ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
‘उद्योगी–व्यवसायीका लागि अहिले जटिल समस्या छ’

नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन

६ आश्विन २०८१, आइतबार
६ आश्विन २०८१, आइतबार

भैरहवा, ६ असोज ।

उद्योगी–व्यवसायीले आफूहरुका लागि अहिले जटिल समस्या रहेको बताएका छन् । उनीहरुले आन्दोलन, भुकम्प, नाकाबन्दी, महामारी लगायत विभिन्न चुनौतीको सामना गर्दै आए पनि यतिबेला भने उद्योगी–व्यवसायीका लागि निकै जटिल समस्या भएको बताएका हुन् ।

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको नवआगन्तुक कार्यालय प्रमुखहरुको स्वागत तथा शुभकामना कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमाका कारण सामानहरुको अवैध चोरी पैठारी भएको र यसले स्वदेशी व्यवसायी मर्कामा परेको बताए । उनले करको दर नभइ दायरा बढाउनुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले भने, ‘एकीकृत जाँच चौकी (आईसीपी) छिटो सञ्चालन हुनुपर्छ । त्यस्तै एकीकृत चेकजाँच विन्दु पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको गुनासो छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योग–व्यवसायमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले फूल अडिटको नाममा व्यवसायीहरुलाई दुःख दिन नहुने बताए । उनले भने, ‘कर उठाउने र लक्ष्य पूरा गर्ने नाममा व्यवसायीलाई दुःख दिइनु हुँदैन । ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनुपर्छ ।’

पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले पछिल्लो समय धेरै उद्योगहरु बन्द भएको बताए । उनले भने, ‘मुख्य बजारका सटरहरु बन्द भएका छन् । माग कम हुँदा वस्तुको उत्पादन समेत घटेको छ । उद्योगी–व्यवसायीका लागि अहिले जटिल समस्या छ । निजी क्षेत्रलाई मर्कामा पार्ने काम गर्नुहुँदैन ।’ उनले पार्किङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

संगठनका पूर्वअध्यक्ष, सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्रीले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न आग्रह गरे । उनले अवैध रुपमा नेपालमा सामान भित्रिन नदिन कडाइ गर्नुपर्नेमा जोड दिए ।

संगठनका सल्लाहकार भोपेन्द्र प्रसाद यादवले यतिबेला व्यवसायी तथा सर्वसाधारण मर्कामा परेको बताए । उनले भारतीय पर्यटकलाई दुःख दिन नहुनेमा जोड दिए । उनले भने, ‘केही ट्राफिक प्रहरीले बोली–व्यवहारमा सुधार गर्नुपर्छ । यहाँ पार्किङको समस्या छ ।’ चोरी तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ ।

संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले खाना पकाउने ग्यास ढुवानी गर्दा केही समस्या रहेकाले उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघका सचिव बाल किसुन गुप्ता बनियाले नेपाली ट्रक यातायात व्यवसायी मर्कामा परेको गुनासो गरे ।

रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्य (वाई.पी.) ले नेपाल आउने पर्यटकलाई कम्तीमा पनि एकदिन बसाल्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका सल्लाहकार टीकाराम भट्टराईले रुपन्देही चुनौती र सम्भावना बोकेको जिल्ला भएको बताए । उनले व्यवसाय धरासायी भएको बताए ।

संगठनकी महासचिव लक्ष्मी अधिकारी कर करले नभइ रहरले तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले ट्राफिक प्रहरीले ऐन कानून बाहिर रहेर काम नगर्ने स्पष्ट पारिन् । उनले सल्लाह–सुझाव ग्रहण गरेर अघि बढ्ने बताइन् । उनले भनिन्, ‘सुरक्षित सडक व्यवस्थापनमा कार्यालय सचेत छ । हामीले एक्लै गरेर मात्र हुँदैन । सबै मिलेर अघि बढ्नुपर्छ । हाम्रो मनसाय कसैलाई पनि दुःख दिने हुँदैन । समस्याहरुको समाधान खोज्नुपर्छ ।’

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले बदमासी गर्नेहरु डराउनुपर्ने बताए । उनले कानूनविपरीत कार्य गर्नेहरुलाई छोड्यो भने राम्रो काम गर्नेहरुको संरक्षण कसरी हुन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘राजस्व चुहावट गर्नेलाई कारवाही गर्नैपर्छ । त्यसमा तपाईहरुको साथ र सहयोगको आवश्यकता छ । कारवाही नहुँदा गलत गर्नेहरुले गलत गर्दै जान्छन् ।’

प्रमुख कर अधिकृत पोखरेलले विकास जनताको आवश्यकता भएको र करदाताको पैसाले नै विकास हुने बताए । उनले लक्ष्य पूरा गर्ने नाममा कार्यालयले व्यवसायीलाई दुःख दिने र धरपकड नगर्ने स्पष्ट पारे । उनले भने, ‘अनुगमन बेलाबेलामा हुन्छ । राम्रो काम गर्नेहरु डराउनुपर्दैन ।’

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले आलोचनाले सुधारको सुरुवात हुने बताए । उनले भने, ‘सुझाव भन्दा बढी आलोचना हुनुपर्छ, त्यसले सुधारको बाटो आउँछ । चुनौतीको सामना गर्न आएका छौं, यहाँहरुको सहयोग चाहिन्छ । सही कामका लागि हातेमालो गर्न तयार छौं ।’

प्रमुख भन्सार अधिकृत रेग्मीले वैध व्यापारलाई सहजीकरण गर्ने भन्सारको पहिलो काम भएको बताए । उनले अवैध व्यापारलाई नियन्त्रण र निरुत्साहित गरेर वैध व्यापारको सहजीकरण हुने बताए । उनले सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्न व्यवसायीको सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले लक्ष्य अनुसार राज्यले राजस्व संकलन गर्न नसकेको बताए ।

कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख राम प्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही प्रमुख रन्जु के.सी.लाई स्वागत गरिएको उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?