ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आगलागी पीडित आहातमाः राहात पालिकाको खातामा

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

लमही, २८ भदौ ।
२०८१ जेठ १६ गते दाङको राजपुर गाउँपालिका–७ हाडबासमा भएको भीषण आगलागीले पीडित बनेका २३ घरका लागि संकलित राहत रकम अझै पनि पालिकाको खातामा थन्किएको छ । काठमाडौं महानगरपालिकाबाट पठाइएको रु १० लाख राहत रकम पालिकाको खातामा रहेको गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले दिएका छन ।

पालिकाको कार्यपालिकाले पालिकाभरिका आगलागी पीडितलाई प्रति परिवार रु ५० हजार दिने निर्णय गरे पनि, हाडबासका पीडितहरूले अझै पनि उक्त रकम प्राप्त गर्न सकेका छैनन् । पीडितहरूले सघ÷ संस्थाको सहयोगमा घर निर्माण भए तापनि राहत रकम माग गर्दै आएका छन् ।

पालिकाका कार्यकारी अधिकृत विष्णु कुमार पाण्डेले नीतिगत रूपमा प्राविधिक मूल्यांकन र वडा सिफारिससहित आएमा रकम भुक्तानी दिने बताए । तर, पालिका प्रवक्ता श्याम रानाले पालिकाले राहत रकम वितरण नगरेको कमजोरी भएको स्वीकार गरेका छन् ।

राजपुर पालिकाका अध्यक्ष शरद बुढाथोकीले अझै पनि घर बने पनि गोठ भान्सा बनाएर आएमा तत्काल रकम पिडितको खातामा पठाउने बताए । सो रकम पालिकाले पदाधिकारीको मिलोमतो हिनामिना गरेको भनी सामाजिक संजाल सार्वजनिक भए पछि अध्यक्ष बुढाथोकीले बिहीवार पत्रकार सम्मेलन गरेर खण्डन गरेका छन् ।

उनले आफनो कार्यकक्षमा पत्रकार सम्मेलन गरि आगलागी पीडितका लागि आएको काठमाडौ महानगरको रकम पालिकाको खातामा सुरक्षित रहेको बताए ।उनले युटुबर भोज बहादुर थापाले बुधबार राती १० बजे एकासी फोन गरेर बार्गेनिङ गर्दै तपाईंले १० लाख आगलागी पीडितको पैसा खानु भयो भन्दै थर्काउनुका साथै सामाजिक सम्जालमा पोष्ट गरि मान्हानी गरेको बताए ।
आफू पत्रकार भएको भन्दै रातिमा थर्काउने मानहानी हुने गरि गरेको क्रियाकलाप कानुन बिपरित भएको बताए ।

उनले पालिकाको जेठ् २१ गते कार्यपालिकाको बैठक बसी सो रकम सहित पालिकाको सनेत रकम थपेर प्रती परीवार ५० हजार दिने त्यसका लागि सबै पीडितले सो बराबरको काम गरेको प्राबिधिक मूल्यांकन सहित सम्बन्धित वडाको सिफारिस माग गरेकोमा एकाएक अध्यक्ष अपचलन गरेको मिथ्या सूचनाके आफू गम्भीर भएको बताए । उनले अझै पनि सो रकम पीडितहरूका लागि दिने त्यसका लागि गोठ वा भान्सा बनाउन आग्रह गरेको बताए ।

सामाजिक सञ्जालमा राहत रकम हिनामिना गरिएको आरोप सार्वजनिक भएपछि अध्यक्ष बुढाथोकीले पत्रकार सम्मेलनमार्फत रकम सुरक्षित रहेको र पीडितहरूले गोठ वा भान्सा निर्माण गरी सिफारिस ल्याएमा रकम भुक्तानी गरिने बताएकाछन । उनले आफनो भएको भन्दै कानुनी उपचार जाने बताए । मानहानि सम्बन्धी कानुनी व्यवस्था मुख्यतः दुई मुख्य कानुनमा आधारित छ । नेपालमा मानहानी सम्बन्धी कानुनी व्यवस्था मुख्यतः दुई मुख्य कानुनमा आधारित छ ।
नेपालको फौजदारी संहिता, २०७४ले मानहानिको विषयलाई कानूनी रूपमा व्यवस्थापन गरेको छ । यसमा कसैले कुनै व्यक्तिको प्रतिष्ठामा आँच पु¥याउने झुटा आरोप वा सूचना फैलाएको खण्डमा ती व्यक्ति दोषी ठहरिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?