ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

तुरियाखोला पुलः डिजाइन फेल हुँदा पुल अलपत्र

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

नवलपरासी, ०७ असोज ।
जिल्लाको रामग्राम–१५ स्थित तुरियाखोला पुलको डिजाईन फेल भएर निर्माण कार्य रोकिएको पण्डितपुर पर्यटन मार्गको पुल म्याद सकिएको दुई बर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुनः सुचारु हुन सकेको छैन् । पुल प्रति स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको वेवास्ता सो पुल हालसम्म अलपत्र परेको हो ।
पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएर अलपत्र परेको स्थानियले बताए । उक्त पुलको डिजाईन परिमार्जन गरि पुलको निर्माणका लागि यस क्षेत्रका प्रदेश साँसदले पहल गर्नु भन्दा छुट्टै पुल निर्माण तर्फ लाग्दा पुल अलपत्र परेको स्थानियले बताएका छन् । एउटा पुल नबन्दै त्यसको पाँच सय मिटर दक्षिणमा सोही नदीमा अर्को पुलको गत आर्थिक बर्षमा शिलान्यास भएको थियो ।

अहिले दुबै पुल निर्माण कार्य अलपत्र छन्,नागरिक समाजका अध्यक्ष समेत रहेका स्थानिय राधेश्याम सिँह सैथवारले भने, जनप्रतिनिधिको गैरजिम्मेवारी र प्राविधिकको लाचारीको यो प्रमाण हो । जनताको करले बन्ने करोडौका पुल जनप्रतिनिधि र प्राविधिकको खेलाची भएको छ । एउटा पुलको कार्य सम्पन्न नहुदै आर्को पुल तर्फ प्रयास गर्नु र अहिले दुबै पुलको काम नभएर आखिरमा जनता नै मर्कामा पर्ने गरेको अध्यक्ष सैथवारले बताए । यस प्रति सरकार गम्भिरताका साथ काम गर्नु पर्ने उनले औंल्याए ।

सडक पुर्वाधार विकास कार्यालय (आरआईडिओ) मणिग्राम रूपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उक्त पुलको निर्माण कार्यको जिम्मेवारी एम/एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रूपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । पुल निर्माणको डिजाईन नै फेल होला भनेर लागेको थिएन् होला ।

अहिले पुलको डिजाईन नै फेल भएको देखिएको छ, स्थानीय बलिराम कोईरीले भने, स्थानीय स्तरमा नपुगि सम्भवतः इन्जिनियरले सो पुलको डिजाईन गरे होलान, त्यही भएर अहिले पुलको डिजाईन फेल भयो, सुधारे काम गर्ने प्रयास पनि भएको छैन् करोडौको लगानी डुब्ने अवस्था देखिएका छन् । पुलको डिजाईन नै फेल भएपछि अहिले पुलको निर्माण कार्य रोकिदा अहिलेसम्म अलपत्र छ । सम्बन्धित निर्माण कम्पनीले यहिँ २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । तर डिजाईन नै फेल हुदा निर्माण कम्पनीलाई पनि काम ढिलो गर्न बहाना मिलेको छ ।

दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् । तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै मतलब छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो, जनताको सेवा भाडमा जाओस के मतलब ? स्थानीयबासीले कराएर पनि के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कार्तिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । अहिले २०८१ को कार्तिक आउन थाल्यो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ ।

स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियामा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानीय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानीय सडक पुल सहयोग ईकाई (एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ । प्राविधिक लापर्वाहीले पुलको डिजाईन नै फेल भएको छ । पुलको उचाई करिब ढाई मिटर अझ अग्लो बनाउनु पर्नेमा कम गरिएको थियो । अहिले पुरानै डिजाईनमा पुल निर्माण गरिए पुल नै खोलाको लागि बाँध कायम हुने छ ।

नदीको धार अनयत्र बग्नेछ । जस्ले खोलाको धार परिवर्तन गरि स्थानीयस्तरमा धनजनको क्षति पुर्याउने छ । सोही पुल भएर अहिले विश्व बैंकको ६२ करोड लगानीमा प्राचिन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको निर्माण कार्य अघि बढेको छ । सडक बन्यो तर पुल बनेन भन्ने अर्को समस्या देखिन सक्छ । पुलको डिजाईन फेलले स्थानीयबासीलाई निरास बनाएको एक स्थानीयले बताए । पुल बन्ने गरि शिलान्यास हुदा स्थानीयबासी उत्साही थिए, उनले भने, अहिले पुलको डिजाईन फेल भयो, भनेर सुनिएको छ,पुन नै नबन्ने हो कि भनेर पनि स्थानीयबासीमा निरासा छाएको छ । पुलले रामग्राम नगरपाकिलाको घिनहा, पण्डिपुर, पम्पापुर र रूपन्देहीको आधा दर्जन गाउँलाई परासी सदरमुकामसँग जोड्ने छ । अझ पर्यटकिय स्थल पण्डिपुरको प्रमुख सडक जोड्ने पुल पनि हो, त्यो भएर पनि सो पुलको डिजाईन फेरिएर तत्काल पुल निर्माण कार्य गर्नु पर्ने स्थानीयको माग रहेको छ ।

पुलको डिजाइन नै फेल भएर काम रोकिएको रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सतिस गुप्ताले बताए । उनका अनुसार डिजाईन फेल हुदा केही प्राविधिक कठिनाई भएको छ,तर पनि आयोजना कार्यालयले पुलमा थप उचाई बढाउने गरि पुनःडिजाईन र थप बजेट गर्ने जानकारी आएको थियो, तर अहिले के भईरहेको छ, जानकारीमा आएको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?