Butwal Today

राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान

३ आश्विन २०८१, बिहीबार
अ+
अ-

बुटवल, ३ असोज । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा स्कलर्स होम बोर्डिङ स्कुलले विविध कार्यक्रम गरि मनाएको छ । ज्ञान, विज्ञान, ,सीप र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल मन्त्रसहित कक्षगत विद्यार्थीहरु बिचमा विभिन्न प्रतियोगिताहरु गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए ।

आजका बालबालिका भोलिका कर्णधार र सक्षम नागरिक हुन् भन्ने अभिप्रायका साथ विद्यालयले शिक्षा दिवसको अवसरमा रचनात्मक कार्यक्रम गरिएको उनले बताए । कक्षा नर्सरी देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीका प्रतिभा प्रस्फुटन र प्रतिभा उजागर हुने गरि वक्तृत्व कला, गायन, नृत्य, हस्तलेखन, निबन्ध, चित्रकला र वस्तुकला प्रतियोगिता गरिएको उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीरुलाई प्रोत्साहन हुने गरी पुरस्कार वितरण साथै कक्षा नर्सरीबाट कक्षा १० सम्म निरन्तर आफ्नो शैक्षिक गतिविधिलाई अगाडि बढाउने १२ जना विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको विद्यालयका लेखा अधिकृत राजु भण्डारीले बताए ।

विद्यालयमा विद्यार्थीहरूका विभिन्न प्रतिभाहरूलाई हौसला अभिवृद्धि गर्ने उद्देश्यका साथ सो अवसरमा २५० भन्दा बढी विद्यार्थीहरुलाई सम्मान गरिएको छ । यसैगरि कार्यक्रममा शिक्षकद्वारा नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयका इ.सि.ए इन्चार्ज मनोकान्त क्षेत्री, ब्लक ए संयोजक कमला पाण्डे र प्रदीप देवकोटा, ब्लक बि संयोजक शोभा रानी प्रधानले कार्यक्रममा समन्वय गरेका थिए ।