ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

चिस्यान केन्द्र संचालनमा चासो देउ

२ आश्विन २०८१, बुधबार
२ आश्विन २०८१, बुधबार

लुम्बिनी प्रदेश सरकारको लागत साझेदारीमा करोडौ खर्चेर निर्माण गरिएका प्यूठानका चिस्यान केन्द्र (कोल्डस्टोर) प्रयोग विहिन भएका छन् । चिस्यान केन्द्र सञ्चालन नहँुदा जिल्लामा उत्पादित कृषि उपज जिल्ला बाहिरका चिस्यान केन्द्रमा पु¥याउनु पर्ने बाध्यता छ । चिस्यान केन्द्र सञ्चालन गर्न स्थानीय तहले गर्न नसक्दा किसानको लागत बढेको छ । जिल्लामा प्यूठान नगरपालिका ४ को बिजुवार र माण्डबी गाउँपालिका ३ को देविस्थानमा २०७७ सालमा चिस्यान केन्द्र स्थापना भएको थिए । दुबै स्थानमा स्थापना भएका चिस्यान केन्द्र एक वर्ष पनि सञ्चालन नभइ अलपत्र अवस्थामा छन् । नगरपालिकाले लुम्बिनी प्रदेश सरकारसंगको लागत साझेदारीमा १ करोड ५० लाखको खर्चेर १ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बनाइएको थियो । प्रदेश सरकारकै लागत साझेदारीमा माण्डवी गाउँपालिकामा १ करोड १२ लाख ५८ हजार लागतमा यहाँ पनि १ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भएको थियो ।

एक सिजनमा कोल्ड स्टोरमा आलु राख्न पाउँदा यहाँका किसान निकै खुशी भएका थिए । तर खुशी धेरै समय टिक्न सकेन । राखिएको आलु उम्रिएर विउ समेत जोगाउन समस्या भएपछि केन्द्रमा कृषि भण्डारण गर्न छाडियो । प्रदेश सरकारले निर्माण गरी हस्तान्तरण गरिएको चिस्यान केन्द्रमा कमशल र काम नगर्ने पुरानो प्रविधिको प्रयोग गरिदिएका कारण सञ्चालनमा समस्या देखिएको आरोप छ । चिस्यान केन्द्रमा जडित प्रविधि पुरानो भएकोले मर्मतका लागि प्राविधिक नै नपाएको गुनासो नगरपालिकाले गरेको छ । यस्तै झिमरुक गाउँपालिकाले स्थापना गर्न थालेको चिस्यान केन्द्रको डिजाइनमा समस्या हुँदा सञ्चालनमा ढिलाइ भएको छ । २ करोड ३९ लाखमा निर्माण भएको चिस्यान केन्द्र थ्रि फेज विद्युतीय लाइन र जेनेरेटर स्टिमेटमा नहुँदा भवन निर्माण भएर पनि सञ्चालनमा ल्याउन नसकिएको झिमरुक गाउँपालिकाका भनाइ छ ।

जिल्लामा चिस्यान केन्द्र सञ्चालन नहुँदा आफूहरूले धेरै समस्या भोग्नुपरेको जिल्लाका किसानको गुनासो हट्न सकेको छैन् । कतिपय किसानाले दाङको लमहीसम्म पुगेर चिस्यान केन्द्रमा ७ सय किलो टिपिएस आलुको मुल विउ भण्डार गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको उन्नत जातका आलु जिल्ला बाहिर राखेर एकै पटक ल्याउनुपर्दा विउ आलुले राम्रो भाउ नपाएको किसानको गुनासो छ । जिल्लामा चिस्यान केन्द्र सञ्चालनमा नभएकाले धेरै उत्पादन गरेर व्यवसायिक कृषि गर्ने किसान मात्र नभएर थोरै उत्पादन गर्ने किसान समेत मारमा परेका छन् । स्थानीय तहहरूले चिस्यान केन्द्र सञ्चालनका लागि सरोकारवाला संघसस्थासँग समन्वय गरेर सञ्चालन गर्न किसानको माग छ ।

जिल्लाका उत्पादित फलफूल तरकारीको गुणस्तर नबिग्रने गरी लामो समयसम्म राख्नका लागि चिस्यान केन्द्र निर्माण र मर्मत हुनुपर्ने माग किसानको छ । पटक-पटक किसानले डेलिगेशन मार्फत चिस्यान केन्द्र सञ्चालनको माग राख्दै आएका छन् । प्रदेश सरकारले यस्ता संचालनमा नआएका चिस्यान केन्द्रको निरीक्षणमूलक अध्ययनगरी स्थानीय तहसँगको समन्वयमा शीघ्र संचालनतर्फ चासो बढाउनुपर्छ । करोडका संरचना बनाएरमात्रै सरकारको दायित्व पूरा हुँदैन । त्यसको निरन्तर संचालन र व्यवस्थापनमा पनि ध्यान दिन उत्तिकै जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?