ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

विद्यालयको सामाजिक परिक्षणको दुरावस्था

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले नगरका सामुदायिक विद्यालयलाई भदौ भित्र अनिवार्य सामाजिक परिक्षण गर्न पत्राचार गरेको जानकारी बाहिर आएको छ । जानकारी अनुसार विद्यालयमा हुने विभिन्न गतिविधि तथा अनुदान वित्तिय ब्यवस्थापन जस्ता कार्यको स्थानीय स्तरमा सामाजिक परिक्षण गरि प्रतिवेदन अनिवार्य रूपमा पेश गर्ने गरि पत्राचार गरेको छ । सामाजिक परिक्षण मापदण्ड २०७८ अनुसार प्रत्येक आर्थिक बर्षको भदौ मसान्त भित्र सामाजिक परिक्षण गराई प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान रहेको छ । तर पालिकाका कतिपय विद्यालयले विगत बर्षमा सामाजिक परीक्षणको प्रतिवेदन पेश नगरेको गुनासो आइरहेको बेला नगरपालिकाले अनिवार्य रूपमा नै समाजिक परिक्षण गरि प्रतिवेदन पेश गर्नका लागि पत्राचार गर्न बाध्य भएको हो ।

देशभरको सामुदायिक विद्यालयको सामाजिक परिक्षणको अवस्था हेर्ने हो त्यसको अवस्था पनि राम्रो छैन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार देशभर संचालनमा रहेका कक्षा १–१२ संचालित विद्यालयमध्ये ५६ दशमलव ८ प्रतिशत विद्यालयले मात्रै सामाजिक परीक्षण गरेका छन् । जसमा कोशीमा ५९.७, मधेशमा २३.७, बागमतीमा ५९.६, गण्डकीमा ५८.५, लुम्बिनीमा ६८.५, कर्णालीमा ५८.५ र सुदुरपश्चिममा ५८.६ प्रतिशत छ । केन्द्र प्रकाशनमा ल्याएको २०८० कोशैक्षिक प्रतिवेदनमा आर्थिक लेखापरीक्षण गर्ने विद्यालय पनि ५५.७ प्रतिशत मात्रै छन् । जस अनुसार कोशीमा ५७.८, मधेशमा २६.४, बागमतीमा ५७.७, गण्डकीमा ५७.७, लुम्बिनीमा ६६.४, कर्णालीमा ५६.९ र सुदुुरपश्चिममा ५७.४ प्रतिशत विद्यालयले मात्रै आर्थिक लेखा परीक्षण गरेका छन् ।

यसले नेपालका सामुदायिक विद्यालयको सामाजिक परीक्षण र आर्थिक लेखा परीक्षणको अवस्था निकै कमजोर देखिन्छ । सामाजिका परीक्षणमा विद्यालय व्यवस्थापन समिति भन्दा विद्यालयमा गठन हुने शिक्षक अभिभावक संघको महत्वपूर्ण भूमिका र अधिकार छ । तर उक्त समितिको काम, कतव्र्य र अधिकार समितिलाई नै जानकारी नभएको अवस्था छ । जसको कारण समिति सक्रिय हुने र विद्यालयको आर्थिकका साथै शैक्षिक र व्यवस्थापकीय कामको अभिभावकबाट निगरानी भइरहेको छैन । त्यसको उदाहरण सरकारले नै राख्ने तथ्यांकमा देखिएको ५६ दशमलव ८ प्रतिशत विद्यालयले गरेको सामाजिक परीक्षणको अवस्थाले पुष्टि गर्दछ ।

मापदण्ड पालनाका लागि छुट्टै परिपत्र गर्न आवश्यक नपर्ने भए पनि रामग्राम नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई पत्राचार नै गरेर सामाजिक परिक्षणलाई अनिवार्य गर्न पत्राचार गरेको छ । यसले विद्यालयको कामको पारदर्शीतामा प्रश्न चिन्ह त उठाएकै छ, त्यसमा विद्यालय तहको अधिकारी पाएको स्थानीय तहले विद्यालयको अनुगमन गरेको छ छैन भन्ने उसैमाथि पनि प्रश्न तेर्सिएको छ । किनकी विद्यालयको अनुगमन गर्ने, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई उनीहरूको जिम्मेवारी बोध गराउने र विद्यालयको काममा निगरानी गराउँदै विद्यालय विकासमा सहभागी गराउने काम स्थानीय तहको हो । यसर्थ विद्यालयको भौतिक विकास र शैक्षिक विकासका लागि स्थानीय तहले कार्यक्रम बजेट सहित योजनामा राख्नुपर्छ । विद्यालयलाई पत्राचार र निर्देशन मात्रै होइन विभिन्न क्रियाकलाप गरी विद्यालयलाई सहयोग गर्न जरुरी छ । विद्यालयमा सुशासन कायम राख्ने काम स्थानीय तहको पनि हो । यसतर्फ स्थानीय तहको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?