Butwal Today

कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम

६ आश्विन २०८१, आइतबार
अ+
अ-

बुटवल, ६ असोज ।

नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग समसमायिक विषयमा ‘भेटघाट तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वर्तमान राजनैतिक अवस्था, पार्टीको संगठन विस्तार र विकाश, विभिन्न चुनौतीहरु र भोलिको दिनमा कांग्रेसको बाटो लगायतका विषयहरुमा छलफल भएको थियो ।

कार्यक्रममा खाँणले वर्तमान गठबन्धन सरकार निर्माणको औचित्य र चुनौतीहरु, शान्ति प्रक्रिया, अन्य राजनैतिक दलका गतिविधिहरु, कांग्रेसका नेता कार्यकर्ताहरुले पालना गर्नुपर्ने भूमिका र कर्तव्य, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विकासका गतिविधिहरु सम्बन्धमा आफ्ना भनाई राखेका थिए । रुपन्देही क्षेत्र नं. ३ ले यही कात्तिक ३० देखि मंसिर १ गतेसम्म आयोजना गर्न लागेको “प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको २ दिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम” आफैमा महत्वपूर्ण र रुपन्देही जिल्लाको लागि नै गौरवको विषय भएकाले सफल बनाउन सबैजना लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का, शुद्धोधनका सभापति दामोदर पौडेल, सियारीका सभापति गोपाल पाण्डे, महाधिवेशन प्रतिनिधि बसन्तलाल कर्ण, सन्तराम चौधरी, क्षेत्रीय सहसचिव कुल प्रसाद न्यौपाने, शुद्धोधन वडा नं. ६ का सभापति तथा वडा अध्यक्ष उपेन्द्र साहनी, सिनपा वडा नं. ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सियारी वडा नंं. ७ का सभापति महेन्द्रराज घिमिरे, सिनपा वडा नं. ९ का सभापति श्याम खनाल, सिनपा वडा नं. १० का सभापति विजयनाथ धवल, सियारी वडा नं. ३ का सभापति श्रीराम यादव, तिलोत्तमा वडा नं. १४ का सभापति चुरामणी भुसाल, सिनपा वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, सिनपा वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, तरुण नेता टिका जि.सी. ले आफ्ना भनाई राखेका थिए ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य देवि प्रसाद चौधरी, नेपाली कांग्रेस जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्याल, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, संविधानसभा सदस्य तथा महिला नेतृ जन्नतुन निशा धुनिया, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ ‘ख’ का सभापति घनश्याम चालिसे, क्षेत्रीय सचिव लेखनाथ भट्टराईलगायतले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?