ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

मौसमजन्य प्रकोप नियन्त्रण गर

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

अहिले देशका विभिन्न भागमा हैजा, स्क्रबटाईफस तथा मौसमजन्य रोग र डेंगुको सङ्क्रमण बढ्दै गएको छ । यस प्रकारका स्वास्थ्य जोखिमलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य मन्त्रालयले हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र पालिकासँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ । टोलीले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको बताइएको छ । यसैगरी पानीजन्य रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित निकाय तथा पदाधिकारीसँग समन्वय गरेर तत्काल काम थालिएको छ । देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगु प्रकोप नियन्त्रणका लागि सातै प्रदेशमा डेंगु परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो तर्फबाट नियन्त्रणको प्रयास भैरहेको दावी गरेको छ । तर, त्यो प्रयास देखावटी नहोस् भन्ने कुरामा नागरिक समाजको खबरदारी जरूरी छ ।

एकातिर अहिलेको मौसम जोखिमपूर्ण छ । पानी पर्नेक्रम नरोकिएका कारण मौसमजन्य विरामीको संख्यामा समेत देशैभरी भारी बृद्धि भएको छ । स्वच्छ पानीको अभावकै कारण ९० प्रतिशत बढी रोग लाग्ने अनुसन्धानले देखाएको छ । तसर्थ पानीजन्य रोगले निम्त्याउने समस्या निराकरणमा तत्काल प्रयास गर्नु जरुरी छ । यसमा दिर्घकालीन योजना र नीति आवश्यक छ । सरकारले अब स्वच्छ पानी पिउन पाउने हरेक नागरिकको अधिकार प्रत्याभूति गरोस् । नेपालको संविधानले पनि स्वच्छ पिउने पानीको अधिकार हरेक नागरिकको अधिकार हो भन्ने स्थापित गरेको छ । तसर्थ संविधानमै व्यवस्था भएको अधिकार प्राप्तिका लागि जनताले पनि सरकारलाई दवाव दिनु जरूरी छ । नेपालमा त्यसैपनि पानीको गुणस्तर मापदण्ड अनुसारको छैन । तराईका जिल्लामा जमिन मुनीको पानीमा आर्सेनिकको मात्रा अत्यधिक छ । जसका कारण विभिन्न रोगको संक्रमण समेत बढेको देखिएको छ । पानीबाट हुने हैजा लगायतका रोगको निदानका लागि गुणस्तरीय खानेपानी पिउनुपर्ने अधिकारबाट नागरिक बञ्चित छन् । सरकारले सवै नागरिकसम्म मापदण्ड अनुसारको गुणस्तरीय खानेपानीको पहुँच पु¥याउने प्रतिवद्धता गरेको पनि धेरै समय भैसकेको छ तर जुन सरकार आएपनि अवस्था उही छ । नागरिकले अझैपनि दुषित पानी पिउन बाध्य हुनुपरेको छ । जसका कारण हैजा लगायतका महामारी बढाउन सहयोग पुगेको छ ।

उता अहिले सातवटै प्रदेशमा डेंगुको जोखिम बढेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले डेंगुको जोखिम बढेकोले साबधानी अपनाउन आग्रह गरेपनि सरकारको आग्रह औपचारिक जस्तै भएको छ । रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा पानी पर्ने क्रम यथावत रहेसंगै डुवानको समस्या समेत छ । डुबान हुँदा लामखुट्टको प्रकोप बढ्ने गरेको छ । डुबानमात्र होइन घर छेउ वरिपरी पानी जम्ने र खाल्डाखुल्डीमा पानी भरिँदा लामखुट्टे बस्ने र त्यसले फूल पारेर अझै प्रकोप बढाउने गरेको छ । नेपालमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । अहिले हरेक अस्पतालमा डेंगुका विरामीको चाप छ । यो संक्रमण नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण जरुरी छ । डेंगुको संक्रमण फैलिन नदिनकालागि लामखुट्टे खोज र नष्ट गर अभियान देशैभरी सञ्चालन गरिएको छ तर अव यत्तिले मात्र नपुग्ने अवस्था छ । यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण जरुरी देखिएको छ । नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । डेंगुसंगै अहिले हैजा र स्क्रबटाईफसको जोखिम समेत बढेको अवस्था छ । बाँके जिल्लामा हैजाकै कारण तीनजनाको मृत्यु भैसकेको छ । यो गंभीर बिषयमा सरकारले ध्यान पु¥याउनु जरूरी छ । मौसमजन्य रोगको प्रकोपबाट बच्नेतर्फ हामी सवैले सावधानी अपनाउने हो भने रोग नियन्त्रणमा सहयोग पुग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?