ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कृषिमा उत्पादकत्व वृद्धिको बाटो

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

नेपाललाई कृषि प्रधान देश भनिन्छ । कृषि प्रधान देश हो पनि । यहाँका अधिकांश नागरिकहरूको पेशा कृषि हो । यही पेशामा रहेर अत्यधिक कृषकले आफ्नो जीवन गुजारा गरेको देख्न पाइन्छ । कतिपय कृषकहरू परंपरागत कृषि प्रकृयामा हुनुहुन्छ भने कतिपय कृषकहरूले यसलाई केही नविनता दिनु भएको अवस्था रहेको देखिन्छ । कृषक हाम्रा दाताहुन् । उनीहरूको मेहनतले हाम्रो जीवन धानिएको छ । यदि कृषकहरूले यसरी मेहनत गरेर उत्पादन नगरेको भए हामी हरकुरामा परनिर्भर हुने थियौं । हुनत अहिले पनि केही वस्तुमा हामी परनिर्भर अवस्थामा नै छौं तर केही कुरामा हामी आत्मनर्भिर भएको सत्य हो । यो सबै कुरा कृषकको मेहनतबाट भएको हो भन्न सकिन्छ ।

वास्तवमा नेपालको भूवनोट अनुसार विश्वका विभिन्न मुलुकमा पाइने अन्नबाली तथा फलफूलहरू हाम्रो मुलुकमा पाइन्छन् भनिन्छ । यहाँको हावापानी र माटोका साथमा जमिनको उचाइ सबैकुराले विश्वका सबै बालीनाली तथा फलफूल उत्पादन हुन सक्ने सम्भावना रहेको छ । प्रकृतिबाट यस्तो विछट्ट वरदान प्राप्त मुलुकमा हामी हरेक वस्तुमा आत्मनिर्भर हुनु पर्ने थियो तर भइरहेका छैनौ । यस्तो भन्नु पर्दा आफैमा आश्चर्य लाग्ने मात्र नभएर आफैलाई प्रश्न गर्नु पर्ने अवस्तथा आएको छ । हामीसंग कुन कुराको कमीले गर्दा हुनुपर्ने जति वस्तुमा आत्मनिर्भर हुन सकेका छैनौं रु यो अति विचारणीय कुरा रहेको छ रु सधै विचार गरेर मात्र पनि हुँदैन । एक पटक आत्म समीक्षा गर्ने अनि नयाँ कार्यको खोजिगर्न लाग्नु पर्दछ । हामीले विगतका व्यवस्था र तिनका सञ्चालकको अदूरदर्शिताका कारणले आत्म निर्भर हुन सकेनौ भन्यौ । यसका वारेमा निकै वहस र छलफल पनि भए तर हिंजोका काम नलाग्ने भनिएका व्यवस्था र तिनका सञ्चालकको हातमा अहिले न सरकार छ न सत्ता छ तर पनि हामीले कृषिमा तरक्की गर्न सकेका छैनौं,किन रु यसको दोष कसलाई दिने हो रु राणा शासन देखि बहुदलीय शासन भोग्दै आएर अहिल लोकतान्त्रीक गणतन्त्रसम्मको गफ दिने अवस्थामा आइ पुग्दासम्म कति सरकार फेरिए कति व्यवस्था फेरिए तर अवस्थामा खासै अन्तर ल्याउ सकेका छैनौ । यो अवस्था परिवर्तन गर्न नसक्नुमा सत्ता सञ्चालकको मात्र नभए हामी सर्वसाधारण नागरिकको पनि मात्राको हिसाबले केही न केही कोही न कोही दोषको भागिदार छौं भन्ने लाग्दछ ।

मरुभूमि जहाँ पानीको अभाव रहन्छ त्यो ठाउँमा थोपा सिचाइ गरेर पनि विरुवा हुर्काउने गरेको र उक्त मरुभूमिमा पनि बिभिन्न बाली उत्पादन गरेर आत्म निर्भर भई सकेको भन्ने सुुनिन्छ तर प्रकृतिले हामीलाई भरपुर साथ सहयोग दिएको छ तर पनि हामीले आफ्नो मुलुकमा उत्पादन हुने वस्तुहरू उत्पादन गर्न छोडेर विदेशीको मुख ताकिरहेका छौं । यो प्रवृति नहटेसम्म हामीले लोकतन्त्र गणतन्त्र मात्र होइन त्यो भन्दा अर्को कुनै उत्कृष्ट व्यवस्था ल्याए पनि विदेशी मुलुकको मुख ताक्ने प्रवृति नफालेसम्म यो अवस्थाबाट पार पाउने छैनौं ।

अव कृषिमा नयाँ क्रान्ति चाहिएको छ । एउटा संकल्प गर्नु पर्ने अवस्था आएको छ । सरकारले एउटा दृढ संकल्पका साथ एकप्रकारको खाका तयार पारेर कुन स्थानमा कुन बाली उत्पादन हुन सक्दछ । कुन स्थानमा कुन जनावरको लागि हावापानी र घाँसपात उपयूक्त छ । यसको वारेमा थोरै भए पनि अनुसन्धान गर्ने र सिमित क्षेत्रबाट यसको शुरुवात गर्नु पर्दछ । हरेक कुरा योजनावद्ध र प्रतिवद्धका साथ लाग्नु पर्दछ । यदी यही लक्षका साथ कार्यारम्मगर्ने हो भने हामीले लक्ष चुम्नका लागि लामो समय लाग्ने छैन । तत्काल हाम्रो मुलुकमा उत्पाद हुन नसक्ने वस्तु विदेशबाट खरिद गरेर ल्याउने र आफ्नो मुलुकमा सम्भव भएका कुराहरू आफ्नै मुलुकमा उत्पादन गर्नमा बढता ध्यान दिनु पर्दछ ।

