ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम

६ आश्विन २०८१, आइतबार
६ आश्विन २०८१, आइतबार

बुटवल, ६ असोज ।

नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग समसमायिक विषयमा ‘भेटघाट तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वर्तमान राजनैतिक अवस्था, पार्टीको संगठन विस्तार र विकाश, विभिन्न चुनौतीहरु र भोलिको दिनमा कांग्रेसको बाटो लगायतका विषयहरुमा छलफल भएको थियो ।

कार्यक्रममा खाँणले वर्तमान गठबन्धन सरकार निर्माणको औचित्य र चुनौतीहरु, शान्ति प्रक्रिया, अन्य राजनैतिक दलका गतिविधिहरु, कांग्रेसका नेता कार्यकर्ताहरुले पालना गर्नुपर्ने भूमिका र कर्तव्य, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विकासका गतिविधिहरु सम्बन्धमा आफ्ना भनाई राखेका थिए । रुपन्देही क्षेत्र नं. ३ ले यही कात्तिक ३० देखि मंसिर १ गतेसम्म आयोजना गर्न लागेको “प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको २ दिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम” आफैमा महत्वपूर्ण र रुपन्देही जिल्लाको लागि नै गौरवको विषय भएकाले सफल बनाउन सबैजना लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का, शुद्धोधनका सभापति दामोदर पौडेल, सियारीका सभापति गोपाल पाण्डे, महाधिवेशन प्रतिनिधि बसन्तलाल कर्ण, सन्तराम चौधरी, क्षेत्रीय सहसचिव कुल प्रसाद न्यौपाने, शुद्धोधन वडा नं. ६ का सभापति तथा वडा अध्यक्ष उपेन्द्र साहनी, सिनपा वडा नं. ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सियारी वडा नंं. ७ का सभापति महेन्द्रराज घिमिरे, सिनपा वडा नं. ९ का सभापति श्याम खनाल, सिनपा वडा नं. १० का सभापति विजयनाथ धवल, सियारी वडा नं. ३ का सभापति श्रीराम यादव, तिलोत्तमा वडा नं. १४ का सभापति चुरामणी भुसाल, सिनपा वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, सिनपा वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, तरुण नेता टिका जि.सी. ले आफ्ना भनाई राखेका थिए ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य देवि प्रसाद चौधरी, नेपाली कांग्रेस जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्याल, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, संविधानसभा सदस्य तथा महिला नेतृ जन्नतुन निशा धुनिया, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ ‘ख’ का सभापति घनश्याम चालिसे, क्षेत्रीय सचिव लेखनाथ भट्टराईलगायतले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?