ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

तीज संस्कृति जोगाउने चिन्ता

२१ भाद्र २०८१, शुक्रबार
२१ भाद्र २०८१, शुक्रबार

नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको रौनकले अहिले गाउँ शहर सवै क्षेत्रलाई धपक्कै छोपेको छ । विगत एक महिनादेखि नै तीजको दर खानेक्रम चलिरहेको छ र आज शुक्रवार तीजको विशेष दिन भएकोले महिलाहरुमा खुसी र उमंग छाएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाहरुको आफ्नै मौलिक संस्कृति हो । अर्को महत्वपूर्ण पक्ष के हो भने यो वर्षदेखि तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिईन, त्यो दिन यही हरितालिका तिजको दिन थियो भन्ने पौराणिक मान्यता रहेको छ । त्यसै दिनदेखि आजसम्म नारीहरूले यो पर्व मनाउदै आएका छन् । तीजको अवसरमा माईत जाने, चेलीबेटी जम्मा हुने, दुःख सुख साटासाट गर्ने र मिठो नमिठो खाने यो पर्वको ऐतिहासिक परम्परा हो र यसले निरन्तरता पाईनै रहेको छ । यद्यपि समय परिवर्तनशील छ र त्यसक्रममा तीज मनाउने प्रचलनमा पनि धेरै फरक आईसकेको छ । पहिले सञ्चारका साधनको अभावले छोरी लिन जाने चलन थियो तर अव हराईसकेको छ । सामाजिक सञ्जालले तीजलाई मौलिकताबाट आधुनिक वनाएको छ । तीजको विकसित आधुनिकतासंगै तीजसंग सम्वन्धित मौलिक संस्कारमा पनि परिवर्तन भैसकेको छ । तीजका पुराना भाका र गीत लोप हुँदै गएका छन् । चौतारी र पुराना पार्टी पौवामा भेला भएर गाईने गीत अव पार्टी प्यालेसमा हुन थालेका छन् । यो परिवर्तनले ल्याएको आधुनिक संस्कार हो । तीजलाई भड्किलो परम्पराका रुपमा मनाउने गरिएकोमा धेरै विरोध हुनु स्वाभाविक पनि हो ।

तीज भडकिलो र महंगो तथा गहना प्रदर्शन गर्ने माध्यम बनेको भन्दै चिन्ता पनि गर्ने गरिएको छ । यद्यपि यसमा सुधार पनि भैरहेको छ । तीज परम्परामा कतै राम्रा काम पनि भएका छन । तीजकै अवसरमा दर खुवाउने भन्दै अनाथ आश्रम, बृद्धाश्रम लगायत विपन्न समुदायलाई सहयोग गर्ने परम्परा पनि विकसित भएको छ । तीजको आधुनिकताले ल्याएको एउटा राम्रो संस्कार हो र यसलाई जीवन्त वनाउनु जरुरी छ । तीजले महिलाका सुख दुःखका भावना र उद्वेग बाहिर ल्याउन सहयोग गर्ने गरेको छ । निश्चितरुपमा तीज पर्वलाई अझै जीवन्त बनाउन जरुरी छ । सदियौंदेखिको परम्परालाई जोगाउन र यसको मौलिकता संरक्षण गर्न अव महिलाहरु आफैपनि अग्रसर हुनु जरुरी छ । धार्मिक विश्वास, मान्यता र परम्पराको आधारमा नारीहरु आफ्नो पति तथा परिवारको सुख, समृद्धि, सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै व्रत बसी पूजा आराधना र नाचगानका साथ मनाईने यो चाडको आफ्नो छुट्टै संस्कृति, परम्परा र मौलिकता रहेको छ । तीजलाई धार्मिक परम्परा, रीतिरिवाज र लोक सँस्कृतिको धरोहरका रुपमा विकास गरी यो पर्वको संरक्षण र सम्बद्र्धन गर्नु सवैको दायित्व हो । हरितालिका तीज नारी संघर्षको प्रतीक हो । समयक्रमसँगै संस्कार र संस्कृतिमा समेत निकै परिवर्तन आएको भएपनि तीजको महत्वमा भने कुनै कमी आएको छैन । यद्यपि पछिल्लो समय सहरी क्षेत्रको तीज भड्किलो हुँदै गएको भन्ने गुनासो बढेको छ । दर खाने नाममा गलत संस्कृतिको विकास भैरहेको छ भन्ने जनगुनासो बढेको छ । तीजको महिमा जोगाउने काम महिलाहरुले नै गर्ने हो । तसर्थ तीजलाई मौलिक पर्वको रूपमा मनाउनु जरुरी छ । तीजलाई संस्कृति संरक्षणको पर्वको रुपमा मनाउनेतर्फ अवको पहल आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?