Butwal Today

दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा

५ आश्विन २०८१, शनिबार
अ+
अ-

काठमाडाैं  ।

यस वर्ष (२०८१)को दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले शुक्रवार राति एक सूचना जारी गर्दै टीकाको साइतबारे जानकारी दिएको हो । टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको पाइएको छ ।