ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

स्वास्थ्यमा चरम बेथितीः रोक्ने कसले ?

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

नेपालको स्वास्थ्य क्षेत्रमा कति बेथिती छ भन्ने कुरा हालै सार्वजनिक भएका दुईवटा उदाहरण काफी छन् । विरामीले खाने औषधीदेखि चिकित्सकले दिने सेवा र अस्पतालदेखि एम्बुलेन्सको सेवामा पनि माफियाको जगजगी रहेको कुरा सुन्दा पत्यार नलाग्न सक्छ तर नेपालको स्वास्थ्य क्षेत्रले बर्षौदेखि यस्तै प्रकारको बेथिती बोकिरहेको छ । पीडित विरामीमाथि झनै पीडा थोपर्ने काम भैरहेको छ । विरामीले लिने सामान्य सेवादेखि अपरेशन गर्दासम्म पनि कमिसनको चक्कर स्वास्थ्य क्षेत्रमा व्यापक छ । नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको बर्चस्व कति छ भन्ने कुरा यो उदाहरण हो । सरकारबाट राजश्व छुट प्राप्त गरी सञ्चालनमा आएका एम्बुलेन्सहरू नै भाडामा लगाउनु गैरकानुनी काम हो । यस प्रकारको काम अपराध नै हो । सामाजिक सेवाभावले स्थापना भएको एम्बुलेन्सले नै बदमासी गर्छन भने अरू क्षेत्रको अवस्था के होला ? निश्चित रूपमा यो बिषय गंभीर छ । यसलाई सामान्य घटनाको रूपमा लिनुभन्दा सम्वन्धित निकायले यस प्रकारको बेथिती नियन्त्रणमा पहलकदमी गरोस् ।

एम्बुलेन्स नै भाडामा लगाएर नाफा कमाउने काम नेपालको स्वास्थ्य क्षेत्रको यो एउटा उदाहरण हो र यस प्रकारका बेथिती कति हो कति छन । अर्को चिन्ताको कुरा के छ भने कतिपय एम्बुलेन्स बिक्री समेत भएको पाइएको छ । ‘सेवा नै धर्म हो’ नारा लेखिएका एम्बुलेन्सहरू विक्री गरेर नाफा कमाउने धन्धा कुनैपनि मानेमा स्वीकार्य हुँदैन । यो गैरकानुनी काममा संलग्नमाथि कारवाही गर्ने बिषयमा सम्बद्ध निकायले खुट्टा नकमाओस् । मुलुकको स्वास्थ्य क्षेत्रमा माफियाको रजगजले यो क्षेत्रलाई बदनाम त गराएको छ नै, विरामीले उपचारमै सास्ती पाउने अवस्था अझै बढ्दै गएको छ । कसैका लागि यो बिषय सामान्य लाग्न सक्छ तर यो गंभीर बिषयलाई नजरअन्दाज गर्ने काम कतैबाट नहोस् । विरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले यात्रु बोकेको कुरा त यसअघि सार्वजनिक भैसकेको बिषय हो । अर्कोतर्फ एम्बुलेन्समा आएका बिरामीलाई कमिसनको चक्करमा अन्तै पु¥याउने काम समेत हुँदै आएको छ । ६ महिनाअघि अर्घाखाँचीबाट उपचारका लागि आएका विरामीलाई कमिसनको चक्करमा एम्बुलेन्स चालकले गलत स्थानमा पु¥याएको घटना स्वास्थ्य क्षेत्रका लागि गंभीर चिन्ताको बिषय हो । यस बिषयमा अव सरकारले नै पहलकदमी नगरेसम्म स्वास्थ्य क्षेत्रले कमाएको बदनामी छिटो सञ्चो हुने अवस्था छैन् ।

मानविय सेवा गर्ने उद्देश्यले एम्बुलेन्स भित्राएको संस्थाले नै पैसाको चलखेलमा बिक्री गरिएको सुन्दा नेपालमा स्वास्थ्य क्षेत्रमा कतिसम्म बेथिती रहेछ भन्ने छर्लङ्ग हुन्छ । यो सानो उदाहरण मात्र हो । कुनैपनि नीजि क्लिनकमा विरामी लगिदिएपनि कसिमन आउँछ भन्ने सुन्दा पत्यारै लाग्दैन । बाहिरबाट हेर्दा सवै ठिकठाक छ तर भित्रभित्रै नेपालको स्वास्थ्य क्षेत्र माफियाको जालोले ध्वस्त बन्दैछ । यस प्रकारका बेथिती समयमै रोक्नेतर्फ पहल नगरिए स्थिति बिकराल बन्ने निश्चित छ । सामाजिक सेवाभावले संचालन गरिएका एम्बुलेन्स नै विक्री गर्न हिम्मत गर्नु चानचुने कुरा होइन । यसले यो क्षेत्रमा माफियाको रजगज छ भन्ने पुष्टी गर्दछ । स्वास्थ्य क्षेत्रको अर्को बेथिती औषधीमा पनि छ । पाल्पा जिल्ला अस्पतालले बिमा बापत सहुलियतमा बिरामीहरूलाई उपलब्ध गराउँदै आएको औषधी एउटा सप्लासर्यसँग सम्झौता गरी अर्को सप्लायर्ससंग खरिद गरेको कुरा सार्वजनिक भएको छ । स्वास्थ्य क्षेत्रमा यो भन्दा ठूलो बेथिती अरू केही हुन सक्छ ? यो भ्रष्टाचारको चरम नमूना हो । सार्वजनिक खरिद ऐन बमोजिम पहिला नै सम्झौता गरिएको कुनैपनि सप्लासर्यले नियमित रूपमा उपलब्ध गराउन नसकेमा वा विशेष जटिल अवस्थामा मात्रै अन्य स्थानबाट खरिद गरी प्रयोग गर्नुपर्ने नियम भएपनि अस्पताल आफैले पुरानो सम्झौता गरिएको सप्लायर्सबाट कमिसन नपाउने भएपछि अर्को नयाँ सप्लायर्सबाट खरिद गर्नु भ्रष्टाचारको चरम नमूना हो । नेपालको स्वास्थ्य क्षेत्रमा भैरहेको यो मनपरीतन्त्र र बेथितीको चरम नमूना हो । यो बिषयमा सरकारको गंभीर ध्यानाकर्षण होस् । पाल्पा जिल्ला अस्पतालले मात्रै होइन, स्थानीय तहका अस्पताल तथा प्रदेश र संघीय अस्पतालमा पनि यही दर्दनाक अवस्था देखिएको छ । यो चिन्ताको बिषय हो । स्वास्थ्य क्षेत्रको यस प्रकारको बेथिती रोक्ने कहिले हो ? सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?