ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

सुर्खेत, ८ असोज ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुभारम्भ भएको छ । गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिनुको साथै उचित सल्लाह दिनको लागि उक्त कार्यक्रमको सुरुवात गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको सुभारम्भ गरेकी हुन् ।

हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले सुरु गरिएको ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुभारम्भ गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जनाइन् ।

। यसरी वडा नम्वर दुईबाट सुरुवात गरिएको गर्भवतीसँग भलाकुसारी हुने यो सेवा वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रमा पनि सुभारम्भ हुनेछ ।

हरेक हप्ता गर्भवती आमालाई दक्ष स्वास्थ्यकर्मीहरुले फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श सेवा प्रदान गर्न सेवारम्भ गरिएको हो । जसमा नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाव तथा आवश्यक जाँच, खोप, पोषण तथा सरसफाई, गर्भवती अवस्थामा देखापर्ने खतराका चिन्हहरु, प्रसुतिपूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्यले हेलो गर्भवती आमा कार्यक्रम सुभारम्भ गरिएको नगर प्रमुख ढकालले बताइन् । उनले गर्भावस्था तथा सुत्केरी अवस्थाका महिलाहरुलाई स्वास्थ्यकर्मीबाट परामर्शको आवश्यकता पर्ने हुँदा पनि यस कार्यक्रमलाई सुरुवात गरेको बताइन् ।

‘यस्तो अवस्थामा स्वास्थ्यसँगै मानसिक रुपमा विभिन्न उत्तरचडावहरु आउने गर्छन त्यसकारण उनीहरुलाई परामर्शको आवश्यकता पर्दछ’ उनी भन्छिन्, ‘अहिले ८ पटक गर्भजाँच गर्नुपर्छ यसमा दुरदराजका महिलाहरु नियमित जाँच नगर्ने पनि हुन्छन् त्यसैले यसमा स्वास्थ्यकर्मीहरुले फोन गरेर उनीहरुलाई जाँच गर्न स्वास्थ्य संस्थामा बोलाउने पनि गर्दछन् ।’

१६ वटै वडामा रहेका गर्भवती आमाहरुको पूर्ण विवरण स्वास्थ्य स्वयम्सेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरुमा राखिएको हुन्छ । सोही विवरण हेरेर हरेक हप्ता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीले गर्भवती आमालाई टेलिफोन गरी आवश्यक सरसल्लाह तथा परामर्श दिने व्यवस्था मिलाइएको उनले बताइन ।

सरकारले चार पटक गरिने गर्भावस्थामा हुने जाँचलाई बढाएर आठ पटक गर्नुपर्ने अनिवार्य पोर्टकल लागु गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने उद्देश्यले टेलिफोनमार्फत ट्रयाक गर्न सुरु गरिएको प्रमुख ढकालले बताइन् ।

नयाँ प्रोटोकल लागु भएपछि यसको जानकारी नुहुँनु र जाँच गराउने समय बिर्सने लगायतका कारणले गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा जाँच गराउन नआउन थालेपछि स्वास्थ्य संस्थाबाटै सम्पर्क गरी सेवा दिने प्रणालीको विकास गरिएको ढकालले बताइन् ।

नगरपालिकाले यसअघि चार पटकसम्म गरिने गर्भवती जाँचमा आउने महिलालाई प्रोत्साहनस्वरुप एक हजार र निशुल्क एम्बुलेन्स सेवा दिदैं आइएको थियो । तर आठ पटक गरिने जाँचमा भने अधिकांश गर्भवती महिलाहरु नआउन थालेपछि नयाँ रणनीति लिनु परेको नगरपालिकाले जनाएको छ । यो सेवा सुरु भएसँगै आर्थिकरुपमा विपन्न महिलाहरुलाई आवश्यकताका आधारमा घरमै सेवा लिन सहज हुने अपेक्षा राखेको नगर प्रमुख ढकालले बताइन । ढकालले गुणस्तरीय सेवासँगै प्रजनन् स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् ।

नगरपालिकाले हालसम्म पाँच हजार गर्भवती तथा सुत्केरी आमालाई प्रत्येक महिना टेलिफोनमार्फत मातृ मृत्युलाई रोक्न परामर्श सेवा दिएको छ । वीरेन्द्रनगर नगरपालिकाका १६ वडामा २० वटा स्वास्थ्य केन्द्रहरु रहेका छन् ।

नगरपालिकाले यी स्वास्थ्य संस्थाबाट हालसम्म दुई सय ८४ जना गर्भवती आमालाई सुत्केरी हुन स्वास्थ्य संस्थासम्म आउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । यस्तै, दुई सय १२ जना गर्भवतीको भिडियो एक्सरे गरिएको छ भने एक सय ७२ जनालाई नगर प्रमुख पोषण कोशेली प्रदान गरिएको छ ।

एक हजार चार सय चार गर्भवती तथा सुत्केरी आमालार्ई तीन र सात दिनमा घरमै पुगेर नर्सिङ सेवा प्रदान गरिएको छ । नगरपालिकाले हालसम्म दुई हजार सात सय ५३ जना महिलालाई स्तन र पाठेघरको मुखमा हुने क्यान्सर जाँच सेवा प्रदान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?