ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

कोइली पुलले जोड्दै बनगाई–डोहोटे

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

जितपुर, २६ भदौ ।
पूर्वपश्चिम राजमार्ग जोड्ने बनगाई डोहोटे सडकखण्ड अन्तर्गत वाणगंगा नगरपालिका वडा ९ कपिलधाम कजवे नजिक कोइली खोला (ख) मा पक्कि पुलको निर्मांण कार्य तिब्ररूपमा भईरहेको छ । कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई डोहोटे सडक जिल्लाको वाणगंगा नगरपालिका ७ बनगाई र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटे जोड्ने पक्कि पुल कोइली खोला (ख) को वाणगंगा नगरका मेयर चक्रपाणि अर्यालले शिलान्यास गरेका थिए । १३ कि.मि. रहेको बनगाई डोहोटे सडक खण्ड नेपाल सरकारको ९ करोड ३ लाख ७८ हजारको लागतमा पुल निर्माण हुन लागेको छ ।

७० मिटर लम्बाई रहेको पुल आगामी २ वर्षमा सम्पन्न हुने भनिएता पनि ठेकेदार कम्पनीले १ वर्षमा नै पुलको निर्माण कार्य पुरा गर्ने जनाएको छ । श्री श्रेष्ठ/एन बि.जे.बि.कन्सट्रक्सन बुटवल रूपन्देहीले उक्त कोइली खोला(ख) मा पुलको निर्माण गर्ने जिम्मा पाएपछि काम अगाडी बढेको हो । ठेकेदारले पुलको काम समयमै सम्पन्न गर्न स्थानीयवासी,राजनीतिक दल सवैलाई आवश्यक सहयोगका लागि आग्रह गरेको थियो ।

वाणगंगा ९ भलवाड भौगालिक तवरमा चारैतिरबाट नदीले घेरिएको छ ।पहिला यस ठाउँमा पुल नहुँदा यहाँबाट त्रिधालय पढ्न जाने त्रिधार्थी,कार्यालय जाने कर्मचारीले वर्षातको समयमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा खोला तर्दा यस कोइली खोलाले दर्जनौको ज्यान लिइुसकेको छ । गत साल कोइली खोला(क)मा पुल बनेको थियो भने हाल कोइली खोला(ख)को पुलको निर्माण कार्य धमाधम भइरहेको छ । विशेष गरी वाणगंगा ९ भलवाडका जनताको शास्ति र दुःख देखेर लुम्बिनी प्रदेशका माननिय साँसद तथा पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीको पहलमा सो पुलको काम भएको स्थानिय वताउँछन् । लामो समयदेखि नाम चलेको बनगाई डोहोटे सडक खण्डमा पुल निर्माणको कार्य पुराभएपछि कपिलवस्तु र अर्घाखाँची जिल्ला आवतजावतमा निकै छोटो दुरीमा पुग्न सकिन्छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरूको लागि पनि सस्तो र सुलभ हुनेछ । भारतको खुनुवा नाका हुदै तौलिहवा सदरमुकाम तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट बोलबमधाम, वाणगंगा ९को कपिलधाम हुदै अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने जाने पर्यटकलाई राम्रो पर्यटकीय गन्तब्य बन्ने बाणगंगा ९का वडा अध्यक्ष कमल पौडेल बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?