Butwal Today

युनाईटेड गोल्ड कप : सेन्ट्रल कलेज २८ बिगाहा बिजयी

२० भाद्र २०८१, बिहीबार
अ+
अ-

नवलपुर, २० भदौ ।

हुप्सेकोटको गिरुवारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको बिहीबारको खेलमा सेन्ट्रल कलेज, २८ बिगाहा बिजयी भएको छ ।

नवलपुर ११ का विरुद्धमा मैदानमा उत्रिएको सेन्ट्रल कलेजले ६ गोल गर्दै गोल्डकपको दोश्रो चरणमा प्रवेश गरेको हो । नवलपुर ११ ले गोल गर्न नसक्दा सेन्ट्रल कलेज २८ बिगाहाले भने खेलको पहिलो हाफमा २ र दोश्रो हापमा ४ गोल गरेको हो ।

शुक्रबार दुम्किबास युवा क्लब दुम्किबास सङ्ग राईनो युवा क्लब मदनपुरले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भदौ २९ गते सम्म संचालन हुनेछ ।