ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लसुन काण्डले राजस्वका प्रमुख अधिकृतको सरुवा

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

नवललपरासी, ०७ असोज  ।
राजस्व अनुसंधान कार्यालय बुटलका प्रमुख अनुसंधान अधिकृतको सरुवा भएको छ । नवलपरासी जिल्लाभित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पनि अनुसन्धान कार्य प्रति नै टिकाटिप्पणी हुन थालेपछि आन्तरिक राजस्व कार्यालयका प्रमुख अनुसंधान अधिकृतको सरुवा भएको हो ।

राजस्वको छापा पछि तस्करीको रुट र गोदाम सारेर लसुन तस्करी गर्न थालिएको आरोप पनि लागेको थियो । सोही कारण पनि उनलाई अर्थमन्त्रालयले सरुवा गरेको हुन सक्ने कार्यालय निकट स्रोतले जानकारी गरायो । बसहिया नाका तस्करीमा उपयोग भए पनि लसुन भण्डारण गर्ने गोदाम भन्ने बेलाटारी बजार नजिकैको गँगापुरमा सारिएको स्थानीयले कुरा उठाउन थालेका थिए । स्थानियका अनुसार अहिलेको अवस्थामा पनि जिल्ला भित्र सदरमुकाम परासी लगायत विभिन्न सिमावर्ति क्षेत्रमा १५ ट्रक भन्दा बढि लसुन भण्डारणको अवस्था छ ।
नेपालमा कानुनसम्मत बैधानिक रूपमा चिनिया लसुन बिक्री गर्न पाउने भए पनि भारतमा प्रतिवन्धित हुँदा सो लसुन तस्करी हुने गरेको दाबी हुदै आएको छ । तर नेपालमा विलबिजक जारी गरी नै लसुनको ओसार पसार हुने अवस्था भए पनि त्यसको खपत र खरिद विक्रि प्रति छानविन हुनु पर्ने कुरा उठ्दै आएको छ । त्यसले गर्दा पनि अनुसंधान कार्यालय विवादमा पर्ने हुदा प्रमुख अनुसंधान अधिकृत पशुपति बाबु पुरीको सरुवा भएको छ । सो कार्यमा महेशपुर भन्सार प्रमुख बुद्धि कुमार चुडाल पनि विवादिन नै छन्,उनी पनि तानिने अवस्था हुन सक्ने दाबी स्रोतको रहेको छ ।

नेपालका राजस्व अंनुसाधान प्रमुख मात्रै नभई सिमावर्ति भारत निचलौल उप जिल्ला अधिकारी(एसडिएम) कार्यालयका तत्कालिन उप जिल्ला अधिकारीको स्थानमा हाल उपजिल्ला अधिकारीमा शैलेन्द्र कुमार गौतम कायम भएका छन् । लसुन तस्करीमा भारतको एसडिएम र निचलौल कोतवालीको पनि मिलोमतो भएको आरोप लाग्दै आएको थियो ।
राजस्व अनुसंधान भई रहेको राजश्व अनुसंधान कार्यालय भने अहिले पनि अनुसंधान भइरहेको तर प्रतिवेदनबारे कुनै प्रतिकृया दिन चाहेको छैन । सो लसुन बेलाटारी, गंगागापुर, पिपरपाती लगायतका गाँउमा अघोषित गोदामा भण्डारण गर्ने र राती राती पिकअप भ्यानमा राखेर सिमाक्षेत्रमा पु¥याउने गरिएको छ । प्रहरी निरिक्षकहरू रहेको क्षेत्रमा प्रायःलसुनको ओसार पसार गर्न सहज हुने हुँदा तस्करहरू पनि तिनै क्षेत्रमा सर्न थालेको उनको भनाई थियो । अहिलेको नाका बसहियासँगै पकलिहवाको बलिनगर र महेशपुरको गोपालपुर गाउँ भएर छिर्ने गरेको छ ।

सो क्षेत्रका नेपालको शसस्त्र प्रहरी र नेपाल प्रहरी मात्रै होईन,भारतको महराजगँज जिल्ला अन्तरगतको निचलौल तहसिल अन्तर्गतको निचलौल कोतवाली र एसडिएम कार्यालयका सुरक्षा अधिकारीहरूको समेत सहयोगमा सिमाक्षेत्रमा लसुन तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । नेपालबाट भित्रिने लसुन भारतिय गण्डक नहरको बाटो हुँदै भारतको गोरखपुर हँुदै दिल्लसम्म लसुन पुग्ने गरेको निचलौलका एक स्थानीयले बताएका थिए  । निचलौल बजार नजिकैको गण्डक नहरपुल निर विहान नहुँदै लसुन बोक्ने गाडीको लाम लाग्ने गर्छ, । यहाँ ती गाडीबाट निचलौल कोतवालीका प्रहरीले रकम असुल्ने गरेका छन । यसले गर्दा लसुनको तस्करी मौलाउने गरेको छ । भारतमा चिनियाँ लसुन प्रतिवन्धित छ, तर लसुन बजारमा महँगोँ भएका कारण सस्तो चिनिया लसुन भारतमा पु¥याउन नेपालको बाटो प्रयोग गरिएको छ ।

केही दिन पहिला बसहिया नाकामा आन्तरिक राजस्व कार्यालयले छापा मारेर लसुन छाडी कागजपत्र मात्रै लगेको थियो । अहिले जुन फर्मको कागजपत्र लगेका थिए, ति घरबाट फर्मको बोर्ड समेत हटाइएको छ, यसले गर्दा पनि लसुन अनयत्र लगिएको अनुमान गर्न सकिन्छ । । बरामद गरिएका उतm लसुन अनुसंधान नसकिएसम्म सिल गर्नु पर्ने हो,तर खुल्ला रूपमा लसुन विक्रि नगर्नु भनेको अनुसंधान भई रहन्छ, भित्र भित्रै लसुनको ओसार पसार भई रहन्छ, चाहिएको बेला जहाँबाट जुनसुकै लसुन उपलब्ध गराउन सकिन्छ, यो समान्य ब्यतिmले पनि बुझ्नु पर्ने कुरा हो । यस्ले गर्दा पनि अनुसंधान अधिकृत माथि प्रश्न उठेको हुन सक्ने अनुमान उनको थियो । राजस्व अनुसन्धान कार्यालयका अनुसार प्रतापपुर गाउँपालिका ५ बसैयाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लसुन खरिद गरिएको बिल भरपाई र कागजपत्रहरू अनुसन्धानका लागि लगिएकोे छ ।

सो विषयमा अनुसन्धान कार्य भइरहेको कार्यालयका सूचना अधिकारी मनोज कुमार सैनीले बताए । उनीहरूलाई विहिवार कार्यालयमा बोलाइएको समेत उनले जानकारी गराएका थिए  । पछि उनले अनुसंधान भई नै रहेको प्रतिकृया दिएका थिए । उनका अनुसार गोदाममा भेटिएको २० किलोको ५१० बोरा र ३० किलोको ३१ बोरा गरी कुल ५ सय ४१ बोरा चाइनिज लहसुन कतै पनि ओसारपसान नगर्न फर्म सञ्चालकलाई निर्देशन दिई अनुसन्धान कार्य भइरहेको जानकारी दिए । प्रमुख अनुसंधान अधिकृत पुरीको सरुवाबारे उनको अवधी पुगिसकेको र नियमित सरुवामा भएको प्रतिकृया दिएका थिए । चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको स्वाँग मात्र देखाउँछ । जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिगँ मोडेलले चर्चा पनि उत्तिकै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?