ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

करोडौं विद्युत महशुल नतिर्ने बुटवल सिमेन्टको जग्गा रोक्का

२ आश्विन २०८१, बुधबार
२ आश्विन २०८१, बुधबार

नवलपरासी, ०२ असोज ।
डेडिकेटेड विद्युत महशुल सहितको करोडौं रुपियाँ महशुल नतिर्ने बुटवल सिमेन्ट प्रालिको उद्योग परिसरको जग्गा विद्युत प्राधिकरण परासी वितरण केन्द्रले रोक्का गराएको छ । उद्योग नै बन्द गरेर उद्योग परिसरका सामग्री अन्यत्र सार्न थालेपछि भएको सम्पति रोक्का गर्ने उद्देश्यले जग्गाको हक हस्तान्तरण नगरिदिन भनि मालपोतलाई पत्राचार गरेको हो ।

उद्योग सुनवल नगरपालिका–२ मा सञ्चालन हँुदै आएको थियो । उतm उद्योग विगत चार बर्ष देखि बन्द अवस्थामा रहेको छ । अहिले उद्योगका पूर्वाधार समेत अन्यत्र सार्दै आएको थियो । उद्योगको जायजेथा बिस्तारै हटाउँदै जग्गा पनि विक्री गरेर उद्योग सञ्चालक हिँडिदिए कस्लाई कहाँ खोज्ने ? भनि उद्योगका सञ्चालक महाविर गोयलको नाँउमा रहेको चार कित्ता जग्गाको करिब ८ विघा जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरिएको विद्युत वितरण केन्द्रले जानकारी गराएको छ । विद्युतले तिर्ने महशुल भन्दा कम मूल्य पर्ने नै उद्योगको जग्गा छ, तर त्यही भए पनि सो जग्गा यदि उद्योगले बिक्री गर्दा जग्गा रोक्का गर्ने निकायलाई मालपोत कार्यालयले सम्पर्क गराउँछ । जस्ले गर्दा उद्योगबाट असुल उपर गर्न सकिन विद्युत वितरण केन्द्रको भनाई थियो ।

जिल्लामा विभिन्न चार वटा उद्योगले तिर्नपर्ने करिब ५० करोड रकममध्ये बुटवल सिमेन्ट प्रालिले १८ करोड ५४ लाख ४९ हजार ४ सय ८१ रुपिया रहेको छ । उतm रकम तिर्नका लागि केन्द्रले उद्योगको नाँउमा भदौ २६ गते नै पत्राचार गरेको पत्र देखाउँदै केन्द्रका सुचना अधिकारी रामाशंकर शाहले जानकारी गराए । अन्य उद्योगलाई पनि नियमित रूपमा पत्राचार हँुदै आएको छ, बुटवल सिमेन्ट प्रालिको जग्गाका लागि आवश्यक कानुनी रूपमा पनि अदालती वा आवश्यक कारवाही गर्न गराउनका लागि प्राधिकरणको कानुन महाशाखालाई समेत पत्राचार गरिएको छ । यता जिल्लाबाट विद्युत सेवा लिँदै आएका सर्वसाधारणको विद्युत मिटर काटेर/जोडेर साढे ७ करोड बढी असुली गर्ने विद्युत प्राधिकरणले उद्योगले नतिरेका ५० करोड रकम कहिले असुल गर्ला भनेर प्रश्न उठ्न थालेको थियो । केही महिना विद्युत नबुझाउने ग्राहकको लाईन काटेर असुली गर्ने विद्युत प्राधिकरणले जिल्लामा विगतमा डेडिकेटेटलाई लिइने चार उद्योगबाट ५० करोड रकम उठाउन बाँकी हुँदा नागरिक समाजले सो प्रश्न उठाएको थियो ।

विद्युतको बहुविकल्प दिँदै आएको यो जिल्लाका केही उद्योगले ५० करोड भन्दा बढि विद्युत महशुल नतिरेको केन्द्रले जानकारी गराएको थियो । तर ति रकम अहिले पनि असुली नभएको बताउँदै नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले मुलुक चलाउनमा प्रत्येक नागरिकको लगानी हुन्छ तर विद्युत प्राधिकरण र सरकारबाट दोहरो नीति देखिन थालेको आरोप समेत लगाएका थिए । सर्वसाधारणको लाईन काटेर ७ करोड बढि रकम उठाइयो, उनले भने, उद्योगका ५० करोड कहिले ? विद्युत प्राधिकरण परासी वितरण शाखाका सूचना अधिकारी समेत रहेका इन्जिनियर शाहका अनुसार गत आर्थिक बर्षमा सर्वसाधारण ग्राहक मध्ये २ हजार ४ सय २८ जनाको विद्युत मिटर काटिएको थियो ।

जरिवाना सहित सो वापत ३ करोड ८१ लाख ४० हजार २४ रुपिया असुल गरिएको थियो । त्यसै गरि विगत बर्षका समेत २ हजार ६ सय ७४ जना ग्राहकको विद्युत लाईन पुनः जडान गरि थप ३ करोड ७७ लाख ८५ हजार २ सय ६६ रुपिया असुल गरिएको छ । यसरी कुल रकम ७ करोड ५९ लाख २५ हजार २ सय ९० रुपियाँ असुल भएको थियो ।

गत आर्थिक बर्ष २०८०/०८१ मै विद्युत महशुल नबुझाउने ५ सय १४ ग्राहकलाई कालोसुचिमा राखिएको थियो, जुन अहिले साउन महिना भित्रै २ सय ९५ जनाले विद्युत बुझाएका छन् र उनीहरूलाई कालोसुचीबाट हटाइएको थियो ।वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागि परेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेकोे हो । परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारण लाईन सञ्जाल विस्तार भई रहेको छ । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, । ग्राहकलाई विद्युत आपुर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।

एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपुर्तिमा समस्या आउने छैन्, । किन की यस क्षेत्रमा विद्युत आपुर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिदै छ । तिन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडि सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखी १२ मेगावाट विद्युत वितरण भई रहेका छन् । उद्योगमा पनि दैनिक ६० देखी ७० मेगावाट विद्युत सप्लाई भई रहेको छ । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखि ९० मेगावाट विद्युत वितरण गरि रहेको छ । बुटवल ३३ केभिए प्रसारण लाईन, न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पुर्वि क्षेत्रबाट पनि केही महिना मै जिल्ला जोडिने छ । नेपालकै विद्युत आपुर्तिमा स्वर्णिम जिल्लाको रूपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?