ट्रेंडिंग:

>> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

राजस्व मिलाउन लसुन तस्करको दौडधुप

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

नवलपरासी, २७ भदौ ।
जिल्ला भित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पछि तस्करहरू छुटाउन दौडधुपमा लागेका छन् । कागजपत्र छुटाउन र लसुनको बिक्री वितरण खुल्ला गराउन तस्करहरूको टोली र केही ब्यवसायीहरू राजस्व कार्यालय बुटवलमा दौडधुपमा लागेको हुन् ।
स्थानीय गाउँमा भण्डारण गरि राखिएको करिब ६ गाडी (पिकअप) चिनियाँ लसुन स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएपछि कागजपत्र मात्रै अनुसन्धान कार्यालयले बुझेर लगेको थियो । राजस्व टोलीलाई पनि मिलाउनमा तस्करी टोली लागि परेको छ, कार्यालय निकटका स्रोतले बताए अनुसार,कुरा मिल्यो भन्ने छाड्ने कानुनी आधार पनि छ, मिलेन भन्ने गैर कानुनी ठहर गर्न सक्ने तर्क पनि छ । हेर्दै जाऔ के हुन्छ ? राजस्व कार्यालय प्रभावमा प¥यो भन्ने सक्कली बिल बिजकमा दर्तावाला संस्थाले लसुनको खरिद गरेको देखाई दिन सक्छ, होईन भने यतिको धेरै लसुन खपत गर्ने बजार वा कस्लाई बिक्रि गरिएको हो ? जस्ता प्रश्न तेर्साएर अनुसन्धान नै लम्ब्याउन सक्छ । जस्ले गर्दा लसुन उम्रिएर नष्ट हुने अवस्था आउन सक्छ । लाखौंको नोक्सानी भन्दा केही अंश राजस्व कार्यालयलाई बुझाएर भए पनि लसुन फुकुवा गराउने पक्षमा तस्कर देखिएका छन् । त्यसैका लागि दौडधुप भइरहेको उनको भनाइ थियो ।

राजस्व अनुसन्धान कार्यालयका अनुसार प्रतापपुर गाउँपालिका ५ बसैयाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लसुन खरिद गरिएको बिल भरपाई र कागजपत्रहरू अनुसन्धानका लागि लगिएकोे छ । सो विषयमा अनुसन्धान कार्य भइरहेको कार्यालयका सूचना अधिकारी मनोज कुमार सैनीले बताए । उनीहरूलाई विहिवार कार्यालयमा बोलाइएको समेत उनले जानकारी गराए । उनका अनुसार गोदाममा भेटिएको २० किलोको ५१० बोरा र ३० किलोको ३१ बोरा गरी कुल ५ सय ४१ बोरा चाइनिज लहसुन कतै पनि ओसारपसान नगर्न फर्म सञ्चालकलाई निर्देशन दिई अनुसन्धान कार्य भइरहेको जानकारी दिए । तर बुटवलमा लसुन कारोबार गर्ने कारोबारीहरू दैनिक दौडधुप भई रहेको स्थानियले बताएका थिए । चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन् ।

सिमा क्षेत्रमा भन्सार कर्मचारी र स्थानिय प्रहरीको मिलोमतोमा सिमाक्षेत्रमा तस्करी मौलाउदै गएको स्थानियले गुनासो गर्दै आएको थिए । भारतीय बजार सितलापुर पठाउने गरि तयारीमा राखिएको लसुनलाई स्थानिय बर्डर अब्र्जवेसन फोस (विओपी) र प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले रातभरी गस्ति गरेर राखेको तर राजश्वको टोली आएर कागजपत्र मात्रै लगे पछि ब्यपारीहरूले ति लसुन आआफ्नै घरमा लगेको एक प्रहरी जवानले सुनाए । हामीले माथिल्लो निकायको आदेश पालना गर्ने हो हजुर,रोक भने पछि रोक्ने हो, छाड भने पछि छाडिदिइने हो, उनले भने, रातीको बेला सिमावारी पारीका बजार र दशगजामा तस्करको मेला लाग्ने गरेको हुन्छ ।

ति लसुन भारतको निचलौलबाट राती तस्करहरूले पिकअप लिएर आउने र खरिद गरि रातारात लिएर जाने गरेको सिमावती भारतिय गाउ सितलापुरकी एक स्थानिय महिलाले बताएकी थिईन । उनका अनुसार सिमाक्षेत्रमा रातीमा रमझम हुन्छ, के नेपालको शसस्त्र र नेपाल प्रहरी के भारतको सिमाशुरक्षा प्रहरी(एसएसबी) सबै जना जुट्ने र तस्करी गराउनमा सघाउने गरेका छन् । तस्करहरूले आफ्नै गाडी समेत एसएबबी जवानलाई आउन जान दिइने गर्छन्, । सर्वसाधारणको बोल्ने हैसियत हुदैन् । बोलुन पनि कसरी जहाँ जनताको रक्षक नै तस्करको रक्षक बनेका छन्,उनको अगाडी जनता बोले उनीहरूकै भक्षक भईदिन्छन् । सेटिगँ भन्ने कुरा फरक नै हदो रहेछ । भारतबाट अहिले चिनी र चामल नेपाल जाने गरेको छ । नेपालबाट लसुन र मटर भारत जाने गरेको छ । बाटोको त कुरै गर्न भएन्,धान र उखुबारी जहाँबाट साईकल र मोटरसाईकल सजिलै जानसक्छ,ति सबै नाका बनेका छन् । मुलनाकामा त सर्वसाधारण दिउँसो मात्रै हिड्छन्, । तर मुलनाकाको वरिपरि गएर हेर्नुस उखुबारी र धान खेतमा जहाँ तही मान्छे हिलोमा हिडेको छाप देखिन्छ । ति सबै तस्करी गर्ने बाटो हो ।

शसस्त्र प्रहरीको गस्ति टोली फेरिने समयमा यस्ता समाग्रि भित्रयाउने समय मिलाईन्छ । जनताको आँखा छल्न प्रहरीले सेटिगँ मिलाएको हुन्छ, सिमाक्षेत्रमा विभिन्न चोरबाटोहरूमा शसस्त्र प्रहरीको दुई चार जना प्रहरी बस्ने गर्छन्, सो टोलीको डियुटी परिवर्तन गर्दा आर्को टोली अलि ढिलो जान लगाईन्छ,सोही बेला मालबस्तुहरू मोटरसाइकल र पिकअपमा भित्राइन्छ । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको स्वाँग मात्र देखाउँछ । जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिगँ मोडेलले चर्चा पनि उत्तिकै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?