Butwal Today

अधिवक्ता कृष्णप्रसाद भण्डारीले बुद्धि पसल खोल्ने

३० भाद्र २०८१, आइतबार
अ+
अ-

भैरहवा ।

बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भन्डारीले बुद्धि पसल खोल्ने तयारी गरेका छन् । ९८ बर्षीय अधिबक्ता भन्डारीले नेपालमा धेरै बुद्धिमानहरु भएता पनि राज्यले सदुपयोग गर्न नसकेको बताए । नेपाल चिन मैत्री समाज लुम्बिनीद्वारा भैरहवामा आयोजित भेटघाट कार्यक्रममा भन्डारीले नेपालका विभिन्न क्षेत्रका विद्वानहरुलाई एकीकृत गरी उनीइहरुको बुद्धिलाई देश निर्माणमा लगाउने गरी अभियान चलाउने पनि बताए ।

नेपाल बारका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका भन्डारीले अध्ययन तथा रोजगारीको शिलशिलामा विभिन्न देशमा बसेर नेपाल फर्किनेहरुको बुद्धिलाई पनि प्रयोग गर्न बुद्धि पसल जरुरी रहेको बताए ।

पन्चायतकालमा सामन्तहरुले किसानहरुलाई बनाएका तमसुक च्यात्ने अभियान पुर्वदेखि पश्चिम समम चलाएर चर्चित भएका भन्डारी नेपाली कम्युनिस्ट आन्दोलनमा समेत होमिएका थिए ।

उनले सुर्य बहादुर थकालीले तयार गरेको विश्वकै सबैभन्दा लामो थान्कालाई लुम्बिनीमा प्रदर्शन गर्नेगरी संयोजन गर्न नेपाल चीन मैत्री समाजका अध्यक्ष नारयण सापकोटालाई जिम्मेवारी समेत दिएका छन् ।

सो अवसरमा बरिष्ठ साहित्यकार विजय सागर, बरिष्ठ अधिवक्ता कमलराज जोशी, रुपन्देही बारका अध्यक्ष लय भट्टराई, नेपाल च्याम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिम बहादुर खत्री लगायतले बरिष्ठ अधिवक्ता भन्डारीलाई भैरहवामा सम्मान गरेका थिए ।