ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

विज्ञापनमा एकरूपता कायम गर्ने निर्णय

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

बुटवल, २८ भदौ ।
नेपाल सरकार विज्ञापन बोर्डको आयोजनामा देशभरका राष्ट्रिय दैनिकका प्रकाशकहरूको राष्ट्रिय भेला बाट विज्ञापनलाई एकरूपता दिने निर्णय गरिएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं प्रेस काउन्सिल नेपालको वर्गीकरणमा परेका र विज्ञापन बोर्डमा सूचीकृत भएका राष्ट्रिय दैनिक पत्रिकामा छाप्नुपर्ने संघीय, प्रदेश र स्थानीय तहका सरकारी बोल टेण्डर लगायतका सूचना तथा विज्ञापन र कर्पोरेट विज्ञापनको प्रकाशन दररेटलाई एकरूपता कायम गर्नेगरी संयुक्त प्रतिवद्धता जारी गरेको बताए ।

प्रतिवद्धतामा राष्ट्रिय दैनिकमा विज्ञापन तथा सूचना प्रकाशन गर्दा आफ्नो सञ्चारमाध्यममा विज्ञापन प्रकाशन गर्नका लागि अधिकतम् तथा न्यूनतम् विज्ञापन दररेट विज्ञापन बोर्डमा सूचीकृत गरिएको हुनुपर्ने छ । विज्ञापन प्रकाशन गर्दा विज्ञापन बोर्डले तोकेको न्यूनतम दरभन्दा कममा बिलिङ गर्न पाईने छैन ।
संयुक्त प्रतिबद्धता पत्र अनुसार राष्ट्रिय दैनिकमा विज्ञापन तथा सूचना प्रकाशन गर्दा अधिकतम दररेट केकति भन्ने आफैले तय गरी विज्ञापन बोर्डमा सूचीकृत गर्नुपर्ने र न्यूनतम दर प्रति सिसी रु ५ सय कायम गर्ने र उक्त रकममा १५ प्रतिशत मात्रै एजेन्सी छुट दिइने तथा त्यस बाहेक अन्य कुनै प्रकारको छुट उपलब्ध नगराउने निर्णय भएको छ ।

त्यस्तैगरी नेपाल सरकार विज्ञापन बोर्डले माग गरेको न्यूतम दररेट पेश गर्दा सोही अनुरूप पेश गर्ने र कायम भएको दररेट बमोजिम कारोबार भए नभएको अनुगमन विज्ञापन बोर्डलाई गर्न अनुरोध गर्ने निर्णय समेत भएको छ । त्यस्तैगरी बोर्डलाई अनुगमनको काममा सबै राष्ट्रिय दैनिकहरूले सहयोग गर्ने र राष्ट्रिय दैनिकको अनुमति बेगर टेण्डर विड गरेको विज्ञापन एजेन्सीले कम दरमा टेण्डर पारेको पाईएकोले त्यस्ता विज्ञापन कसैले पनि प्रकाशन नगर्ने समेत प्रतिबद्धता पत्रमा निर्णय गरिएको छ ।

त्यस्तैगरीअब आइन्दा टेण्डर विड गर्दा राष्ट्रिय दैनिकको अनुमति पत्र लिएर मात्र विड गर्न सबै विज्ञापन एजेन्सीलाई अनुरोध गर्ने निर्णय गरिएको छ । त्यस्तैगरी गरी सहमति पत्र बेगर टेण्डर गरेको पाईएमा विज्ञापन बोर्डमा कारबाहीको अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

उक्त भेलामा मिडिया एलाइन्सका प्रमुख भाष्करराज राजकर्णिकार, कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका अध्यक्ष रामेश्वर थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सञ्चालक ÷प्रबन्ध सम्पादक नवराज कुँवर, नागरिक दैनिकका अध्यक्ष विनोद ज्ञवाली, जनकपुर टुडेका प्रमुख सञ्चालक वृजकुमार यादव, दैनिकपत्र राष्ट्रिय दैनिक का कार्यकारी प्रमुख तथा प्रधान सम्पादक डा. बालकृष्ण चापागाईं, कारोबार राष्ट्रिय दैनिकका सञ्चालक शिशीर भट्ट, मेचीकाली दैनिकका कार्यकारी प्रमुख विष्णु गैरे, दैनिक लुम्बिनीका प्रबन्ध सञ्चालक महेश रिजालको उपस्थिति रहेको थियो ।

त्यस्तैगरी आदर्श समाज दैनिकका प्रमुख सञ्चालक कृष्ण प्रसाद बास्तोला, राजधानी दैनिकका आशीष शेरचन, कामना न्यूज पब्लिकेसन्सका दिरेकलाल श्रेष्ठ, नयाँ पत्रिका राष्ट्रिय दैनिकका प्रमुख सञ्चालक कृष्णज्वाला देवकोटा, न्यू बिजनेश एज ली का सविता सुवेदी, सौर्य दैनिकका बोधराज त्रिपाठी, नयाँ युगबोध दैनिकका आशीष रेग्मी, मध्यान्ह दैनिकका मदन कुमार श्रेष्ठ, जनसवाल दैनिकका रामजी बगाले, प्रभाव दैनिकका कृष्ण कार्की, मिसन टुडे दैनिकका विनोद पौडेललगायतका देशभरका राष्ट्रिय दैनिकका प्रकाशकहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?