ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

पशु सेवा केन्द्र संचालनमा ल्याउ

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

नवलपरासीको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन् । नगरपालिकाको नेतृत्व केन्द्र संचालनप्रति उदासिन देखिएको छ । साविक स्वाठी गाविसमा रहेको उक्त केन्द्र संचालनमा नआउनु नगरपालिकाको नेतृत्वको उपेक्षा हो । तत्कालिन नगरप्रमुख भिम बहादुर थापाको पहल र वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवको सक्रियतामा पशु सेवा केन्द्रको पूर्वाधार निर्माण भएको थियो । चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । तर अहिलेको नगरको नेतृत्व सेवा केन्द्र संचालनप्रति चासो राखेको देखिदैन । स्थानीयको आरोप पनि अहिलेकै नेतृत्वप्रति चासो नभएको भन्ने छ । नगरपालिका भए पनि साविक स्वाठी अधिकाँस कृषकहरूको बसोबास भएको वार्ड हो । ति वार्डका बासिन्दाहरूको जनजिवन पशुपालन र कृषिमा नै जोडिएका छन् ।

नगरपालिकामा पशु सेवा शाखा छ पशु सेवा शाखा सहित यहिँ केन्द्रमा राखेर पनि सञ्चालन गर्न सकिन्छ तर नगरपालिका यो काम गर्न चाहिरहेको छैन् । पुर्वाधार पूरा नभएको बाहना गर्न पनि नगरपालिकासँग छैन् । संघिय सरकारले पुर्वाधार समेत निर्माण गरिदिएको छ,तर नगरपालिका नेतृत्व यो पशु सेवा केन्द्र सञ्चालन गर्न चाहदैन । यसबारे वार्ड अध्यक्षलाई पटक पटक स्थानियले पहल गर्न आग्रह गर्दै आएका समेत छन् ।

वार्ड अध्यक्षले पनि केन्द्र सञ्चालनका लागि पटक पटक नगर कार्यपालिकामा कुरा उठाउदै आएको तर नेतृत्वबाट उपेक्षा भई रहेको स्वीकार गरेका छन् । नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपियाँ लागतमा सम्पन्न संरचना प्रयोग आउनमा ढिलाइ हुनुहुन्न । अहिले अगामी आर्थिक बर्षका लागि योजनाहरू बनिरहेको हुदा योजनामा समावेश गराउन सकिने भएपनि त्यो काममा कसैको पहल हुन सकेको छैन् । पशु सेवा केन्द्रमा सञ्चालनका लागि के कति आवश्यक जनशक्ति र सञ्चालन खर्च लाग्ने हो,त्यसबारे पशु सेवा शाखाले बनाएको छैन् ।

नगरपालिका भित्र अन्य पशुपंक्षि उपचारका लागि सेवा केन्द्र छैन् । पशु विरामी परे जिल्ला सदरमुकाम परासी स्थित पशु अस्पतालमा सेवा लिन जानुपर्ने बाध्यता पशुपालक किसानलाई छ । पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिए सदरमुकाम धाउनुपर्ने बाध्यता हटछ । अर्कोतर्फ किसानले गाउँमै सेवा पनि पाउन सक्छन् । स्थानीय सरकारको हैसियतले सुनवल नगरपालिकाले संचालनको लागि पहल गर्न जरुरी छ । स्थानीय किसानलाई सेवा दिने र बनिसकेको भौतिक संरचनाको सदुपयोग गर्नु स्थानीय सरकारको दायित्व पनि हो । यसतर्फ सुनवल नगरपालिकाको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?