ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

बुटवल, ४ असोज । बित्तिय क्षेत्रको राम्रो ज्ञान र दीर्घकालमा प्रतिफलको सोच सहित शेयर बजारमा लाग्नुपर्ने शेयरबजारका बिज्ञ बिक्रम चित्रकारले सुझाव दिएका छन । वित्तिय क्षेत्रमा दशक बिताएका र दर्जनौ संस्थामा आवद्ध चित्रकारले छोटो समयमा ठुलो प्रतिफलको आशा लिनेहरुका कारण शेयर बजारमा समस्या देखिएको बताएका हुन । रोटरी क्लब अफ बुटवल डाउनटाउनको ९९७ औं नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनले शेयर बजारको बारे राम्रो ज्ञान नलिई हात हाल्न नहुने उनले सुझाव दिए । नेपालको शेयर बजार सिमित ब्यक्ति वा लगानीकर्ताको हातमा रहेको भन्ने जिज्ञासामा उनले यो सत्य भएको बताए । जहिले पनि श्रोत बढि भएको ब्यक्तिले बजार नियन्त्रण गर्ने प्रचलन नेपालमात्र नभई विश्व बजारमै रहेको उनले उदाहरण पेश गरे । शेयर बजारमा शेयरको मुल्यमात्र नभई त्यसभित्रको अवस्था प्रमुख कारण हुने उनले दाबी गरे । ‘बित्तिय बजारको बारेमा अध्ययन जरुरी छ ।’—उनले भने ।

मुख्य पेशा कुन हो भन्ने कुरालाई पहिले निश्चित गरेर लगानी गर्नुपर्ने उनले सुझाव दिए । ‘शेयर बजारमा ३–६ महिना कुर्नुपर्ने हुन्छ ।’—उनले भने । पछिल्लो समय देखिएको दैनिक रुपमा कारोबार गरिदा बजारमा रिटर्नसंगै लस हुने सम्भावना बढि हुने उनको तर्कछ । नेप्सेले ईतिहास २० वर्षको अवधिमा केलाउदा यसले वार्षिक ११ प्रतिशत रिटर्न दिएको देखिएको उनले बताए । ‘वार्षिक ४० प्रतिशत घाटा खेप्न सकिँदैन भने शेयर बजार उपयुक्त हुदैन ।’—उनले भने । केवल माग र वितरण नभई एक्सपेक्टेड माग र बितरणको कारण बजारमा शेयर मुल्य घटबढ हुने गरेको उनले बताए । नेपालमा सरकारबाट बेलाबेलामा यो क्षेत्रका बारेमा गरिएको गलत टिप्पणीका कारण पनि समस्या हुने गरेको छ । शेयर बजारको तुलना गर्दा ईक्युटी, ईन्डेकस र फ्युचर जस्ता कुनलाई मुख्य मानिएको हुन्छ त्यसमा परिणाम आउने उनले बताए । रोट्याक्ट क्लब अफ पाटनमा रहेर सामाजिक क्षेत्रमा काम गरेको उनले आफनो स्मरण गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले समयसापेक्ष बजारमा आउने नयानया विषयको ज्ञान रोटरीयनहरुलाई दिनुपर्ने कुरालाई मध्येनजर गरि अतिथि निम्त्याउने गरेको बताए । पछिल्लोसमय शेयर बजारको उचारचढावको विषय चियाचौतारामा हुने गरेको हुदा पनि यस विषयको विज्ञबाट नै जानकारी हुने गरि कार्यक्रम गरिएको उनले बताए । क्लबबाट हुने दुई वटा स्वस्थ्य शिविर गर्ने तयारी र अन्तरक्रियाक कार्यक्रमको बारेमा उनले जानकारी दिए । एउटा महिला पाठेघर र स्तन क्यान्सरबारे परिक्षण चरङेमा गर्ने र टिच कार्यक्रम अन्तरगत बुटवल बहुमुखी क्याम्पसका विद्यार्थीहरुसंग वृहत मानसिक स्वस्थ्य अन्तरक्रिया गरिने उनले बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष रबिलाल पोखरेल, टिआरएफ चेयर शंकर ज्ञवालीले शेयर बजारबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा क्लबका सचिव कमल नेपालले फोर वे टेष्ट बोर्ड सार्वजनिक क्षेत्रमा राख्ने नया केन्द्रको योजना अनुसार सिक्स लेन सडकमा रहेको क्लबको बगैचामा दुई वटा बोर्ड राख्ने तयारीमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?