ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

किताब बेच्ने मान्छे !

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

बुटवलमा पहिलोपटक तपाइँ आउनुभयो भने कहाँ जानुहुन्छ ? धेरैले घुम्नका लागि फूलबारी,हीलपार्क, सिद्धबाबा, शान्तिपार्क, वनबाटिकातिर भन्छन् । तर केही यस्ता ब्यक्तिहरू पनि भेटिए । उनीहरू भन्दैथिए–सीधै बुटवलको मिलनचोक मणिपथमा रहेको हिमालय बुक हाउसमा पुग्छौं । के छ त आखिर हिमालय बुक हाउसमा ? त्यो त तपाइँ, जो कोही पुगेपछि थाहा पाइहाल्नु हुन्छ नि ?
त्यहाँ पुग्दा होचो कदका,आधाशताब्दी नपुगेका अनि खिस्स हाँसिरहने मान्छे भेटिन्छन् । उनी हुन् माधव गौतम । बुक हाउसका मालिक । गुल्मीको रुरुक्षेत्रको टक्सारबाट पहिले नै झरेका मान्छे । २०६४ सालमा उनले बुटवलमा हिमालय बुक हाउस सुरु गरेका थिए । जसको बोर्ड माथिपट्टि लेखिएको छ एउटा सुन्दर नारा–गृह पुस्तकालय,सन्तानलाई वरदान । यो नारा,बुझ्नेलाई काफी छ । बुक हाउस खोल्न त्यतिबेला गोजाका करवि २२ हजार रूपैयाँ उनको बीउपुँजी थियो । आज उनको बुक हाउसमा करिव सात हजार पुस्तक छन् । त्यहाँ पुगेपछि मुस्कानसहितको सेवा पाइन्छ । हार्दिकता मिल्छ ।

नेपाली, हिन्दी, संस्कृत, अंग्रेजी लगायत भाषाका पुस्तकहरू छन् । कथा, कविता, गीत, गजल, मुक्तक, उपन्यास, यात्रासंस्मरण, धर्म, संस्कृति, निबन्धका पुस्तकहरू प्रशस्त पाइन्छन् उनको बुक हाउसमा । तैपनि उनको बुक हाउसमा धर्म, संस्कृतिसम्बन्धी पुस्तक धेरै बिक्दा रहेछन् । जन्मदेखि मर्दासम्म नै चाहिने धार्मिक पुस्तक नै रहेछन् भन्दैथिए माधवले । हुन त उनको बुक हाउसमा उनका बाबा खेमराज गौतम र दाजुसँग चिनजानका पाठकहरू धार्मिक पुस्तक किन्न आउँदा रहेछन् । उनका बाबा भारतको मेघालयमा पुस्तक पसल चलाएर नै बसेका र धार्मिक स्वभावका थिए ।

माधव कम बोल्छन् तर तार्किक कुरा गर्छन् । उनले आफ्नो बुक हाउसमा आइपुगेका नयाँ तथा पुराना पुस्तकहरूको नौलो तरिकाले विज्ञापन गर्छन् । प्रचार गर्ने उनको नवीनतम शैलीले पाठकहरूलाई हिमालय बुक हाउससम्म ल्याइपुराउँछन् । बुटवलमा पुस्तक पसल सुरु गर्नुअघि उनले काठमाडौंमा समेत पुस्तक पसल चलाएको अनुभव बटुलेका छन् । यतिबेला उनको बुक हाउसमा दैनिक पचास बढी ग्राहकहरू पुस्तक किन्न आइपुग्छन् । नियमित ग्राहक छन्–शिक्षक, प्राध्यापक, राजनीतिकर्मी, समाजसेवी, चिकित्सक, लेखक, साहित्यकार, पत्रकार र सामाजिक अभियन्ताहरू… । प्रायः साँझपख उनको बुक हाउसमा साहित्यिक जमघट हुन्छ । बजारमा आएका नयाँ पुस्तकका बारेमा कुरा चल्छन् । पढिएका पुस्तकका चर्चा हुन्छन् । माधवले रातो चिया खुवाउँछन् निःशुल्क ।

