ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

कालिकाका कंडेललाई उत्कृष्ठ शिक्षक पुरस्कार–२०८१

२१ भाद्र २०८१, शुक्रबार
२१ भाद्र २०८१, शुक्रबार

काठमाडौं (बुटवल टुडे), २१ भदौ– कालिका मानवज्ञान मावि, बुटवलका शिक्षक युवराज कंडेल उत्कृष्ठ शिक्षक पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । शिक्षा मन्त्री विद्या भट्टराईले एक समारोहका बीच कंडेललाई नगद पचास हजार, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेकी हुन् । शिक्षक कंडेलले विद्यार्थीलाई व्यवहारिक, प्रयोगात्मक र परियोजना कार्यमार्फत सिकाउने गर्दछन् । आफ्नो विषयमा राम्रो नतिजा ल्याएबापत विद्यालयबाट निरन्तर पुरस्कृत हँुदै आएका कंडेल २७ वर्षदेखि शिक्षण पेशामा क्रियाशील छन् ।

पीपी प्रसाई फाउण्डेशनले नेपालको शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षकलाई हरेक वर्ष राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित गर्ने गर्दछ । पुरस्कारबाट यसरी सम्मान हुनेमा कंडेल सहित कोशी प्रदेशबाट फिक्कल मावि, इलामका शिक्षक मातृका प्रसाद दाहाल, मधेश प्रदेशबाट जनता मावि, सिरहाका शिक्षक रामकृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम मावि, भक्तपुरकी शिक्षक अम्बिका धिताल, गण्डकी प्रदेशबाट माछापुच्छे« मावि, कास्कीका शिक्षक सन्तोष आचार्य, कर्णाली प्रदेशबाट अमरज्योती मावि, सुर्खेतका शिक्षक अशोक कुमार राई र सुदुरपश्चिम प्रदेशबाट सरस्वती मावि, कैलालीकी शिक्षक चन्द्रकला दवाडी छिन् ।

कार्यक्रममा बोल्दै शिक्षा मन्त्री विद्या भट्टराईले संघीय विद्यालय शिक्षा ऐन ल्याउनका लागि आफूले प्रयास गरिरहेको बताइन । विद्यालय शिक्षामा तीन तहको बीचमा देखिएका अन्यौलता हटाउनका लागि पनि विद्यालय शिक्षा ऐनको खाँचो परेको उनको भनाइ थियो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ आएको धेरै वर्ष बित्दा समेत काम हुन नसकेको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको कार्यान्वयनका लागि तीन वटै तहको सरकारको बजेट र कार्यक्रममा स्पष्टता हुनुपर्ने बताइन ।

फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको प्रोत्साहनका लागि फाउण्डेशनले पुरस्कार र शिक्षक तालिमका क्षेत्रमा काम गरिरहेको बताए । देशभरबाट आवेदन माग गरि प्रतिष्ठानले शिक्षा अभियन्ता धनन्जय शर्माको संयोजकत्वमा निर्णायक समिति बनाई विभिन्न प्रक्रियामार्फत शिक्षक छनोट गरी पुरस्कृत गर्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?