ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

सिरहा ।

सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ।

जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम  लापरवाहीका कारण पठनपाठन प्रभावित बनेका हुन्।

प्रधानाध्यापक मण्डल र सोही बिद्यालयका शिक्षक सिबेन्द्र यादबबिच करिव दुई महिनादेखी प्रधानाध्यापकको लागि चलिरहेको विवादका कारण बिद्यालयको शैक्षिक अवस्था ध्वस्त हुँदै गईरहेको अभिभावकहरूको आरोप छ।

करार सेवामा कार्यरत मण्डलले विद्यालयका विद्यार्थीहरूलाई उपेक्षा गर्दै आफ्नो कुर्सीको लडाइँमा समय बर्वाद गरिरहेको अभिभावकहरुको गुनासो छ।

अस्थायी करार दरवन्दिको दुईजना, एकजना अनुदान, दुइजना बालविकास र एकजना कार्यालय सहयोगी सहित ६ जनाले विद्यालय चलाउनु परेको प्रधानाध्यापक सुनिता मंडलले बताइन्। उनले, ‘शिक्षक अपुग रहेकोले पठनपाठनमा समस्या भएको स्विकार गरेकी छिन्।

हामी विद्यालय पुग्दा बालविकासमा पढाउने दुई जना शिक्षिका रहेपनि विद्यार्थीहरु कक्षा कोठा कोही सुतीरहेको, कोही रोईकराई रहेको र केही खेलिरहेको पाइयो।

प्रधानाध्यापक मंडललाई बोलाएर बालविकासको हाजिरी रजिस्टर हेर्दा पाँच दिन देखि विद्यार्थीको हाजिर समेत भएको थिएन्। उक्त विषयमा प्रधानाध्यापक सुनिता मंडललाई सोध्दा गैर जिम्मेवार पुर्वक मलाई यो विषय जानकारी नरेहेको बताईन्।

विद्यालयको प्रमुखले कम्तीमा दैनिक कुन शिक्षक आए नआएको, कुन कक्षा कोठा खाली छ, त्यतातिर पनि नजरदिनुपर्ने हो निरु भन्ने प्रश्नमा उनले, ‘मैले सक्ने गरीरहेको छु। शिक्षकको अभाव  छ भन्दै पन्छिए।’

विद्यालय रजिस्टरमा हाल २८० जना विद्यार्थीको नामाङ्क भएपनि मण्डलको व्यक्तिगत स्वार्थले शैक्षिक अवस्था खस्किन थालेपछि विद्यालयमा ८० देखि एक सय विद्यार्थीमात्र उपस्थित हुने गरेको छ।

बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले नियमित पठनपाठन नपाउँदा उनीहरूको भविष्य अन्योलमा परेको अभिभावक रामजतन साहले बताए। उनले भने, ‘मेरो दुई जना छोरा–छोरी कक्षा ८ र ४ मा अध्ययनरत छन्। पढाई नै हुन छाडेपछि अर्को विद्यालयमा पठाउने सोच बनाएको छु।’

उनले थपे, ‘म आफै  विद्यालयमा पुगेरै पटक–पटक प्रधानाध्यापकलाई पढाईमा सुधार गर्न अनुरोध गरे। तर, प्रधानाध्यापकले वास्तानै गर्नुभएन। उनले प्रधानाध्यापक मण्डल विद्यालयको शैक्षिक स्तरलाई गिराउने काम गरेको आरोप लगाए।

प्रधानाध्यापक पदमा आशिन रहन मण्डलले शिक्षा शाखाका कर्मचारी र पालिकाविरुद्ध उच्च अदालत राजविराजमा मुद्दा दायर गरेकी छिन्। यो मुद्दाले विद्यालयको व्यवस्थापनलाई झन् अस्थिर बनाउँदै लगेको स्थानिय अभिभावकहरुको भनाई छ।

यता, गोलवजार नगर शिक्षा शाखा प्रमुख सुवोध लामालाई विद्यालईमा पढाई नै हुदैन भन्ने अभिभावकहरुको गुनासो छ। शाखाले यस विषयमा किन चासो लिएको छैनरु भन्ने प्रश्नमा उनले, ‘गुनासो शाखामा पनि आएको हो। म विद्यालय गएर निरीक्षण पनि गरे। त्याँहा शिक्षकको पनि अभाव छ। हामीले तत्कालै एकजना अङ्गग्रेजी शिक्षकलाई काजमा पठायौं तर प्रधानाध्यापकले हजिरी हुन दिन अनाकानी गरी रहेको छ।’

उनले भन्ने, ‘विद्यालयका प्र।अ।मंडलले नगरपालिका र म विरुद्ध समेत उच्च अदालतमा मुद्दा दायर गरेको छ।  अदालतले फैसला न सुनाए सम्म हामीे केही गर्न सक्दैनौ।’

पछिल्लो समय बिद्यालयहरुमा राजनीति गर्ने प्रवृत्ति फस्टाएको कारण तराईमा शैक्षिक अवस्था खस्किदै गइरहेको स्थनिय बुद्धिजीवीहरु बताउछन्। तराईमा शैक्षिक अबस्था कम्जोर हुनुको मुख्य कारण केही दलिय शिक्षक र रजनितिकर्मिहरु नै रहेको उनिहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?