ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

वडा कार्यालयमै उपभोक्ता समितिको खाता

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

बुटवल, ०३ असोज ।
पाल्पाको रामपुर नगरपालिकाले पालिका भित्रका बैंकहरू संग छलफल गरेको छ । बैंकहरूले दिने सेवा र नगरपालिका संगको समन्वयका सम्बन्धमा बुधबार छलफल गरेको हो । सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरूको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालनका सम्बन्धमा छलफल भएको हो । छलफलले रामपुर नगरपालिकामा यो आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्नका लागि हरेक वडामा गएर बैंकिङ सुविधा दिने निर्णय गरेको छ । नगरपालिका भित्र रहेका ९ वटा बैंक तथा विकास बैंकहरूले नगरवासीको सुविधाका लागि सवै वडामा गएर योजना उपभोक्ता समितिलाई खाता खोल्ने सेवा दिने भएका छन् । यस संगै नगरपालिकाका सबै वडा कार्यालय मार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोल्ने भएको छ ।

साथै आगामी दिनमा रामपुर नगरपालिका संगको समन्वयमा घुम्ति सेवा मार्फत नगरबासीहरूलाई सामाजिक सुरक्षा भत्ता वडा तथा टोलबाटै वितरण गर्ने भएको छ । नगरपालिकाको कार्यालयमा भएको छलफल कार्यक्रममा बोल्दै कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले नगरपालिकाले जनताको सेवाका लागि नगरपालिकाले अनुरोध गरेको जिम्मेवारी पुरा गर्ने बताए ।
जनता बैंक रामपुर शाखाका प्रबन्धक कृष्ण प्रसाद भट्टराईले उपभोक्ता समितिको खाता खोल्न हरेक वडामा गएर खोले पनि कारोबार सकिए पछि खाता बन्द नगर्ने समस्या रहेकाले यसको सहजिकरण गरिदिन आग्रह गरे ।

यस्तै लक्ष्मी सनराईज वैंक रामपुर शाखाका प्रमुख अमृत खड्काले सुरक्षा र अन्य आवश्यक व्यवस्थापन गरे वडा र टोलबाट सेवा प्रवाह गर्न सक्ने बताए । छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.ज्ञ का अध्यक्ष कपिल बहादुर खाँणले बैंकले दिने हरेक वित्तीय सेवालाई सहज र सरल बनाउनु पर्नेमा जोड दिए । साथै बैंक र नगरपालिका दुवै जनताको सेवाका लागि भएकाले सेवा प्रवाह तथा कार्यक्रम सञ्चालन गर्दा समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताए । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरबासीको सुबिधा र आर्थिक समृद्धिका लागि सहज र सरल तरिकाले लगानी गर्न आग्रह गरे । उनले उद्यम र आम्दानीको आधारमा लगानी गर्न आग्रह गरे ।

छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैंकले दिने सेवालाई जनमुखी बनाई बैंक र नगरपालिका विच समन्वय गर्न आवश्यक रहेको बताउनु भएको छ । नगर प्रमुख थापाले रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका भित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रूपता ल्याउन नगरपालिका भित्रका सबै बैंकहरूलाई आग्रह गरे । नगरबासीको सुबिधाका लागि प्रत्येक वडा कार्यालयमा गएर खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता पनि वडा र टोलबाट वितरण गर्ने नगरपालिकाको योजना रहेकाले यसका लागि सहयोग गर्नु पर्ने बताए । साथै अन्य सेवा भन्दा वृद्ध वृद्धा र शारीरिक रूपले फरक क्षमताका व्यक्तिहरूलाई प्राथमिकता दिएर सेवा प्रवाह गरी बैंक मार्फत दिने सेवालाई प्रभावकारी र सहज बनाउन आवश्यक रहेको उल्लेख गरे ।

नगर प्रमुख थापाले नगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका व्यवसायलाई सहज रूपमा लगानी गर्नु पर्ने भन्दै नगरपालिकाले सञ्चालन गरेको व्याज अनुदान कार्यक्रमलाई पनि सहजिकरण गर्नुपर्नेमा जोड दिए । बैंकका शाखा प्रमुख र रामपुर नगरपालिकाबीच भएको छलफलले योजना उपभोक्ता समितिको खाता खोल्ने बैंकको बाँडफाँड गरेको छ ।
यस संगै रामपुर नगरपालिका वडा नं.१ र १० को कृषि विकास बैंक, वडा नं.द्द को लक्ष्मी सनराईज बैंक,३ को मुक्तिनाथ विकास बैंक, वडा नं.४ को नेपाल एस वि आइ बैंक, वडा नं.५ को गरिमा विकास बैंक, वडा नं.५ को कामना सेवा विकास बैंक,वडा नं. ७ को एनआईएमवि बैंक, वडा नं.८ को राष्ट्रिय वाणिज्य बैंक र वडा नं.९ को ग्लोबल आइएमई बैंक रामपुर शाखाले वडा कार्यालयमै गएर योजना उपभोक्ता समितिको खाता खोल्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?