Butwal Today

रणवीर र दीपिकालाई पुत्रीलाभ

२३ भाद्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

बलिवुड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई पुत्री लाभ भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दिपीकाले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।

रणवीर र दीपिकाले आधिकारीक रुपमा भने अहिलेसम्म जानकारी दिएका छैनन् । गत फेब्रुअरीमा दुवैले सामाजिक सञ्जालमार्फत सेप्टेम्बरमा आफु अभिभावक बन्ने घोषणा गरेका थिए ।

केहि बर्षको अफ्येर्सपछि रणवीर र दीपिकाले २०१८ मा विवाह गरेका थिए ।