ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

परदेशबाट फर्किदै दशैं

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

बाँके, ०८ असोज ।
कर्णाली प्रदेश सल्यान जिल्ला शंखमुलका जितबहादुर क्षेत्री चाडपर्व मनाउन भारत सिमलाबाट घर फर्किएका छन् । नेपालगन्ज नाका भएर उनी साथीभाईहरू संग घर फर्किएका हुन । चाडपर्व मनाउन भारतबाट घर फर्किएको उनको लागि नयाँ होईन ।

एक दशकदेखि मजदुरी गर्न भारत आउजाउ गर्दै आएको क्षेत्री बताउँछन् । ‘कोरोनाको महामारी सुरु भएपछि घर फर्किएको थिए, गाउँघरमा काम नपाएपछि कोरोनाको महामारीमै फेरि भारतमा काम गर्न गइयो,’ उनले भने,‘खेतिपाती गर्न र चाडपर्व मनाउन घर फर्किन्छौँ। दसैं तिहार मनाएर फेरि काम गर्न भारत नै जाने हो ।’ उनका अनुसार गाउँका सय बढी युवाहरू आफूजस्तै कामका लागि भारत जाने गरेका छन् ।
दैलेख दुल्लु ५ का नबिन खत्री सोमबार नेपालगन्ज नाका भएर घर फर्किएका छन् । उनी कोरोनाको महामारीकै बेला काम खोज्दै भारत छिरेका थिए । पछिल्लो ८ महिना भारतको चण्डीगढमा मजदुरी गरेर घर फर्किन पाएको उनी निकै खुसी देखिन्थे । ‘परिवारसँग बस्ने रमाउने मौका भनेकै हाम्रो लागि चाडपर्व त हो नि । अरूबेला त काम गर्नै परयो,’ उनले भने,‘आफ्नै गाउँठाउँमा काम पाईदैन त्यसैले भारतमा काम गर्न जानु पर्छ ।’ नबिनसंगै नेपालगन्ज हुँर्द डोल्पा त्रिबेणी ६ का बिक्रम केसी, विनय थापालगायत सयौँ नेपालीहरू चाडपर्व मनाउन घर फर्किएका छन् । घर फर्किने नेपालीहरूको सीमामा लर्को छ । भारत जान राहदानी आवश्यक नपर्ने र लागत नलाग्ने गरेका कारण नेपाली मजदुरको गन्तब्य भारतका विभिन्न शहरहरू बन्दै गएको छ ।

कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, रुकुम, रोल्पा, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट हजारौ युवाहरू काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गरेका हुन । घर फर्किएका अधिकांश युवाहरूले चाडपर्व मनाएर फेरि पनि भारतमै काम गर्न जाने बताउँछन् ।
भारतको दिल्ली, गुजरात, राजिस्थान, मुम्बै, भूपाल, सिमला, कालापहाड, लगायतका स्थानमा रोजगारीका लागि नेपालीहरू हरेक वर्ष पुग्ने गरेका छन् । खेतीपाती र चाडपर्वका बेला उनीहरू घर फर्किने र फेरि भारत फर्किन्छन् । ‘चार-पाँच महिना घर बसिन्छ । होईन भने फुर्सद भएपछि काम गर्न भारत गैहाल्छौँ,’ डोल्पाका बिनय भन्छन्,‘भारतमा सहजै काम पाइहालिन्छ ।’ बेरोजगारी बढेसँगै हजारौ युवा र बालबालिकाहरू कामको खोजिमा भारत पस्ने परम्पराजस्तै बनिसकेको छ ।

सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई पूर्णं खत्रीले दसैंको मुखमा भारतबाट दैनिक दुई हजार बढी नेपालीहरू घर फर्किरहेको बताए । उनले सीमामा लुटपाटका घटना हुनसक्ने भन्दै भारतीय सुरक्षाकर्मीहरूसंग समन्वय गरिरहेको जनाए । ‘नेपालीहरू घर फर्किने बढेसंगै सीमामा निकै भिडभाड हुने गरेको छ । सहजरूपमा नेपालीहरूलाई आउन दिने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

नेपालगन्ज नाकामा भिड बढेसंगै त्यहाँको अवस्था अस्तव्यस्त देखिन्छ । सवारी साधन भारत लैजान नपाएपछि फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गरिएको अवस्था छ । भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरू नेपाल भित्रिने गरेको छ । ती मालबाहक ट्रक पनि भन्सार गराउनका लागि फोरलेन सडकमै पार्किङ गरेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?