ट्रेंडिंग:

>> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश

चालिस बर्षपछि तम्घासमा भैरव नाँच

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

गुल्मी, ०८ असोज ।
गुल्मीको सदरमुकाम तम्घासमा नेवारी संस्कृति र परम्परा अनुसार नचाईने ऐतिहासिक भैरव नाचको प्रदर्शन गरिएको छ । अर्घाखाँचीको ऐतिहासिक, धार्मिक एवं पौराणिक साँस्कृतिक महत्व बोेकेको नेवाः समुदायले नाच्ने उक्त नाँच झण्डै ४० वर्षपछि गुल्मीमा प्रदर्शन गरिएको हो ।
वर्षायाम सकिएर हिउँदको समय शुरु भैसकेपछि सहकालका देवता ईन्द्रको प्रतिक स्वरूप काल भैरवको रूपमा भैरव जात्रा निकाल्ने प्रचलन छ ।

भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने एक प्रकारको नाच हो । यो नाच गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान लगायतका ठाउँहरूमा नाच्ने गरिन्छ । लाखे नाँचमा एउटा मात्र मुकुट लगाएर नाच्ने परम्परा छ भने भैरव नाच भने तिन वटा मुकुट लगाएर नाच्ने गरिन्छ । यी तिनवटा मुकुटहरू मध्ये कालो शिवजीको, रातो देवीको र सेतो गणेशको प्रतिकका रूपमा मानिन्छ । नेवारी संस्कृति र सभ्यतासँगै समुदाय र जिल्ला जिल्लामा एक आपसमा पारस्पारिक सम्बन्धको विकास गर्नको लागि लामो समयको अन्तरालपछि गुल्मीमा भैरव नाच प्रदर्शन गरिएको स्थानीय समाजसेवी एवं युवा व्यवसायी हरिकुमार श्रेष्ठले बताए ।

कालो भैरव, रातो भैरव, सेतो भैरव, डङ्किनी गर सात तालमा उक्त भैरव नचाईने गरिन्छ । जसमा मयुर नाच, घोडा नाच, दट्ठी नाच, लाहुरेलाहुरिनी नाचगरि विभिन्न प्रकारका नाचहरू देखाएर दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । तम्घास लोखे समितिको आयोजना र नेवाःखल गुल्मी तथा रेसुङ्गा नगरपालिकाको सहयोगमा सदरमुकाम तम्घास स्तथीत चिदिचौरमा प्रदर्शन गरिएको उक्त नाच हेर्नका लागि दर्शकहरूको ठूलो भिड लागेको थियो ।

विशेष प्रकारको ठूलो मुकुट लगाएर चोरी गाईको छालाबाट बनेको मादल बजाउँदै चार करिब घण्टासम्म सात तालसँगै उक्त नाच प्रस्तुत गरिएको थियो । देशको मौलिक संस्कृति र परम्परालाई जोगाउँदै पुस्ता हस्तान्तणका लागि पनि यस्ता प्रकारका संस्कृतिहरूको संरक्षण र संबद्र्धन गर्नु पर्ने भैरव नाच संरक्षण समितिका अगुवा हरिकुमार श्रेष्ठले बताए । धार्मिक आस्थासँगै निकै लोकप्रिय मानिले यो नाच पछिल्लो समयमा नयाँ पुस्ताहरूमा खासै उत्साह र चासो नहुँदा विस्तारै लोपहुँदै जाने अवस्थामा रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?