ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक

६ आश्विन २०८१, आइतबार
६ आश्विन २०८१, आइतबार

दाङ, ६ असोज ।

घोराही उपमहानगरपालिका अन्तरगतको नगर स्तरीय खेलकुद विकास समितिले कार्तिक र मंसिर महिनामा हुने खेल तालिका र मिति सार्वजनिक गरेको छ ।

वार्षिक खेलकुदका कार्यक्रम अनुसार तेक्वान्दो, कराँते, क्रिकेट, उपमेयर कप छात्रा भलिबल, बास्केट बल, बक्सिङसहित ६ वटा प्रतियोगिता आयोजना गर्न मिति र स्थानसमेत तय गरेको हो ।

दशैँ तिहार लगत्तै हुने प्रतियोगिता अन्तरगत अन्तर वडा स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता कार्तिक २४ गते शनिबारदेखि घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा हुने भएको छ । प्रतियोगिताका लागि कार्तिक १२ गतेसम्म वडामा रहेका क्रिकेट टिम दर्ता गर्ने गरि खेल संयोजकमा देवबहादुर भण्डारी र सदस्यमा श्रवणकुमार खनाल सदस्यसहित ३ सदस्यीय समिति गठन गरिएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिए ।

यसैगरी, असोज महिनामा गर्ने भनिएको नगर स्तरीय तेक्वान्दो र कराँते प्रतियोगिता चाडपर्व परेका कारण मंसिरमा सारिएको छ । उनका अनुसार, मंसिर १ र २ गते तेक्वान्दो तथा मंसिर ४ र ५ गते घोराही १४ मा रहेको कभर्डहलमा गर्ने गरि कार्तिक २८ गतेसम्म टीम दर्ता गरिने भएको छ ।
तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न कराँते खेलका लागि समिति सदस्य सुनिता बिष्ट र तेक्वान्दो खेलका लागि अर्का सदस्य दामु शर्मालाई खेल संयोजकको जिम्मेवारी तोकिएको अध्यक्ष पुनले बताए ।

खेलकुद विकास समितिले मंसिर पहिलो साता अन्तर विद्यालय उपमेयर कप छात्रा भलिबल प्रतियोगिता गर्ने भएको छ । मंसिर ६,७ र ८ गते जिल्ला समन्वय समितिको परिसरमा प्रतियोगिता संचालन गर्न सदस्य प्रविण पुनको संयोजकत्वमा प्रविण चौधरी सदस्य रहने गरि समिति गठन गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुने विद्यालयका टिमलाई मंसिर ३ गतेसम्म दर्ता गरिसक्ने गरि मिति तोकिएको छ ।

खेलकुद विकास समितिले मंसिर १३, १४ र १५ गते अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न सदस्य विमल थापा संयोजक तथा दामु शर्मा सदस्य रहने गरि प्रतियोगिता संचालन समिति गठन गरिएको छ । घोराही १८ सालघारी कोर्टमा आयोजना हुने ३ दिने बास्केटबल प्रतियोगितामा भाग लिन मंसिर १० गतेसम्म टीम दर्ता गरिसक्न समय तोकिएको छ ।

यसैगरी, खेलकुद प्रतियोगिता अन्तरगत मंसिर २१ र २२ गते नगर स्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । दुई दिने प्रतियोगिता संचालन गर्न सदस्य कृष्णा सुनार खेल संयोजक र केशव थापा सदस्य रहने गरि जिम्मेवारी तोकिएको छ । उक्त प्रतियोगिता घोराही १४ स्थित कभर्डहलमा संचालन गर्न मंसिर १८ गतेसम्म टीम दर्ता गर्न समय निर्धारण गरिएको अध्यक्ष पुनले बताए । नगर स्तरीय खेलकुद विकास समितिले चालु आर्थिक वर्षको खेल तालिका अनुसार अन्तर विद्यालय स्तरीय ब्याडमिन्टल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?