ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

तस्करले छाडेनन तुरियाखोला

इलाका प्रहरी कार्यालय सुनवलरसुनवल स्थित सब डिभिजन कार्यालयको मिलोमतोमा तस्करी हुने गरेको छ । केही स्थानीय तहका जनप्रतिनिधि समेत यसमा संलग्न रहेको बताइएको छ ।
२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

नवलपरासी, २८ भदौ ।
जिल्लाको सुनवल नगरपालिकाको तुरिया खोलामा खोला तस्करहरू पुनः सल्बलाउन थालेका छन् । गत साउन महिनामा नगरपालिकाले खोलामा तस्करी गरि राखिएको अबैध भण्डारणहरू जपत अभियान सञ्चालन सिथिल बने पछि अहिले खोलामा तस्करी पुनः हुन थालेको स्थानीयले बताएका हुन् ।

तस्करहरूले नगरप्रमुखको सचिवालयसम्म पहुँच पु¥याएर पुनः तस्करी कार्यलाई निरन्तरता दिन थालेको एक स्थानीयले बताए । तस्करहरूले पहुँच पु¥याएको भने पनि जपत अभियानलाई विफल नै बनाएर सरकारी संयन्त्र भन्दा माफिया प्रभाव जमाउदै तस्करी कार्य बढाउन लागेको अर्को थरीका जनताका भनाई रहेको छ । तुरिया खोलामै भेटिएका एक स्थानियले भने, तस्करलाई मेयरले तह लगाउन खोजेकी थिईन्, तर उनलाई नै सरकारी संयन्त्र भित्र छिरेर तस्करले नै तह लगाएका छन् । त्यही भएर अहिले जपत अभियान पनि रोकिएको छ, उनले भने, मिलेर तस्करीलाई छुट हुन थालेको हो, कि तस्करी कार्य रोक्न नसकेर हुन थालेको हो ? यसबारे मेयरको अघिल्लो कदमले देखाउने छ ।

तुरिया खोलामा अहिले पनि करोडौ मुल्य बराबरको ढुंगारमिस्कट भण्डारण अवस्थामा छ, उनले देखाउँदै भने, खोलामा फेरी विहान बेलुका टेक्टरले चोर्ने कार्य शुरु भई रहेको छ । प्रहरीलाई त सुचना गनैै भएन्, उनले भने, प्रहरीलाई सुचना गरियो कि सो सुचना तस्करलाई पुग्ने गरेको छ, तस्करहरूले गाँउलेलाई थर्काउदै आएका छन् । खोला भित्रै सप्लायर्सका बोर्डहरू राखिएका छन्, उनले बोर्ड देखाउदै भने, खोला छेउमै सुमन सप्लायर्स सुनवल ४ भनेर बोर्ड राखिएको छ । सो बोर्डमा दर्ता नम्बर उल्लेख छैन् । मोवाईल नम्बर मात्र उल्लेखित छ । खोला देखी ५ सय मिटरमा रहेको सुनवल सब डिभिजन बन कार्यालय छ, १ किलोमिटर भित्रै इलाका प्रहरी कार्यालयरनगरपालिका कार्यालय छ, तर ति सप्लायर्स बोर्डबारे तिनवटै निकायले अनभिज्ञता प्रकट गरे । यसले पनि तस्कररसरकारी निकायको सहकार्य पुष्टि गर्छ । प्रहरी प्रति स्थानीयको विश्वास गुम्दै गएको बताउँदै सेना समेत परिचालन आवश्यक रहेको स्थानीयले माग गर्न थालेका छन् ।

खोलाजन्य सामग्री जपत अभिायनबारे नगरपालिकाका उपप्रमुख सुर्य दुबेले प्रतिकृया दिँदै भने, सो अभियान सुनिएको भए पनि त्यसबारे न कुनै निर्णय भएको छ, न नगरपालिकालाई औपचारिक जानकारी नै छ, अभियान शुरु गर्नेरबन्द गर्ने कार्य स्वम् नगरप्रमुखको होला त्यतै कुरा गर्नुस । खोला तस्करी नियन्त्रण कार्य नगरपालिकाको मात्रै पनि होईन्, त्यसमा शुरक्षा निकायरबन उत्तिकै जिम्मेवार हुन् । खोलाजन्य सामग्री जपत गर्न थालिए पछि खोला तस्करहरूकै सेटिगँमा नगरपालिकाका कर्मचारीको मिलोमतोमा नगरपालिकाकै सरकारी २ टिपररजेसिबी खोला खन्न पुगे, खोलामा तस्करीमै संलग्न ब्यतिmको योजनामा स्थानीयले ति टिपररजेसिबी बरामद गरि जिल्ला बन कार्यालयको जिम्मा लगाईयो । बनले अहिले गाडी छाडे पनि त्यसका चालक माथि मुद्दा चलाउदै आएको छ । सोही बेला देखी जपत अभियान रोकिएको छ ।