हामीलाई उन,मासु र अण्डाका साथमा मल इत्यादिका लागि पशु तथा पंक्षीको आवश्यक्ता पर्दछ । यसैगरी अहिले पनि सामग्री ढुवानी तथा सवारीका लागि केही जनावरहरू आवश्यक पर्दछ । जस्तो घोडा खच्चर तथा भेंडा अनि चौरीबाट सामान वसार पसार गर्ने र घोडा आदिबाट सवारी गर्ने पनि गरिन्छ । यी जनावरहरू पनि आज हाम्रो मुलुकमा अति जरुरी छ । नेपालका विभिन्न पहाडी तथा हिमाली भागहरूमा अहिले पनि घोडा , खच्चरबाट तथा चौरीबाट सामान वसार पसार गर्नु पर्ने वाद्यता छ भने हिमाली क्षेत्रमा कतिपय स्थानमा भेंडा वा च्याङ्ग्राबाट पनि सामान वसार पसार गर्नु पर्ने वाद्यता छ । यातायातकालागि बाटोघाटोको विकास गर्नु अघि यी स्थानमा यस्ता खालका जनावरको पनि संरक्षण गर्नु जरुरी छ । यसतर्फ पनि ध्यान दिनु पर्दछ । यसप्रकारका जनावरहरूको पनि नश्ल सुधार गर्नु पर्दछ । भेंडा तथा च्याङ्ग्रा जस्ता जनावरहरू मासु र ऊनका लागि पनि पालिन्छन् । यीनीहरूले तीनवटै काम धान्ने गर्दछन् । यस्ता जनावरको नश्ल सुधार गर्न आवश्यक छ । ठाउँ अनुसार पालिने जनावर तथा पंक्षीहरूको पनि नश्लसुधार गर्न आवश्यक छ । जसरी अन्न तथा तरकारीको बीउ उन्नत खालको चाहिन्छ त्यसैगरी हाम्रो आवश्यक्ता परिपूर्तिका लागि जनावर तथा पंक्षीहरूको पनि नश्लसुधार उत्तिकै आवश्यक छ ।

नेपालका सिमित भागमा केही कृषि अुनसन्धन केन्द्रहरू छन् । ती स्थानमा अन्न बाली तथा तरकारीहरू उन्नत बनाउनका लागि अनुसन्धान भइरहका छन् । ती स्थानहरूमा खरायो , बाख्रा , बंगुर तथा हाँस कुखुराहरूको उन्नत नश्ल तयार गरिंदै छ । धेरै काम पनि भएको छ । अन्न बाली तथा तरकारीहरूमा पनि धेरै सुधार भएको छ तर हुनु पर्ने जति विस्तार हुन सकेको छैन । आम किसानका हातमा उन्न बीउविजन, उन्नत राँगो,बोका, भाले वा सुंगुर तथा बंगुहरू समेत उन्नत खालका पशुपालन गर्न चाहने कृषकका हातमा आउनु पर्दछ । यसले पशुपालन तथा पशुपालनबाट लाभ लिनसक्ने वातावरण बन्न जानेछ ।

हामीले उत्पादन मात्र नभएर उत्पादकत्व वृद्धि सम्मका कुरा गर्दछौं । उत्पादनमा वृद्धि भएन भने उत्पादकत्वमा बृद्धि कसरी हुन सक्दछ रु यसकारण अव परंपरागत खेती प्रणाली होइन कि आधुनिक खेती प्रणाली हरेक घरमा पु¥याउनु पर्दछ । यसका लागि कृषकहरूलाई समय समयमा तालिम तथा कुनै गोष्ठिको व्यबस्था हनु पर्दछ । यसका लागि दुबै तर्फको इच्छा शक्ति चाहिन्छ । दुबै तर्फ भन्नुको तात्पर्य हुन्छ कृषक स्वयं पनि आकांक्षी र जागरुक हुनु पर्दछ भने सरकारले कृषकले चाहेकका कुरा पुरागर्न तर्फ ध्यान दिनु पर्दछ । यो दुबै तर्फको तादाम्यताले गर्दा मात्र पुरा हुने कुरा भयो । यस भन्दा पहिले कुन बाली बोट वा पशु पंक्षीलाई पहिलो प्राथमिक दिने हो यसको योजना बनाउनु पर्दछ । हरेक कुरा योजनाअनुसार गर्नु पर्दछ । योजना बनाउने हो भने मात्र कुन स्थानमा कुन बाली कुन स्थानको हावापानी कस्तो भन्ने अधारबाट बालीबोट लगाउने र कुन स्थानको हावा पानी र माटोमा कुन पशु वा कुन पंक्षी उपयोगी हुनसक्छ यसका वारेमा अनुसन्धान पहिलो आवश्यक्ता हो ।
नेपाललाइ पर निर्भरबाट बचाउने सरकारले अठोट लिने अनि योजनावद्ध ढंगले कृषिमा आधुनिकीकरण गर्न सक्नु पर्दछ । तव मात्र कृषकका लागि सरकार भएको महसुस हुने छ । एकातर्फ सरकार भएको महसुस हुन आवश्यक छ भने अर्को तर्फ उत्पादन वृद्धि र यसबाट उत्पादकत्व बृद्धि हुन जाने छ । चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?