौ सम्पत्तिभन्दा ठूलो छ ।’—उनले थपे । फुटबलबाट जिवन जिउन सिकेको उनी बताउँछन । उनी देशका हरेक कुनाकाप्चामा पुगे ।

‘पाचमा पाच’ र ‘बिबादरहित रेफ्री’
फुटबल खेल फिजिकल खेल हो । दुई टिमका खेलाडीहरू बिच खेलिने खेलमा बिबाद आउने गर्छ । विश्वका ठूलाठूला खेलहरूमा पनि बेलाबेला बिबाद देखिने गरेको छ । टफ गेम र खेलाडीहरूको आचरणका कारण रेफ्रिहरू बाध्य भएर कार्डको प्रयोग गर्दा बिबाद बढेका धेरै घटनाहरू छन । खेलाडीहरू अपिल गर्दा पनि रेफ्री धैर्य हुनुपर्ने उनी बताउँछन । पहिलेको तुलनामा अहिले खेल खेलाउनु चुनौतीसंगै प्रविधिको कारण सहज बनेको उनको दाबी छ । नेपालको प्राय सबै ठाउमा कुशलतापूर्वक खेल सम्पन्न गरेका छन । खेलाडी अपिल गर्दा मुस्कानसहित सम्झाउने र समस्या समाधान गर्ने उनको बानीका कारण पनि उनी बिबादरहित रेफ्री को पहिचान बनाएका छन । मोफसलका अधिकांश खेल मैदानका साथै विदेशी भूमिमा समेत रेफ्रीको भूमिका निभाएका छन ।

गोर्खा ब्यायज क्लब बुटवलको खेलाडी, प्रशिक्षक हुदै निवर्तमान महासचिव, एन्फा एकेडेमी बुटवलको निवर्तमान महासचिव, रूपन्देही ११, आहा रारा गोल्डकप, बुढासुब्बा गोल्डकप, भोजपुर गोल्डकपमा प्रशिक्षक, महाबिर क्लब, काठमाण्डौको बिसं.२०६२ मा मुख्य प्रशिक्षक, नेपालको मोफसलमा तालिम प्राप्त रेफ्रीहरूको कमी पुरा गर्न २०५० सालबाट रेफ्री पेशामा संलग्न रहेको उनी बि.सं.२०५६ सालमा एन्फा लाईसेन्स लिन सफल भए । बिसं २०११ मा काठमाडौँमा फिटनेश पास गरि राष्ट्रिय फुटबल रेफ्रीको मान्यता पाएका हुन ।

भर्खरमात्र उनि युरोपमा फुटबल खेलाएर फर्किएका छन । ‘युरोपमा खेल खेलाउने पहिलो अन्तराष्ट्रिय फुटबल रेफ्री बन्न पाउँदा धेरै खुशी छु ।’— उनले भने । रूपन्देहीमा खेलाडी उत्पादन, रेफ्री उत्पादनमा विशेष योगदान गर्ने लक्ष्यसहित एकेडेमी संचालन गरेर अघि बढेका उनी पछिल्लोसमय आर्थिक कठिनाई भोगेका छन । पछिल्लोसमय उनि बासगढी लौकाहामा बस्दै आएका छन । बुद्धभुमी फुटबल एकेडेमीको डाईरेक्टर रहेर खेलाडी उत्पादनमा लागेका छन । दानापुर देखि डेनमार्कसम्म रेफ्रीको यात्राको क्रममा धेरै अनुभवहरू हासिल गरे । उनले गत जुलाई २२ देखी २७ सम्म भएको प्रतिष्ठित डाना कप युथ फुटबल च्याम्पियनसिपमा रेफ्रीका रूपमा अनुभव लिएर फर्किए । जहा विश्वका ४५ देशका एक हजार भन्दा बढी युथ फुटबल टिमहरूले भाग लिएका थिए । सन १९८२ देखी निरन्तर डाना कप हुदै आएको ईतिहास छ ।
फुटबल खेल फिजिकल खेल हो । खेल्दा अलिअलि चोटपटक लाग्छ । उमेर समुहबाट खेलमा छिरेका उनि ब्यवसायिक खेलाडी, भेट्रान्स खेलाडी हुदै अहिले राष्ट्रिय फुटबल रेफ्रीको भूमिकामा छन । ‘स्वास्थ्यले साथ दिएसम्म फुटबलमै रमाउने, फुटबलमै मर्न चाहन्छु ।’— उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?