ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे
महेशपुर —त्रिवेणी सडकका जनताको गुनासो

चुनावमा जनताले नेता फेरे, नेताले सडकको अवस्था फेरेनन्

३० भाद्र २०८१, आइतबार
३० भाद्र २०८१, आइतबार

नवलपरासी, ३० भदौ ।

अघिल्लो संसदीय निर्वाचनमा चुनावी मुद्दा बनेको महेशपुर—त्रिवेणी सडकका कारण सो क्षेत्रमा नेता फेरिए, तर चुनाव जितेको दुई बर्ष वित्दा पनि सडकको अवस्था उस्तै छ । सो सडकलाई जोड्ने दुई संघीय साँसद र तीन प्रादेशिक साँसदलाई प्रश्न उठाउँदै मन्त्री बने, सडक बनेन भन्ने मुद्दा बनाइएको थियो । सो मुद्दा उठ्दा जनताले नेता फेरिदिए पनि चुनाव सकिएको दुई बर्ष पुग्न लाग्दा सडकको अवस्था उस्तै हँुदा स्थानीयमा नैराश्यता बढ्न थालेको हो ।
जनताले नेता फेरे तर नेताले सडकको अवस्था फेर्न सकेनन्, स्थानीय निवास यादवले भने, “नेताहरुको चरित्र हेर्दा जुन नेता आएका नै चिरेनको उख्खान चरितार्थ हुँदैछ । सडकबारे यी नेताहरु अनभिज्ञ छैनन् ।” उनले थपे, “तर सडकलाई प्राथमिकतामा राखेर काम गर्नु भन्दा कुन स्थानमा योजना हाल्दा आफ्नो निहित स्वार्थ पुरा हुन्छ,त्यसैलाई विगतका नेताले पनि प्राथमिकतामा राखेर काम गरे,अहिलेका नेताहरुको रवैया पनि उस्तै छ ।”

तत्कालीन जिल्ला विकास समिति हँुदा यसलाई जिल्ला स्तरीय प्रमुख सडकको रुपमा ओटासिल पिच गरेको थियो । मुलुकमा राजनीतिक परिवर्तनसँगै राज्य पुनर्संरचना हँुदा जिविसबाट जिल्ला समन्वय समिति(जिसस)मा परिणत भयो, सो सडक कसले बनाइदिने भन्ने कुरा अन्यौल नै रह्यो । जिविस जस्तो जिससलाई आर्थिक र योजनाका काम गर्ने अधिकार छैन । जिविसस्तरका सडकको जिम्मेवारी प्रदेश सरकारले लिएर काम गर्नु पर्ने हो, तर प्रदेश सरकारले यसलाई प्राथमिकतमा राखेको छैन । उत्तर दक्षिणका सडकहरुमा प्रदेश साँसदहरुले आफ्नो जिम्मेवारी लिई काम गर्ने गराउने तर अहिले यो सडक पुर्वपश्चिमको छ ।

सो सडकले लुम्बिनी प्रदेशकै साँसद बैजनाथ कलवार र देवकरण जैसवालको क्षेत्र भित्र पर्छ । संघीय साँसद विनोद चौधरी र ध्रुव बहादुर प्रधानको संघीय निर्वाचन क्षेत्रले पनि जोड्छ । अघिल्लो चुनावमा सो सडक नबनेको भन्दै तत्कालीन साँसद हृृदयेश त्रिपाठी र लुम्बिनी प्रदेश साँसद अजय बहादुर शाही दुबै मन्त्री भएका थिए, त्यो बेला जितेका नेता मन्त्री बने तर महेशपुर त्रिवेणी सडक बनेन भन्ने चुनावी चर्चा बन्यो । जनमानसमा नेतालाई परिवर्तन गरे सडकको अवस्था परिवर्तन होला भनी विश्वास लिएर सो सडक पर्ने देवेन्द्रराज कण्डेललाई हराएर ध्रुव बहाुदर प्रधान जिते, ह्ृदेश त्रिपाठीलाई हराएर विनोद चौधरी संघीय साँसदमा जिते, त्यसैगरी अजय बहादुर शाही चुनाव हारेर देवकरण जैसवाल प्रदेश साँसदमा जितेका छन् । तर सडकको अवस्था जस्ताको तस्तै हँुदा जनताले अब के गर्ने ? भनी राजनीति प्रतिको नैराश्यता प्रकट गर्न थालेको स्थानीयले बताएका छन् । जिल्लाकोे महेशपुर देखि सुरजपुरा सम्म जोडने सडक नबन्दा स्थानीयहरुलाई आवतजावत गर्न सास्ती ब्यहोर्न परेको छ ।