सरकारले सुनवल इलाका प्रहरीका प्रमुखरसुनवल सब डिभिजन बन कार्यालयका प्रमुखको सरुवा गरेको छ । अहिले डिभिजन बनमा आएका नयाँ बन अधिकृत एक साता पुगेको छैन्, इलाका प्रहरीको प्रमुखमा बुधवार साझ मात्रै आई पुगेका छन् । नयाँ आउने प्रहरीरबन अधिकृतले के कस्ता ? सुरक्षा अभियान चलाउने हुन हेर्न बाकी नै रहेको स्थानियले चासोको रूपमा लिएका छन् । भित्रै पूर्वपश्चिम राजमार्ग निर्माण आयोजनाका खोलाजन्य पदार्थको प्रसोधन केन्द्र राखिएका छन् । तिनै प्रसोधन केन्द्र नजिकै मिनि पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका छन् । इलाका प्रहरी कार्यालय सुनवलरसुनवल स्थित सब डिभिजन कार्यालयको मिलोमतोमा तस्करी हुने गरेको छ,एक स्थानियले भने, त्यसमा केही स्थानीय तहका जनप्रतिनिधि समेत संलग्न छन् ।

खोलाबाट निकासी हुने ढुंगाहरू रोहिणी नगरपालिका स्थित रोहिणी नदि किनारमा निर्माणाधिन नेपाल आयल निगमको भण्डारण केन्द्रमा जाने गरेको छ । सयौ टिपर ढुंगा त्यहाँ लगिएका छन्, तर कस्को विल बिजकमा पठाइएको हो ? सोबारे आन्तरिक राजस्वले पनि छानविन गर्नु पर्ने उनको भनाई थियो । बिलबिजक जारी गर्ने कम्पनीसँग विक्रिका लागि स्टक के कति छ ? स्टकमा राख्ने स्रोत कहाँ को हो ? त्यसैले प्रस्ट गर्न सकिन्छ । बाकी खोलारप्रसोधन केन्द्र नजिक रहेको समाग्रिको यकिन विवरणरत्यसले प्राप्त गरेको स्रोत के कति ? उस्ले अहिले सम्म कति प्रयोग गर्यो, त्यसबारे पनि अनुसंधान सुनवलमा खोला तस्करी बेला बेलामा हुने गर्छ, विवाद उठ्छ, नगरपालिकाले पनि केही गरेको देखाउछ, सरोकारवालाले विस्तारै असहयोग गर्न थाल्छन्, विस्तारै खोलाको विषय सेलाउदै जान्छ ।

तस्करले मौका छोपेर पुनः सल्बलाउछन्, काम गर्छन्, यो नियति प्रत्येक बर्षको रहेको छ । आयोजना जति ढिलो भयो, उत्ति धेरै दिन कमाउन सकिन्छ, आयोजनाकै नाममा खोलामै प्रसोधन केन्द्र राखिएका छन्, कोही आयो भन्ने आयोजनाकै ति समाग्रि हो, भनि झुक्याउन सकिन्छ, मौका छोपेर बाहिर बेच्न सकिन्छ ।
नगरपालिकाले आयोजनालाई उपलब्ध गराएको समाग्रि वा अन्य फर्मले निकासी गरी राखिएको खोलाजन्य समाग्रिको स्टक बारे वास्तविक लेखा जोखा पनि नगरपालिकासँग छैन् । खोला तस्करीबारे सुचना स्थानियले गर्दा प्रहरीमा जानकारी गराईन्छ, केही समयमा नै ति तस्करहरू खोला जन्य समाग्रि झारेर भाग्ने गर्दा तस्करीबारे सुचना प्रहरीबाटै चुहिने गरिएको कुरा जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती प्रसाद यादव (रुदल) ले पनि स्वीकार गरे । तस्करको साँठगाँठ प्रहरीसँग नभई कसरी सुचना चुहिन्छ ? उनले प्रश्न गर्दै भने, यो गम्भिर प्रश्न रहेको छ । बदनाम जनप्रतिनिधि हुन्छन्, तस्करीको स्वाद सुरक्षा निकाय र सरोकारवालाले लिने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?