ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

स्वास्थ्य संस्थामा सिकाइ

६ आश्विन २०८१, आइतबार
६ आश्विन २०८१, आइतबार

नेपालको संविधान २०७२ को धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो भनेर सुनिश्चित गरेको छ । त्यसैका साथै, जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ अनुसार कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ । गाँस, बाँस र कपासले मानिसको स्वास्थ्यमा ठूलो भुमिका राख्छ । छाक टार्न समस्या भएको अवस्थामा जति नै निःशुल्क स्वास्थ्य जाँच भने पनि मानिसलाई हेक्का लाग्दैन । आर्थिक सर्वेक्षण २०२२/२३को अनुसार, १५.१ प्रतिशत गरिबीको रेखामुनि छन् भने अधिकांश दुर्गम क्षेत्रमा बसोबास गर्दछन् । सन् २०१८/१९ मा यो दर १७.४ प्रतिशत थियो । बहुआयामिक गरिबी सूचक गरिबी मापन अनुसार, ग्रामीण भेगका २८ प्रतिशत र सुगम ठाँउका १२.३ प्रतिशतले बहुआयामिक गरिबी भोगिरहेका छन् ।

एकातिर ग्रामीण क्षेत्रका जनतामा स्वास्थ्यका आधारभूत कुराहरू पुगिरहेको देखिदैन् । अर्कोतिर ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका सेवाहरू पनि प्रभावकारी रूपमा संचालन भएका पाइदैनन् । पूर्वाधारको विकास, उपकरको प्रयाप्तता र जनशक्तिका हिसावले कमजोर हुनु पनि स्वास्थ्य क्षेत्रमा देखिएको समस्या हुन् । त्यसका लागि स्वास्थ्य संस्थाको अवस्था र सेवा प्रवाहको समिक्षा र मूल्याकंन हुनु जरुरी छ । त्यसको अभ्यास गुल्मीको स्वास्थ्य कार्यालयले गर्ने गरेको छ । गुल्मीको अभ्यासलाई हेर्ने हो भने त्यहाँ पालिकागत रूपमा स्वास्थ्य कार्यालयलहरूले समिक्षा गर्ने गरेका छन् । सम्पादित स्वास्थ्य कार्यक्रमहरूको समिक्षामा रुरुक्षेत्र गाउँपालिका पहिलो बनेको छ । आर्थिक बर्ष २०८०/०८१ को समिक्षामा रुरुक्षेत्र गाउँपालिकाले ७१.८२ प्रतिशत अंक प्राप्तगरि जिल्लामै पहिलो बन्न सफल बनेको हो । स्वास्थ्य कार्यालय, गुल्मीका अनुसार कार्यक्रममा सत्यवति गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो बनेको हो । स्वास्थ्य कार्यालय गुल्मीले गरेको बार्षिक समिक्षा गोष्ठिमा १२ पालिकाहरू मध्य रुरुक्षेत्र, सत्यवती र छत्रकोट गाउँपालिका अब्बल देखिएका हुन । एक आर्थिक बर्षमा जिल्लाका १२ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूले गरेका कामहरूलाई स्वास्थ्य कार्यालय गुल्मीले २९ वटा सुचकका आधारमा मुल्यांकन गरेको थियो । कार्यालयले खोप, सुरक्षा, पोषण, टिवि, परिवार नियोजन, लगायतका सुचकहरूका आधार बनाएर मुल्यांकन गर्ने गरेको हो ।

जिल्लाका दुई नगरपालिका सहित १० गाउँपालिका अन्तरगतका स्वास्थ्य शाखा प्रमुखहरूले वर्षभरमा आफ्नो गाउँपालिकाबाट भए गरेका महत्वपूर्ण गतिविधिहरूको बारेको प्रगति प्रस्तुतिकरण गरे । जिल्लामा स्वास्थ्य क्षेत्रको वास्तविक अबस्थाको पहिचान गरि नमुना कामहरूको अनुसरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचानका लागि उक्त वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिने गरेको छ । यस्ता प्रकारका समिक्षाले आफुले गरेका कामहरूको बारेमा जानकारी दिने र आगामी वर्ष गरिने कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा जानकारी आदान प्रदान गर्न सहयोग पुग्ने गरेको अनुभव स्वास्थ्य संस्थाका कर्मचारीहरूको छ । यसबाट समस्या समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिनका कार्यक्रमलाई सुदृढ र प्रभावकारी रूपमा सम्पन्न गर्न मद्दत मिल्ने देखिएको छ ।
पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोग शहरबाट गाउँ तिर बढ्दो क्रममा रहेको भन्दै ग्रामीण क्षेत्रमा यसको बारेमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्य रहेको कार्यक्रममा औल्याइएको थियो । जिल्लास्थित सम्पुर्ण सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहने गरेको छ । समिक्षा कार्यक्रमले जिल्लामा स्वास्थ्यकर्मीहरूले आफुले एक आर्थिक वर्षसम्म सम्पादन गरेका मुख्य मुख्य काम र त्यसबाट प्राप्त उपलब्धिहरूको बारेमा खुलेर छलफल हुने गरेको छ । यस्तो अभ्यास अन्य जिल्लाहरूले पनि सिको गर्न सक्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?