उक्त सडक महेशपुरदेखि सुर्यपुरा सम्म जोड्ने लगभग १० किलोमिटर लम्बाई रहेको छ । जुन अहिले बेहाल अवस्थामा रहेको छ । यो सडकबाट दिनहु हजारौ सवारीसाधनहरु आवतजावत गर्ने गरेका छन् । खाल्डाखुल्डीका कारण सवारी साधनहरु चाँडै बिग्रने गरेका छन् । सडक ठाउँठाउँमा भत्किदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने सडक नबन्दा कष्टकर यात्रा गर्नुपर्ने यसक्षेत्रका जनताको बाध्यता रहेको छ । नवलपरासी र भारतको विभिन्न ठाउँबाट योे सडकबाट जिल्लाको सदरमुकाम, भैरहवा बुटवल सम्म पुग्ने मुख्य बाटोको रुपमा रहेको छ । हिउँदमा धुलाम्मे र बर्षातमा हिलाम्मे भएको सडकका कारण बालबालिका तथा बृद्धबृद्धामा विभिन्न किसिमको रोगको सङ्क्रमण हुने खतरा बढेको छ । दम, आँखा चिलाउने लगायतका सङ्क्रमणका साथै वातावरणीय प्रदुषण समेत बढेको भुजहवाका सज्जाद अलिले बताए ।

सडक नबन्दा भुजहवा बजार क्षेत्रकै सडक बर्षायाममा हिलाम्मे हुदा स्थानीयलाई हिंडडुलमा समेत समस्या भएको छ । जनप्रतिनिधिलाई यो बिषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्रै पाएको स्थानीय राजमगल सहानीले बताए । “महेशपुरदेखि सुरजपुरासम्म पूर्णरुपमा यो सडक ठाउँ ठाउँमा खाल्डो रहेको छ जसले गर्दा स्थानीय क्षेत्रमा भएको आपतबिपतमा सदरमुकामबाट एम्बुलेन्स, दमकल आउन घण्टौ कुर्नु पर्ने हुन्छ जसले गर्दा बिरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता समेत रहेको छ”, उनले भने । आगलागी, बाढी जस्ता दैवी प्रकोपबाट धेरै क्षति हुने गरेको मोजरहियाका अकलेस मिश्राले बताए । यो सडक बाढी क्षेत्रमा पर्छ । जसले गर्दा बाढी आएको बेलामा परासी सदरमुकाम पुग्न सकिँदैन ।

यो सडक पाल्हिनन्दन गाउपालिका, सरावल गाउपालिका र प्रतापपुर गाउपालिकामा पर्छ । जिल्लाको २ वटै प्रतिनिधि सभासँग सम्बन्धित रहेको छ भने ३ वटा प्रदेश सभा क्षेत्रको भुभागसँग सम्बन्धित रहेको छ । यो सडक प्रदेश सरकार अन्तर्गत रहेको छ । यस क्षेत्रबाट निर्वाचित हुने संघीय सांसदमा विनोद चौधरी, धुवबहादुर प्रधान र प्रदेशतर्फ देवकरण कलवार, बिश्वप्रेम पाठक र बैजनाथ जैसवाल रहेका छन् ।

चुनाव जित्ने वित्तिकै सो सडकलाई नेपाल भारत मैत्री पर्यटन मार्गको रुपमा बनाउने प्रदेश साँसद कलवारले बाचा गरेका थिए । तर अहिले मर्मत समेत हुन सकेको छैन । सो सडकबारे लुम्बिनी प्रदेश साँसद देवकरणले यसलाई बहुवर्षीय सडकमा राख्न लगाइएको दाबी गर्दै चालु आर्थिक बर्षमा १८ लाख रुपिया विनियोजन भएको प्रतिकृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?