ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

नवलपरासी, ०५ असोज ।
जिल्लाको सुुनवल नगरपालिका–२ मुखियाटोलमा सहकारी शीतभण्डार निर्माण भएर सञ्चालन गरिए पनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा दैनिक खर्च उठाउन आईस (बरफ) बिक्री गरि चलाउन परको छ । शीतभण्डार सञ्चालनमा ल्याउँदा किसानहरूले राहत महसुुस गरेको तर शीतभण्डारमा राख्ने मालबस्तु नहुँदा पुरै क्षमता सञ्चालन र दैनिक खर्च चलाउन चुनौती नै रहेको सहकारी संघले जनाएको हो ।
सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा आएपछि स्थानीय किसानहरूले महसुुस गरे छन, सोही वडाका वडाध्यक्ष राजेन्द्र यादवले भने, तर पुरा क्षमतामा शीतभण्डार सञ्चालनमा आएको छैन् । शीतभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण नहुनु र किसानमा अहिले पनि शीत भण्डारणबारे ब्यापक प्रचार प्रसार नहुनु, किसानलाई शीतभण्डारको फाईदाबारे जानकारी नहुनाले पनि शीतभण्डारमा सामग्री पुरा राखिएको छैन । डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु. १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । शीतभण्डारसम्म पुग्नका लागि सुनवल महेशपुर सडकबाट पहुँच मार्गका लागि सिमाँकन भई सकेका छन्, उनले थपे, सडकको दुबै छेउमा नाली समेत निर्माण भई बाटोको स्तरोन्नती भएको छ, तर पिच हुन बाँकी नै रहेका कारण पहुँच मार्गमा केही समस्या छ । नगरपालिकाले छिटै ति पहुँच मार्ग निर्माणका लागि पहल गरिरहेको उनको भनाइ थियो ।

पाँच वटा चेम्बर मध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए । अहिले पुर्ण क्षमतामा भण्डारण भएको छैन्, उनले भने, भण्डारणका लागि आवश्यक बस्तु आएको छैन् । पुरा क्षमतामा भण्डारण नहुदा खर्च लागत खर्च र सञ्चालन खर्च उठाउन चुनौती नै रहेको छ । शीतभण्डार सञ्चालनमा आउनु यस क्षेत्रका लागि स्वर्मिम अवसर हो, तर पुरा क्षमता अनुसार भण्डारण नहुदा सञ्चालन खर्च उठाउन चुनौती पनि छ ।
शीतभण्डार परिसर भित्रै आईस (बरफ) बनाउने प्लान्ट पनि सञ्चालनमा ल्याएको छ, सो प्लान्ट बनाई सञ्चालन गर्नुको उद्देश्य पनि शीतभण्डारका लागि आवश्यक सहायक उपकरण जस्तै हो । शीतभण्डारमा राखिने बस्तु झिकेर लैजादा कुनै बस्तुमा आईस (बरफ) को समेत आवश्यकता पर्ने हुदा सो प्लान्ट शीतभण्डारसँगै सञ्चालनमा ल्याएको छ । बाटो ढुवानी गदौ बरफमा राखेर शुरक्षित तरिकाले सामग्री लैजानका लागि सो आईस बनाइने गरिएको छ । तर बाहिरका ब्यतिmहरू समेत सो बरफ लैजाने गरेको उनको भनाई थियो । दैनिक चार-पाँच दर्जन सिल्ली आईस बिक्रि हुने गरेको छ, उनले भने, त्यसले शीतभण्डारका लागि आवश्यक दैनिक खर्च चलाउनमा सहयोगी बनेको छ ।

उनका अनुसार जिल्ला सहकारी संघ लिमिटेडको सहकारी शीतभण्डार मुलुक मै धेरै क्षमताको शीत भण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने व्यवस्थापक पटेलले बताए । पछिल्लो समय जिल्लामा शीतभण्डार नहुुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानु पर्ने बाध्यता थियो । हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रूपन्देही र कपिलवस्तु सम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो । लुम्बिनी प्रदेशकै सबै भन्दा ठूलो क्षमताको शीतभण्डार भएको संघको दाबी रहेको छ ।

यो शीतभण्डारको आवश्यकता पुरा गर्नका लागि महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन तत्कालै सञ्चालनमा ल्याउनु पर्ने देखिएको छ । प्लान्ट क्वारेन्टाईन सञ्चालनमा आए भन्सार छुटाएर आएका तरकारी,कृषिजन्य समाग्रिहरू भण्डारका लागि शीतभण्डारमा राखिन्छ र आवश्यकता अनुसार झिकेर देश विदेश पठाउने कार्य हुन्छ । तर महेशपुर भन्सार लक्षित गरि निर्माण भएको सो शीतभण्डार निर्माण भई सञ्चालनमा आयो तर महेशपुर भन्सार मुल नाकाको रूपमा सञ्चालनमा आए पनि हालसम्म प्लान्ट क्वारेन्टाईन स्थापना हुन सकेको छैन् । पशु क्वारेन्टाईन सञ्चालनमा रहे पनि माछा,मासु जस्ता पशुजन्य समाग्रि भण्डारणका लागि शीतभण्डारमा छुट्टै च्याम्बर र ढोका ब्यवस्थापन गरिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?