ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मौलिक हक कार्यान्वयनका प्रश्न

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

नेपाली जनताले आफ्ना लागि आफैंले संविधान बनाउने अपेक्षा पूरा भइसकेको पनि अब एकदशक पुगेको छ । विभिन्न कालखण्डमा विकास भएको विधिको शासन पनि वर्तमान समय जस्तो उपर्युक्त र उन्नत नहुँदा संविधान बन्न सकिरहेको थिएन । नेपाल अधिराज्यको संविधान, २०४७ ले भने संविधानवाद र विधिको शासनलाई अंगीकार गरेको तर कार्यान्वयनमा त्यति सुखद् रहन सकेन । नेपालको अन्तरिम संविधान, २०६३ ले संविधानवाद र विधिको शासन स्थापित गर्न प्रारम्भ तयार गरी संक्रमणकालीन अवस्थामा केही हदसम्म सन्तोषजनक सूचकहरू देखा परेका थिए । नेपालको संविधान संविधानवाद र विधिको शासनका दृष्टिकोणले उच्चकोटिको संविधानका रूपमा ग्रहण गर्ने गरिन्छ । नेपालको संविधानको प्रस्तावनामा ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ सबैका भावना समेटिने मौलिक चरित्रको पनि छ ।

संविधानमा पर्याप्त मौलिक हकहरू, संवैधानिक उपचारको व्यवस्था, राज्य शक्तिको पृथकीकरण, नियन्त्रण र सन्तुलन, शक्ति विकेन्द्रीकरण साथै नागरिक केन्द्रित सेवा प्रवाह समेतलाई जोड दिएको पाइन्छ । सशक्त र नियमनकारी संवैधानिक अंगहरू, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका जस्ता व्यवस्थाले यसलाई संविधानवादका दृष्टिले बलियो बनाएको छ । विधिको शासनका दृष्टिकोणबाट नेपालको संविधान एक उत्कृष्ट दस्तावेज मानिन्छ । राज्य सञ्चालनको आधारभूत मार्गचित्र सहित जारी भएको यो संविधानले लोकतान्त्रिक विधिको शासनका समग्र मूल्यहरूलाई आत्मसात् गरेको छ । कुनै बेला राजनीतिक विषयवस्तुमा केन्द्रित संवैधानिक सवालहरू र विधिको शासन हाल आएर विकास, अर्थतन्त्र लगायत समसामयिक विषयवस्तुमा केन्द्रित हुने गरेको पाइन्छ ।

संविधानवाद र विधिको शासनलाई हरेक लोकतान्त्रिक मुलुकले आत्मसात् गरेको विश्वव्यापी दृष्टान्त छन् । जसको लाभहरू आम जनताले प्राप्त गरेको छ भने लोकतान्त्रिक मूल्यमान्यताको आदर्शलाई अंगीकार गर्दै लोककल्याणकारी राज्य उन्मुख शासन प्रणालीको गन्तव्य तय गरेको पाइन्छ । संविधानले वाक्य संयोजन गरी लेखेकै आधारमा मात्र संविधान असल र खराबभन्दा पनि यसको असल परिमाणात्मक कार्यान्वयनले उन्नत बनाउँदछ । तसर्थ नेपालको संविधान जारी भै लागू भइसकेपछि यसको कार्यान्वयन नतिजा वा परिणामको लेखाजोखा गर्न जरुरी देखिएको छ । यसको लागि शासकीय पात्रहरू, राजनीतिक अगुवाहरूले संवैधानिक मूल्य र संस्कृतिको अवलम्बन र पालना गर्नुपर्छ ।

संविधानको परिभाषा शासन सञ्चालनको मूल कानुनी राजनीतिक सहमतिको गतिशील दस्तावेजमा मात्र सीमित नरही शासकीय पात्रहरूले इमानदारीपूर्वक संवैधानिक मूल्य, परम्परा, संस्कृति र संवैधानिक पवित्रतासम्मत ढंगले शासन सञ्चालनको मूल कानुनी राजनीतिक सहमतिको गतिशील दस्तावेजमा हुनुपर्दछ । नेपालको संविधान, २०७२’ को धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । संविधानमा धेरै अधिकारसहित पहिलो पटक यति धेरै मौलिक हकको प्रत्याभूत गरिएको थियो ।

संविधानको धारा ४७ मा मौलिक हकको कार्यान्वयनको विषय छ । तर सरकारले संविधानको मौलिक हक कार्यान्वयनमा जिम्मेवारी लिएको देखिँदैन । दलहरूले पनि सरकार बाहिर रहदा नागरिकका अधिकारको चर्को कुरा गर्ने तर सत्तामा पुगेपछि वास्ता नगर्ने र फरक व्यवहार गर्ने गरिरहेका छन् । सम्पूर्ण राजनीतिक लगायत जे–जस्ता विवादको निकास अदालतबाटै खोज्ने प्रवृत्तिको अन्त्य गर्दै सबैले अनिवार्य संवैधानिक इमानदारी पालना गरी संविधानलाई जीवन्त र गतिशील बनाउँदै असल संवैधानिक परिपाटीको विकास र बिस्तार गर्दै जानुपर्दछ ।

यसो नहुँदा नागरिकको अधिकारमाथि कुठाराघात हुन्छ नै दलप्रति नागरिकको विश्वास कम हुँदैपनि जान्छ । यो दलले सोचिरहेका छैनन् । पछिल्लो समयमा नेपालका पुराना र ठूला दलप्रति नागरिकको आक्रोस बढ्नु र नयाँ दलप्रति विश्वास र आस्था बढाउनुलाई संविधानका रहेका मौलिक हकको कार्यान्वयनसँग जोडेर पनि दलले मूल्यांकन गरुन । संविधान दिवस २०८१ को शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?