माधवका नियमित ग्राहकमध्येका डाक्टर मनोज ढुंगाना पनि हुन् । उनले दिनमा सरदर तीनवटा पुस्तक किन्छन् । माधव भन्दैथिए–डाक्टर साहेवले आफूले धेरै पुस्तक पढ्छन् । आफ्ना मन परेका साथीहरूलाई उपहार समेत पुस्तक नै दिन्छन् । सायद उनी मनोचिकित्सक भएकै कारण मान्छेका मनोभाव बुझ्न पुस्तक पढेका होलान् ।

माधव यतिबेला ज्ञानज्योति पुस्तकालय,बुटवलका कार्यसमित सदस्य छन् । पाठक मञ्च, बुटवलका प्रोमोटर हुन् । उनी आफैले २०७६ सालतिर आफ्नै बुक हाउसमार्फत साहित्य महोत्सव एक सातासम्म सञ्चालन गरेका थिए । लेखक,साहित्यकारहरूलाई जमघट गराएका थिए । साहित्यिक कार्यक्रम सञ्चालन गरेका थिए । विशेष छुटमा पुस्तक बेचेका थिए । अक्षरका खेती गर्ने लेखक, साहित्यकारहरूलाई श्रद्धापूर्वक सम्मान गरेका थिए । साहित्यिक मेला हेर्न अनेक ठाउँमा पुग्छन् उनी ।

उनको बुक हाउसलाई पाठक तथा ग्राहकहरूले ज्ञानशाला, शैक्षिक चौपारी,मन्दिरले समेत पुकार्दा रहेछन् । यतिबेला माधवको नजरमा पुस्तक पढ्नेका संख्यामा वृद्धि भएको छ । पठनसंस्कृतिमा विकास भएको छ । पाठ्यपुस्तकमात्र पढ्नेहरूले बाहिरी पुस्तकहरू पनि पढ्नुपर्छ भनेर ज्ञानको दायरालाई बढाएको उनको अनुभव छ । नपढ्नुभन्दा केही पढ्नु, धेरै गुना राम्रो हुने बताउँदै थिए माधवले । माधवले विहान ८ः३० वजे आफ्नो ज्ञानको मन्दिर उघार्छन् । साँझ सातबजेपछि ज्ञानका भक्तहरूलाई बिदाई गरेर कुटीतिर लाग्छन् ।

लुम्बिनी प्रदेश घुम्न आउनेहरूमात्र होइन,पायक पर्ने व्यक्तिहरू समेत यही बुक हाउसमा आइपुग्दै गरेका बताउने माधवले बुटवलको सिंगो परिचय दिन सक्ने पुस्तकको अभाव महसुस् गरेका छन् । यसका लागि केही प्रयासहरू भएपनि मूर्तरूप लिन नसकेको सबैलाई थाहा भएकै विषय हो । आफ्नो सेवामा उधारो कम र तर कहिलेकाँही बार्गेनिङ्ग बढी हुने गरेको सुनाउँदै थिए उनले । माधवले हिमालय बुक हाउस चलाएर बस्दै गर्दा आफूसँग विशेष गरेर बौद्धिक ब्यक्तित्वहरूसँग भेटघाट र परिचय हुने भएकोले आत्मसन्तुष्टि मिलेको बताउँदैथिए । ज्ञानको सीमा फराकिलो हुँदै गएको,सम्बन्ध प्रगाढ र सहकार्यले निरन्तरता पाउँदै गरेको बताउँदै गर्दा माधवले अक्षरकै सेवामा जीवन बिताउने संकल्प गरेका छन् ।

माधवले धेरै पहिला बुटवलबाट प्रकाशित पाठशाला म्यागाजिनमा पुस्तक परिचय दिन्थे । उनी आफू धेरै पढ्छन् । लेख्छन् । पुस्तकबारेमा व्याख्या,विश्लेषण गर्छन् । दुई सन्तानका अभिभावक माधवले हिमालय बुक हाउसमार्फत पाठकलाईमात्र सेवा हैन,आफूलाई समेत स्वरोजगारी बनाएका छन् । किताब बेच्ने मान्छे माधवले ज्ञानको बिस्तारमा समेत सहजीकरण गरेका छन् । सहयोग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?