ट्रेंडिंग:

>> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश

वडा कार्यालयमै उपभोक्ता समितिको खाता

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

बुटवल, ०३ असोज ।
पाल्पाको रामपुर नगरपालिकाले पालिका भित्रका बैंकहरू संग छलफल गरेको छ । बैंकहरूले दिने सेवा र नगरपालिका संगको समन्वयका सम्बन्धमा बुधबार छलफल गरेको हो । सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरूको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालनका सम्बन्धमा छलफल भएको हो । छलफलले रामपुर नगरपालिकामा यो आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्नका लागि हरेक वडामा गएर बैंकिङ सुविधा दिने निर्णय गरेको छ । नगरपालिका भित्र रहेका ९ वटा बैंक तथा विकास बैंकहरूले नगरवासीको सुविधाका लागि सवै वडामा गएर योजना उपभोक्ता समितिलाई खाता खोल्ने सेवा दिने भएका छन् । यस संगै नगरपालिकाका सबै वडा कार्यालय मार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोल्ने भएको छ ।

साथै आगामी दिनमा रामपुर नगरपालिका संगको समन्वयमा घुम्ति सेवा मार्फत नगरबासीहरूलाई सामाजिक सुरक्षा भत्ता वडा तथा टोलबाटै वितरण गर्ने भएको छ । नगरपालिकाको कार्यालयमा भएको छलफल कार्यक्रममा बोल्दै कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले नगरपालिकाले जनताको सेवाका लागि नगरपालिकाले अनुरोध गरेको जिम्मेवारी पुरा गर्ने बताए ।
जनता बैंक रामपुर शाखाका प्रबन्धक कृष्ण प्रसाद भट्टराईले उपभोक्ता समितिको खाता खोल्न हरेक वडामा गएर खोले पनि कारोबार सकिए पछि खाता बन्द नगर्ने समस्या रहेकाले यसको सहजिकरण गरिदिन आग्रह गरे ।

यस्तै लक्ष्मी सनराईज वैंक रामपुर शाखाका प्रमुख अमृत खड्काले सुरक्षा र अन्य आवश्यक व्यवस्थापन गरे वडा र टोलबाट सेवा प्रवाह गर्न सक्ने बताए । छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.ज्ञ का अध्यक्ष कपिल बहादुर खाँणले बैंकले दिने हरेक वित्तीय सेवालाई सहज र सरल बनाउनु पर्नेमा जोड दिए । साथै बैंक र नगरपालिका दुवै जनताको सेवाका लागि भएकाले सेवा प्रवाह तथा कार्यक्रम सञ्चालन गर्दा समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताए । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरबासीको सुबिधा र आर्थिक समृद्धिका लागि सहज र सरल तरिकाले लगानी गर्न आग्रह गरे । उनले उद्यम र आम्दानीको आधारमा लगानी गर्न आग्रह गरे ।

छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैंकले दिने सेवालाई जनमुखी बनाई बैंक र नगरपालिका विच समन्वय गर्न आवश्यक रहेको बताउनु भएको छ । नगर प्रमुख थापाले रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका भित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रूपता ल्याउन नगरपालिका भित्रका सबै बैंकहरूलाई आग्रह गरे । नगरबासीको सुबिधाका लागि प्रत्येक वडा कार्यालयमा गएर खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता पनि वडा र टोलबाट वितरण गर्ने नगरपालिकाको योजना रहेकाले यसका लागि सहयोग गर्नु पर्ने बताए । साथै अन्य सेवा भन्दा वृद्ध वृद्धा र शारीरिक रूपले फरक क्षमताका व्यक्तिहरूलाई प्राथमिकता दिएर सेवा प्रवाह गरी बैंक मार्फत दिने सेवालाई प्रभावकारी र सहज बनाउन आवश्यक रहेको उल्लेख गरे ।

नगर प्रमुख थापाले नगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका व्यवसायलाई सहज रूपमा लगानी गर्नु पर्ने भन्दै नगरपालिकाले सञ्चालन गरेको व्याज अनुदान कार्यक्रमलाई पनि सहजिकरण गर्नुपर्नेमा जोड दिए । बैंकका शाखा प्रमुख र रामपुर नगरपालिकाबीच भएको छलफलले योजना उपभोक्ता समितिको खाता खोल्ने बैंकको बाँडफाँड गरेको छ ।
यस संगै रामपुर नगरपालिका वडा नं.१ र १० को कृषि विकास बैंक, वडा नं.द्द को लक्ष्मी सनराईज बैंक,३ को मुक्तिनाथ विकास बैंक, वडा नं.४ को नेपाल एस वि आइ बैंक, वडा नं.५ को गरिमा विकास बैंक, वडा नं.५ को कामना सेवा विकास बैंक,वडा नं. ७ को एनआईएमवि बैंक, वडा नं.८ को राष्ट्रिय वाणिज्य बैंक र वडा नं.९ को ग्लोबल आइएमई बैंक रामपुर शाखाले वडा कार्यालयमै गएर योजना उपभोक्ता समितिको खाता खोल्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?