Butwal Today

मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

४ आश्विन २०८१, शुक्रबार
अ+
अ-

बुटवल, ०४ असोज ।
मानव अधिकारका क्षेत्रमा मानव अधिकार तथा शान्ती समाज रूपन्देहीको अग्रसरता देखिएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताएका छन् ।
मानव अधिकार तथा शान्ती समाज रूपन्देहीको २५ औँ अधिवेशनको उद्धाटन गर्दै पाण्डेयले हरेक अवस्थामा मानव अधिकार तथा शान्ती समाजले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले लामो संघर्षले संविधान प्राप्ती भएको उल्लेख गर्दै हरेक ब्यक्तिले नै उपलब्धी प्राप्ती गर्ने अवस्था नरहन पनि सक्ने उल्लेख गरे ।

उनले भने–‘शान्ती समाजको भूमिका खबरदारी वकलतमा उच्च रहेकोछ, यसको म प्रसंसा गर्न चाहान्छु । ’ कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बराल, बरिष्ठ उपसभापति कृष्ण बहादुर रावल, निवर्तमान केन्द्रीय अध्यक्ष एवं सल्लाहकार गोबिन्द खनाल, रूपन्देहीको सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, केन्द्रीय महासचिव रेनुका पौडेल, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शान्ती समाजका गतिबिधिहरूलाई समाजको दृष्टिबाट उल्लेख गरेका थिए ।

रूपन्देही अध्यक्ष खिम प्रसाद भट्टराई (कृष्ण) ले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दैै संस्थालाई बलियो बनाउनको लागि भूमिका खेल्ने सबैलाई धन्याबाद दिएका थिए । उपाध्यक्ष कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले कार्यक्रममा आ–आफ्नो भनाइ राखेका थिए । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।