ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

बुटवल, २७ भदौ ।

नेपाल ईन्जिनियर्स एसोसिएसनको ३४ औं निर्वाचनका लागि उम्मेदवार जिल्ला जिल्लामा मत माग्न व्यसत छन् । केन्द्र र प्रदेशमा हुने निर्वाचनका लागि ईन्जिनियरहरुको दौडधुप बाक्लिएको छ ।

यसैक्रममा लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि प्रगतिशिल र लोकतान्त्रिक प्यानलका उम्मेदवारले चुनाव प्रचारलाई तीव्र पारेका छन् । केन्द्रमा काँग्रेस–एमालेबिच सत्ता गठबन्धन भएपनि यो चुनावमा भने काँग्रेस–एमाले अलग अलग मैदानमा उत्रिएका छन् । लुम्बिनी प्रदेशमा भने काँग्रेसभित्रको असन्तुष्टिको लाभ एमाले निकट प्यानलले लिने देखिएको छ ।

काँग्रेस निकट ईन्जिनियरहरु खुलेरै नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिंडेका छन् भने एमाले निकट प्रगतिशिल प्यानलका ईन्जिनियरहरुमा भने असन्तुष्टिका स्वरहरु बाहिर आएको देखिंदेन ।

यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा

नेपाल ईन्जिनियर्स एसोसिएसनको लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रोग्रेशिभ ईन्जिनियर एशोसिएसन (पिन) का तर्फबाट जयलाल मरासीनीले उम्मेदवारी दिएका छन् । उनी अवकाशप्राप्त इन्जिनयर हुन् । चुनाव जितेपछि संस्थालाई प्रयाप्त समय दिन आफ्ना लागि सहज हुने उनको भनाई छ । सरकारले दुई दिनअगाडि मात्रै सरकारी कार्यालयमा शेयर कारोबार बन्द गर्ने गरी टिसिएन प्रणालीमा प्रतिवन्ध लगाएको छ भने खाजा समय आधा घण्टामा सीमित गरेको छ । कर्मचारीका लागि सरकारले यस्तो बाध्यकारी व्यवस्था गरेपनि आफू अवकाश प्राप्त कर्मचारी भएकाले पुरै समय संस्थाको लागि उपलव्ध गराउन बाधा नपर्ने मरासीनीको तर्क छ ।

पिनले केही समयअघि प्रदेश निजामती विधेयकमा ईन्जिनयरहरुका माग संबोधन गर्न विधायन समितिमा पत्र समेत बुझाएको थियो । निजामति ऐनमा संशोधनका लागि पिनले बुझाएको पत्रमा इन्निियरहरुको तह मिलान गर्नुपर्ने उल्लेख छ । हालको विधेयकमा स्थानीय सेवाको छैठौं तह नियुक्त भई कार्यरत कर्मचारीलाई ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र सातौं तहमा मिलान गरिने र यसरी तह मिलान भएका पदको जेष्ठता गणना छैठौं तहमा पद बहाल भएको मितिदेखि गरिने उल्लेख छ । तर पिनले बुझाएको पत्रमा स्थानीय सेवाको छैठौं तहमा नियुक्त भई कार्यरत कर्मचारीलाई यो ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र सातौं तहमा मिलान गरिने छ र यसरी तह मिलान भएका पदको जेष्ठताको गणना छैठौं तहमा पद बहाल भएको मितिदेखि लागू हुनुपर्ने उल्लेख छ । समान तहका उही प्रक्रियाबाट आएका कर्मचारीमा विभेद गर्न नहुने पिनको तर्क छ । उसले यसलाई पनि चुनावी मुद्दा बनाएको छ । प्रदेशसभामा पेश भएको विधेयकमा यो मुद्दा संबोधन भएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

त्यस्तै पिनले इन्जिनियरहरुको विदेश पलायन रोक्न रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सिनियर इन्जिनियरहरुलाई बनाउन पहल गर्ने, इन्जिनियर÷आर्किटेक्ट÷आइटी सेक्टरको पेसा र व्यवसायलाई थप सुरक्षित र मर्यादित पेशाका रुपमा स्थापित गर्न जोड दिने, आगामी एनइए चुनावमा प्रत्येक मतदाताले फिङ्गर प्रिन्टसहितको इ भोटिङको लागि केन्द्रीय कार्यालयमा दवाव दिने इन्जिनियर र आर्किटेक्ट विद्यार्थीलाई कलेज पास भएर रिजल्ट आउनुपुर्व खाली समयमा एनइएबाट बुटवल, दाङ र नेपालगन्जमा व्यावहारिक ज्ञानका कक्षा चलाउने एजेण्डा पनि अगाडि सारेको छ ।

इन्जिनियरलाई सरकारले तोकेको भन्दा कम रकममा काममा लगाउन नपाइने, प्राविधिक धारका शिक्षकहरुलाई छिट्टै स्थायी प्रक्रियाको लागि सरकारलाई दवाव दिने पनि पिनका चुनावी मुद्दा छन् । पिनका तर्फबाट उम्मेदवार बनेका मरासीनीले अधिकांश इन्जिनियहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफ्नो जित निश्चित रहेको दावी गरे । “हामीले सबै इन्जिनियरहरुका सामूहिक ऐजण्डा अगाडि सारेका छौं र चुनाव जितेपछि कार्यालयमै बसेर इन्जिनियरहरुकै पक्षमा काम अगाडि बढाउने छौं”–उनले भने ।

उपाध्यक्षमा उम्मेदवारी दिएकी आर्किटेक्ट इन्जिनियर प्रभा पाण्डेले यसपालि पिनका उम्मेदवारको जित निश्चित रहेको दाी गरिन् । “सबैतिरको माहौल हेर्दा पिनका उम्मेदवारको जित निश्चित देखिएको छ, इन्जिनियहरुको पक्षमा राम्रा एजेण्डा अगाडि सारेकाले हामीले चुनाव जित्छौं”–उनले भनिन् ।

सडक डिभिजन कार्यालय पाल्पाकी इन्जिनियर निशा बेलबासेले यसपालि पिनले एनइएको चुनाव जित्ने दावी गरिन् । “निजामती सेवामा विभेदकारी नीति अपनाइएको छ, महिला सहभागिता १० प्रतिशतमा सीमित छ र त्यसमा पनि असमानता छ, निजामती सेवा प्रतिष्ठित जागिर भए पनि इन्जिनियरलाई हेर्ने दृष्टिकोण नकारात्मक छ, यी सबै विभेद हटाउनका लागि पनि हामीले चुनाव जितेर एनइएलाई बलियो गराउन चाहन्छौंं”–प्रदेश सदस्यकी उम्मेदवार रहेकी निशाले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?