ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

रोटरी क्लव अफ बुटवल चौतारीको चार्टड नाइट : सामाजिक क्षेत्रमा क्लवको योगदानबारे चर्चा

२५ भाद्र २०८१, मंगलवार
२५ भाद्र २०८१, मंगलवार

बुटवल, २५ भदौ ।

विभिन्न क्षेत्रका व्यक्तिहरुले रोटरीले समाज रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

रोटरी क्लव अफ बुटवल चौतारीको छैठौं औं चार्टड नाइट समारोहमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले सामाजिक विकासमा अझ बढी योगदान दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पुर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले रोटरीले समाजमा साँच्चिकै प्रभाव पार्ने गरी काम गरिरहेको भन्दै सबै क्षेत्रबाट यसको सकारात्मक सन्देश प्रवाह भएको बताए ।

उनले देशभर रहेका रोटरी क्लवहरुले शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा गरेको लागनी र विकासका कामबाट सिंगो समुदायमा सकारात्मक प्रभाव परेको भन्दै रोटरीतर्फ नयाँ पुस्तालाई समेत आकर्षित गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा बोल्दै सितगंगा नगरपालिका अर्घाखाँचीका नगरप्रमुख छविलाल पौडेलले रोटरी क्लव अफ बुटवल चौतारीले शीतगंगाको ६ नम्बर वडालाई एम्बुलेन्स प्रदान गर्ने निर्णय गरेकोमा धन्यवाद दिंदै आफ्नो पालिकाले रोटरीसँग सधै सहकार्यको हात बढाउन चाहेको बताए ।

त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, रोटरी क्लव अफ बुटवल चौतारीका मानार्थ सदस्य ताराचन्द केडिया, रोटर्याक्टका डिआरआर विक्रम क्षेत्री, रोटरी क्लव अफ बुटवल चौतारीका सल्लाहकार राजेन्द्र ढकाल, संस्थापक क्लवहरुको तर्फबाट डा. आरसी आचार्य, रोटरी क्लव अफ बुटवल चौतारीका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे लगायतले रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजिरहेको बताएका थिए ।

त्यस अवसरमा रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लवले यो वर्ष सुरु गरेका र आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । त्यस्तै उनले एम्बुलेन्स हस्तान्तरण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिंदै आफ्नो कार्यकालमा संस्थाको भवन निर्माण गरी व्यावसायिक तालिम सञ्चालन गर्ने, म्याराथुन गर्नेलगायतका योजनाहरु सुनाए । कार्यक्रममा सम्पूर्ण क्लवहरुका संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियो । अन्य क्लवका संस्थापक अध्यक्षहरुलाई सम्मानको सुरुवात गरेको यो पहिलोपल्ट हो । कार्यक्रममा कार्यक्रम संयोजक केशव भुसाल क्लवका सचिव खगेन्द्र बेलबासेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

त्यस अवसरमा २ लाख ५० हजार १११ रुपियाँ राशीको तीर्थमान–नानीशोभा शाक्य अक्षयकोष, १ लाख ४० हजार १११ रुपियाँ राशीको स्वर्गीय रोटरीयन प्रितम मित्तल मित्तल अक्षयकोष, ५१ हजार १११ रुपियाँ राशीको स्वर्गीय ठाकुरप्रसाद भुसाल अक्षयकोष र ५१ हजार १११ रुपियाँकै स्वर्गीय चुन्नप्रसाद न्यौपाने अक्षयकोष घोषणा गरिएको थियो । कार्यक्रममा इन्टर्याक्ट र रोटर्याक्ट क्लवका पदाधिकारी तथा सदस्यहरु पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?