ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

प्रदेश सरकार विरुद्ध स्वास्थ्यकर्मी आन्दोलित

२५ भाद्र २०८१, मंगलवार
२५ भाद्र २०८१, मंगलवार

लमही, २५ भदौ ।
स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्तको सम्बन्धमा बनेको बिधेयक प्रति असहमति जनाउँदै कर्मचारी बिरोधमा उत्रिएका छन । बाँके लगायत अन्य जिल्लाका कर्मचारी सङ्घर्ष समिति बनाएर बिरोध जनाएका छन । उनीहरू आफूहरूका माग सम्बोधन नभए काम छाडेर चरणबद्द आन्दोलन थाल्ने चेतावनि समेत दिन थालेका छन ।
लुम्बिनी प्रदेश सरकारले गत बैशाख ३० गते प्रदेश सभामा दर्ता भएको उक्त विधेयक प्रदेश सभाको बैठकले जेठ १३ गते दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो । छलफलबाट पारित भएको विधेयक भदौ ५ गते बुधबार बसेको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २६ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभा समक्ष पेश गरेकी थिईन् ।

प्रदेश मामिला तथा कानुन समितिको जेठ १५ गते बसेको १६ औं बैठकबाट विधेयकमाथि दफावार छलफल गरिएको र साउन १६ गते बसेको समितिको ३० औं बैठकले प्रतिवेदनसहितको विधेयक स्वीकृत गरेको सभापति बुढाले सभासमक्ष जानकारी गराएकी थिइन् । समितिलाई कुनै जानकारी नदिई सदनबाट विधेयक फिर्ता गर्नु सरकारले स्थानीय कर्मचारी प्रति दायित्व बोध नगर्नु हो”–उनले भने । सोही विधेकलाई लियर लुम्बिनी प्रदेशभरका स्वाथ्यकर्मीहरू आन्दोलित भएका छन् । संघीय सरकारको स्वास्थ्य सेवा ऐनसँग बाझिने गरी लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउन लागेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् ।

स्वास्थ्य सेवा नियमावली २०५३ ले प्रदान गर्ने २ तहको स्तरबृद्धिलाई रोक लगाउने गरी प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउन लागेको स्वास्थ्यकर्मीहरूको भनाइ आरोप छ । हेल्थ असिष्टेन्ट पद, अहेव र अनमी पाँचौंमा कार्यरत स्वास्थ्यकर्मीहरूले सरकारले ल्याउने तयारी गरेको स्थानीय सेवा ऐनले आफूहरूलाई प्रोत्साहन नभई निरुत्साहित गर्ने स्वास्थ्यकर्मी संघर्ष समिति लुम्बिनीका संयोजक गिरी त्रामुले जानकारी दिए ।

“कर्मचारीहरूलाई प्रोत्साहन गर्न भन्दै सरकारले स्थानीय सेवा ऐन ल्याउनु खुसीको कुरा हो । तर, सरकारले ल्याउने भनिएको ऐनमा हेल्थ असिष्टेन्ट पदमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहित नभई निरुत्साहित गर्छ”, संयोजक त्रामुले भने, “पहुँचको भरको केही स्वास्थ्यकर्मीहरूलाई फाइदा हुने गरी स्थानीय सेवा ऐन तयार भएको खबर पाएका छौं । जसले २ हजार बढी संख्यामा रहेका हेल्थ असिष्टेन्ट पद, अहेव र अनमी पाँचौं पदमा कार्यरत स्वास्थ्यकर्मीलाई दुखीत तुल्याएको छ ।” प्रदेश सरकारले ल्याउँदै गरेको स्थानीय सेवा ऐन सिएमएहरूलाई मात्र केन्द्रीत गरी तयार पारिएको स्वास्थ्यकर्मीहरूको दावी छ । संघर्ष समितिका संयोजक त्रामुका अनुसार चौथो तहमा सेवा प्रवेश गरेका सिएमएहरू बढुवा हुँदै सातौं तहसम्म पुग्ने र पाँचौं तहमा सेवा प्रवेश गरी समायोजनका क्रममा स्थानीय तहमा आएका छैठौं तहका हेल्थ असिष्टेन्ट पद, अहेव र अनमी पाँचौंहरू बढुवा हुन नपाउने प्रावधान ल्याउन लागिएको छ ।

न्यायको माग गर्दै प्रदेशभरका हेल्थ असिष्टेन्ट पद, अहेव र अनमी पाँचौंहरू आज लुम्बिनी प्रदेश सभा अगाडि धर्ना बस्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ । संयोजक त्रामुका अनुसार सोमबार १० वजेदेखि साँझ ५ वजेसम्म २ हजार स्वास्थ्यकर्मी पोशाकसहित धर्ना बस्ने कार्यक्रम रहेको छ । प्रदेश कानुन समितिको बैठक बस्दै गरेको अवस्थामा समितिको ध्यानाकर्षण गर्न धर्ना कार्यक्रमको आयोजना गरिएको भन्दै संयोजक त्रामुले मागको सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यता प्रदेश मामिला तथा कानुन समितिले स्वास्थ्यकर्मीलाई मर्कामा पर्ने गरी स्थानीय सेवा ऐन नल्याउने जनाको छ । समितिका संयोजक दीलकुमारी बुढाले कर्मचारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सेवा ऐन ल्याउन लागेकाले कोही पनि मर्कामा नपर्ने जानकारी दिइन् । उनका अनुसारसोमबार समितिको बैठक बस्ने हुँदा बैठकमा यस विषयमा छलफल हुनेछ ।“कर्मचारी साथीहरूको प्रोत्साहनका लागि सरकारले स्थानीय सेवा ऐन ल्याउन लागेको हो । यसमा कसैलाई प्रोत्साहन र कसैलाई निरुत्साहित गर्ने भन्ने हुँदैन । समितिको ध्यान नपुगेको पनि हुन सक्छ । हेल्थ असिष्टेन्ट पद, अहेव र अनमी पाँचौंहरू मर्कामा पर्ने भन्ने गुनासा आएका छन”, संयोजक बुढाले भनिन्, “आज बस्ने समितिको बैठकमा यस विषयमा छलफल गर्छौं । सकेसम्म हाम्रो कारणले कुनै कर्मचारीलाई मर्का पर्न दिँदैनौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?