Butwal Today

तिलोत्तमाको शंकरपुरमा छोटा हात्तीले मोटरसाईकललाई ठक्कर दिंदा ६८ वर्षीय वृद्धको मृत्यु

२८ भाद्र २०८१, शुक्रबार
अ+
अ-

बुटवल, २८ भदौ ।

रुपन्देहीको तिलोत्तमा ५ शंकरपुरचोकमा छोटा हात्तीले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई शुक्रबार सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्तीले पछाडीबाट ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार तिलोत्तमा नगरपालिका–७ सेमरा बजार निवासी ६८ बर्षीय तेज बहादुर गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गुरुङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तेज बहादुरको शवलाई पोष्टमार्टमका लागि हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

यसैगरी दुर्घटनामा परी मोटरसाइकल चालक तिलोत्तमा–१० नमुना स्कूल बस्ने बर्ष ६४ का लिलबहादुर कामु मगर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र मगरको हाल क्रिमशन अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय मंगलापुरका वरिष्ठ हवल्दार हिराधर उपाध्यायले जानकारी दिए । ठक्कर दिने छोटा हात्ती र चालक पाल्पा रिब्दिकोट ६ बस्ने ३२ बर्षीय यम बहादुर गाहालाई नियन्त्रणमा लिएर छानविन अघि बढाइएको उपाध्यायको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?