ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

सल्यान, ०५ असोज ।
चाडपर्वमा उपभोक्तालाई सहज रूपमा उपभोग्य सामग्री आपूर्तिको व्यवस्था मिलाउनका लागि सल्यानमा बृहत छलफल र आवश्यक निर्णय गरिएको छ । शुक्रबार सदरमुकाम खलंगामा बसेको जिल्लास्तरीय बजार अनुगमन समितिको बैठकले आवश्यक मात्रामा उपभोग्य सामाग्रीहरूको सहज उपलब्धताका लागि प्रभावकारी व्यवस्थापन गर्ने निर्णय गरेको हो । साथै शुक्रबार नै खलंगा बजारका विभिन्न पसलमा अनुगमन समेत गरिएको थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको संयोजनमा भएको बैठकमा सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उपभोग्य सामाग्रीको सहज उपलब्धताका लागि निगरानी र अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि र गुणस्तरबारे सचेत हुन आवश्यक रहेकोमा जोड दिदै अनुगमन समितिले उपभोक्ता अधिकारको रक्षा गर्दै सामानको गुणस्तर र मूल्यमा एकरूपता कायम गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछानेले उपभोक्तालाई गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने जिम्मेवारी व्यवसायीको पनि हो र यसमा कुनै लापरवाही सह्य नहुने बताए । उनले चाडपर्वको समयमा उपभोक्ताको माग बढ्ने भएकाले, सामग्रीको अभाव नहोस् भनेर वितरण प्रणालीलाई चुस्त बनाउनु अति आवश्यक रहेकोमा जोड दिए ।

बैठकले जिल्लामा सुरक्षा निकाय, नियमनकारी निकाय तथा सल्यान उद्योग वाणिज्य संघ लगाएतका संघसंस्थाहरूले जिल्लामा भित्राइने खाद्य सामाग्रीहरूको पैठारी ओसार पोसार तथा भण्डार समेतको समग्र आपूर्ति प्रणालीमा अवरोध हुन नदिन आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । यस्तै चाडपर्वका लागि जिल्लामा भित्राइने खाद्यान्न, तरकारी, फलफूल, माछामासु लगाएतका उपभोग्य सामाग्रीहरूको सहज आपूर्ति सुनिश्चित गर्न, मूल्यवृद्धि तथा कालोबजारी रोक्न र उपभोक्ता ठगिने अवस्थाको अन्त्य गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, साल्ट ट्रेडिङ्ग, पशुसेवा कार्यालय, स्थानीय तहहरू लगाएतका नियमनकारी निकायहरूले आ–आफ्नो बजार अनुगमन प्रणालीलाई थप क्रियाशिल, व्यवस्थित र प्रभावकारी बनाउने पनि जिल्लास्तरीय बजार अनुगमन समितिको बैठकले निर्णय गरेको छ ।

उपभोक्ता हित विपरितका क्रियाकलाप भएमा त्यस्ता कार्य गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने भन्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले बजार अनुगमनलाइ नियमित र चुस्त बनाइने भन्दै उपभोक्ता अधिकार संरक्षणका लागि मिडियासंग सहकार्य गरिने जनाए । बैठकमा सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र भण्डारीले जिल्लामा उदेश्य एउटा तर व्यापार अर्कै गर्ने, मूल्यमा एकरूपता नभएको, बधशालामा सरसफाइको समस्या, घुमन्ते व्यापारीको समस्या रहेको भन्दै समाधानका लागि आवस्यक मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।

बैठकले चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा शुक्रबार नै शारदा नगरपालिकाको खलंगा बजार क्षेत्रमा सरोकारवाला निकायहरूको सहभागीतामा बजार अनुगमन कार्य गरिएको छ । टोलिले मिठाई, फलफुल, कस्मेटिक, डेरी, हिटेल, किराना लगायतका १२ वटा पसलमा अनुगमन गरेर आवश्यक सुझावहरू प्रदान गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सुचना अधिकारी ध्रुव बहादुर खत्रीले जानकारी दिए ।
प्रहरी नायव निरीक्षक केशर बहादुर न्यौपाने, करदाता सेवा कार्यालयका कर अधिकृत नविन कुमार वली, प्रदेश लेखा इकाई कार्यालयका लेखा नियन्त्रक जयप्रसाद पाण्डे, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्द महत, स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर आर्यन मानन्धर, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसी, मानवअधिकारकर्मी रामचन्द्र रेग्मी लगाएतको टोलिले बजार अनुगमन संगै विभिन्न सुझाव प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?