ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

पर्थ (अस्ट्रेलिया) । 

अष्ट्रेलियाकै सबैभन्दा ठूलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासिय नेपाली संघ अष्ट्रेलयाले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ ।

पर्थ शहरको मुटु  सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब १२ हजार बढी नेपाली सहभागी भएका थिए । नेपाली कला संस्कृति झल्कने झाँकीसहित नेपाली पोशाकमा सजिएका हजारौ नेपाली तथा स्थानीयवासीले करिब ५ किलोमिटर शहरी पदयात्रा गरेका थिए ।

एकाबिहानै निकालिएको पदयात्रालाई ब्यवस्थित पार्न सयौंको संख्यामा स्वयमसेवक  स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । महोत्सवमा नेपाल हाउस अन्तर्गत राखिएको धरहरा, सगरमाथा, ढुंगेधारा, ढिकी, जाँतो, बौद्ध स्तुपा आकर्षणको केन्द्र बनेका थिए । यस्तै महोत्सवस्थलमा  नेपाली खानाका बिभिन्न स्टलहरु समेत राखिएको थियो।

महोत्सवमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता, शिक्षा तथा बहुसांस्कृतिकमन्त्री टोनी बुटीले नेपाल कला संस्कृतिमा धनी भएको भन्दै अस्ट्रेलियालाई सफल बहुसांस्कृतिक देश बन्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले बढ्दो नेपाली समुदायलाई शुभकामना दिदै सांस्कृतिक विविधताबारे खुलेर प्रशंसा गर्दै सरकारको तर्फबाट सहयोग गर्ने बचनसमेत दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष बद्री केसीले यस फेस्टिभलले अष्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक एकता र परिचयलाई बलियो बनाउँदै, नेपाली समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण भूमिका निभाएको बताए ।

उनले नेपाली संस्कृति र परम्परालाई प्रोत्साहित गर्दै अष्ट्रेलियामा नेपाली पहिचानलाई यस्ता महोत्सवले मजबुत बनाउन मद्दत पुर्‍याएको दोहोर्याए ।

यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकत्रित गर्ने मात्र होइन, प्रवासमा नेपाली संस्कृति र परंपरालाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका निभाएको दाबी गरे। अष्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेष्टिभल सबै राज्यमा विस्तार भएको थाहा पाउँदा खुशी लागेको केसीले बताए ।

अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारीसमेत दिए । ‘नागरिकताको विषयमा केही समस्या देखिएको छ, आगामी गैरआवासीय नेपाली नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुन्छ’, उनले भने ।

कार्यक्रम संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेले कार्यक्रम सफल भएको दाबी गर्दै सबैको समान सहभागिता र मेहनतको प्रसंशा गरे । उनले फेस्टिभलले पश्चिम अष्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक र ऐतिहासिक धरोहर सम्झन र मान्न एक अद्भुत अवसर प्रदान गरेको बताए।

कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाका नेपाली राजदूतावासका प्रतिनिधि, वेस्टर्न अष्ट्रेलिया राज्य सरकारका अधिकारी, सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवर, आईसिसी सदस्यलगायत सहभागी थिए। यस्तै मेलबर्नबाट प्रवक्ता बबिन मिश्र लगायत सहभागी भएका थिए ।

यस्तै क्वीन्सल्याण्डबाट महासचिव सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल लगायत नेपाली समुदायका विभिन्न अगुवाहरूको उपस्थिति थियो । नेपाल फेस्टिभलमा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्यान्डले दर्शकलाई रमाइलो मनोरञ्जन प्रदान गरेको थियो । नेपाल फेष्टिभल पर्थमा पहिलो पटक १० मिनेट लामो आतिशबाजीसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?