ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

क्यानडासँग नेपाल फराकिलो अन्तरले पराजित

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग  १ सय ३ रनले पराजित भएको छ।

ओडीआईमा इतिहासमा नेपाली टोली पहिलो पटक क्यानडासँग पराजित भएको हो। यसअघिका तीन भेटमा नेपालले जित निकालेको थियो।

यस्तै नेपाल र क्यानडा सहभागी ओडिआइमा पहिलो पटक ४ सय ३ रन मात्र बनेको यो पहिलो पटक हो। यो अहिलेसम्म कै सबैभन्दा कम रन बनेको खेल समेत बन्न पुग्यो।

क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ५० रन बनाउँदा अलआउट भयो।

अलराउण्डर करण केसीले बनाएको २७ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

सन्दीप लामिछानेले २२ तथा आशिफ शेखले २० रन थपे। भिम सार्की १८ र गुल्सन झा १५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशल मल्लले १२ रन बनाए। नेपालका चार ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५३  रनको योगफल तयार पारेको थियो।

क्यानडाका लागि कप्तान निकोलस पुरन ७३ रनमा अविजित रहे। उनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। अखिल कुमार शुन्य रनमा नटआउट रहे।

ओपनर नवनित डालिवालले बनाएको ४८ रन नै सर्वाधिक रह्यो। ओपनर नवनित डालिवालले ९० बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाउँदा गुल्सन झा को बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।

पारगत सिंह ३५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। उनले ७४ बलमा ४ चौका प्रहार गरे।

अर्का ओपनर आरोन जोनसन १० रन बनाउँदा ललित राजवंशीको बलमा आउट भए।

हर्ष ठाकेर २७ रनमा रनआउट भए। श्रेयास मोभ्भा ४ रन बनाउँदा कप्तान रोहित पौडेलको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। २७ बलमा २ चौका र २ छक्का हानेका डिलोन हेलिगंर २३ रन बनाउँदा ललित राजवंशीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुँदै पेभेलियन फर्के।

साद विन जफर १७ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीले क्याच लिर्दै आउट गरे। कलिम सना १० रन थप्दै पेभेलियन फर्के।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले  समान एक विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?